चिनको हुवान प्रान्तबाट फ्रलिएको नेवल कोरोना भाइरस (केभिड १९) को संक्रमणबाट बिश्वभरीमा करिब ६ लाख मानसिहरु संक्रमित भैसकेका छन भने करिब ३२ हजार मानिसको केरोनाको संक्रमणबाट मृत्यु भैसकेको छ । जतिबेला चिन कोरोना भाइरसबाट प्रताडित भई कोरोना भाइरसको बिरुद्ध संिगो चिन लडिरहदा आफुलाई शक्तिशाली देश ठानेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युरोपेली देशका नेताहरुले चिनलाई ब्यंज्ञ गर्दै चिनिया भाइरस,अव चिन त्यही चिनिया भाइरसबाट सखाप हुन्छ भनि अन्तराष्ट्रिय संचार माध्यमहरुमा आफ्नो अनुहार देखाउदै हुंकारिएका थिए ।
तर कोरोना नामक भाइरस न रंगभेदी थियो न त जातिय न कुनै प्रति लक्षित। यसको कुनै रंग,धर्म,जात र राष्ट्रियता थिएन ।तर कोरोना भाइरसले चिनलाई बिस्तारै छोडदै गर्दा यतिबेला आफुलाई शक्तिशाली देश ठानेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युरोपेली देशका नेताहरुले ब्यंज्ञ स्वरुप चिनिया भाइरस भनिएको महामारी रोग कोरोना भाइरसले अहिले उनिहरुलाई आच्छु आच्छु बनाइरहेको छ ।
सोही अवस्था नेपालमा नआओस र यसको रोकथाम समयमै गर्नुपर्छ भनि नेपाल सरकारले देशभर गरेको लकडाउनका समयमा कञ्चनका अगुवाहरुले के गर्दै छन त भनि लकडाउनको बेला तपाईको समय नामक श्रृंखला प्रस्तुत गर्दै आएको छौं ।यसैक्रममा कञ्चन गाउपालिकाको एकमात्र अटो ब्यबसायीहरुको साझा कम्पनी कञ्चन आटो प्रा.लि.मा आवद्ध केही अटो ब्यबसायीहरुलाई कञ्चन खवरले ट्रयापिङ गर्ने प्रयास गरेको थियो ।
कुनैबेला यात्रु ओसार पोसार गर्न भ्याई नभ्याई थियो ।यदी यात्रु नै आएनन भने पनि बस स्टेशनका चौकहरुमा आलोपालो गरेर यात्रु कुरेर बसेका हुन्थे अनि बसबाट यात्रु ओर्ले पछि आ–आफ्नो पालोमा यात्रे बोकेर गन्तब्य पुग्थे र फेरी त्यही चौकमा पालो कुर्न आउथे यसरी अटो ब्यबसायीहरुले दैनिक जिवन गुजारा गरेका थिए ।
अटो चलाएर गुजारा चलाउन भनि बैंकबाट लिएको ऋणको किस्ता पनि नियमित तिर्दै समेत आएका थिए अटो ब्यबसायीहरु । तर बिश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस कोभिड १९को सम्भाबित संक्रमणलाई रोकथाम गर्न बिश्वका सबै देशहरुले आ–आफ्नो देशलाई बिगत १ महिना देखि लकडाउन गर्दै आएका छन । यसैक्रममा हाम्रो देश नेपालमा पनि गत चैत्र ११ गते देखि देशभर लकडाउन गरेको हुदा दैनिक रुपमा अटो ब्यबसायको रुपमा काम गर्दै आएका कञ्चनका अटो ब्यबसायीहरु अटो राखेर घरमै सेल्फ क्वारेन्टाइनमा बसेका छन । देशभर भएको लकडाउनका बेला घरमै के कसरी सेल्फ क्वारेन्टाइन भएका छन त भनि केही अटो ब्यबसायी र सरोकारवालहरुलाई ट्रयापिङ गरेका थियौं ।
कञ्चन अटो प्रा.लि.का कम्पनी अध्यक्ष लोक बहादुर श्रीस
कञ्चन अटो प्रा.लि.का कम्पनी अध्यक्ष लोक बहादुर श्रीस
नेपाली सेनामा कार्यरत लोक बहादुर श्रीस १६ बर्ष अगाडी १० बर्षे शसस्त्र संघर्षका बेला तत्कालिन माओबादी पक्षले जागिर छोड्न जवरजस्ती छोड्न बाध्य पारेपछि सेनाको जागिरे छोडेर वहा बिदेश जानु भयो । बिदेशको ६ बर्षको बसाई पछि वहा घर आउनु भयो र चलन चल्तीमा आएको अटो स्तिामा लिएर गाउमा चलायन थाल्नु भयो ।शुरुमा राम्रो चलेको थियो वहाको अटो ।गाउमा एक दुई गर्दै कञ्चनमा ५५ वटा अटो भित्रिए पछि नियमित कमाइमा कमी आयो तैपनि अटो ब्यबसायलाई निरन्तरता दिदै आउनु भएका श्रीस यतिबेला लकडाउनले गर्दा घरमै अटो थन्क्याएर बस्नु भएको छ।
अटो ब्यबसायी श्रीसलाई लकडाउनको बेला कसरी समय काट्नु भएको छ भनि सोधेका थियौं । अटो चालक श्रीसले लकडाउनका बेला अटो चलाउन नपाएपछि नियमित कमाई छैन बैंकको किस्ता कसरी तिर्ने भनेर वहाले प्रति प्रश्न गर्नु भयो । बिश्वभर महामारीका कारण संकट परेको बेला हामी पनि सुरक्षित हुनु पर्छ । संकटमा जिवन बचाए पो बल्ल अटो चलाउन पाइन्छ । त्यसैले लकडाउनका बेला मन्छेहरुले बाहिर जान फोन मार्फत बेलाएका हुन्छन तर उनिहरुलाई पनि कोरोना भाइरसको संक्रमण हुने भएकोले घर बाहिर ननिस्कन भनेर सुझाव दिने गरेको बताउनु भएको छ । लोक बहादुर श्रीस जस्ले अटो बोलाए पनि उनिहरुलाई कोरोना भाइरसका कारण घर भित्रै बसि सुरक्षित हुन आग्रह गर्नमै ब्यस्त हुनुहुन्छ।
पुष्पमणी पौडेल,अटो ब्यबसायी
अटो ब्यबसायी,पुष्पमणी पौडेल
पुष्पमणी शर्मा दुबैमा बैदेशिक रोजगारका लागि जानु भएको थियो ।धेरै बर्ष बिदेश बसेर कमाइने जुन पैसा हो त्यसले पुष्पमणी शर्मालाई परिवारले बाहेक अरुले नचिन्ने भएपछि आफु गाउकै भएपनि पाहुना जस्तै हुन परेकोमा मनमा एक किसिमको पिर थियो ।यसैक्रममा बिदेशमा गर्ने दुख नेपालमा दुख गर्न सके पैसा पनि कमाइने र छिमेकले पनि चिन्ने पेशा गर्नु पर्छ भन्ने सोंच मनमा आयो । अनि वहामा अटो संचालन गर्ने सोंचका साथ आफुसंग भएको केही पैसा लिएर र बाकी बैंकिङ किस्तामा अटो लिनेगरी अटो शेरुममा जानु भयो र अटो लिनु भयो ।
त्यसपछि हरैयाचौकमा यात्रु पर्खिन अटो राखेपछि वहाको दैनिक जिवन संचालन भयो ।अटोबाट दुइचार पैसा कमाइ भैरहेकै थियो तर बिशवभर महामारी रोग कोरोना भाइरसको सम्भाबित संक्रमणवबाट जोगिन सरकारले देशभर लकडाउन गरेपछि वहाले पनि घरमै अटो राखेर होम क्वारेन्टाइनमा बस्नु भएको छ ।लकडाउनका बेला पनि यात्रुहरुले फोन गरेर बोलाउदा मान्छेमा अझै चेतना नभएको महसुस गर्नु भएको छ।सरकारले घर बाहिर ननिस्कनु भनेर रेडियो टेलिभिजन तथा सामाजिक संजालमा पनि आएका कोरोना भाइरस सम्बन्धि सूचना प्रसारण गर्दा पनि किन बेवास्ता गरेको होला भनेर चिन्तित हुनुहुन्छ ।
पैसाको लागि अटो चलाएको भएपनि यस्तो संकटको बेला जीवनलाई जोखिममा पारेर अटो नचलाई आफ्नै घरमा होम क्वारेन्टाइनमा बसी शर्माले सुरक्षित हुनु भएको छ।रेडियो टेलिभिजन र सामाजिक संजालमा आएका अनलाइन खवरहरुबाट कोरोना भाइरसबारे अपडेट भई बस्नु भएको छ अटो ब्यबसायी पुष्पमणी पौडेल ।
यम प्रसाद पौडेल,अटो ब्यबसायी
अटो ब्यबसायी,यम प्रसाद पौडेल
यम प्रसाद पौडेल पनि ६ बर्ष भारतको चेन्नइमा काम गरेर घर फर्किएका अटो ब्यबसायीहरु मध्येका एक युवा हुनुहुन्छ । बिदेशमा भन्दा अव स्वदेशमै अटो चलाएर जिविकोपार्जन गर्ने उद्धेशयका साथ अटो किन्नु भयो र गरगरेमा अटोहरुको बिचमा पालो कुर्दै यात्रु ओसार्दै गर्न थाल्नु भयो र दैनिक गुजारा चलाउन थाल्नु भएका पौडेललाई पनि लकडाउनले असर गरेको छ।
अटो चलाएर अटोको मासिक किस्ता तिर्दै परिवारको न्युनतम आवस्यकता जेनतेन पुरा गर्दा गर्दै बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न भनि देशभर गरिएको लकडाउनका कारण पौडेलले पनि अटो घरमै राखेर बस्नु भएको छ। वहालाई पनि नियमित यात्रुहरुले फोन गरेर अटो बेलाएका छन तर पौडेल आफै सचेत ब्यक्ति भएकोले महामारीको बेला घर बाहिर निस्कन नहुने बरु तपाइ पनि घरमै बस्ने नियमित साबुन पानीले हात धुने र सम्भाबित संक्रमणबाट सुरक्षित हुनुहोस भनि सम्झाएको बताउनु भएको छ।
चेत बहादुर थापा,अटो ब्यबसायी
अटो ब्यबसायी,चेत बहादुर थापा
कञ्चन अटो प्रा.लि.मा आवद्ध भई बिगत २ बर्ष देखि अटो ब्यबसाय गर्दै आउनु भएका चेत बआदुर थापा पनि लकडाउनको बेला घरमै बसी रेडियो,टेलिभिजन र सामाजिक संजालमा आएका समाचारहरु सुन्दै र पढदै समय बिताउनु भएको छ।लकडाउनको बेला अटो चलाउने त के कुरा घरबाट बाहिर निस्कनै नहुने भए पछि अटो घरमै थन्काएर परिवारसंग बस्नु भएको छ।घर वरीपरीका छिमेकीहरुलाई समेत घरबाहिर ननिस्कन आग्रह गर्दै घरमै बस्नु भएको छ चेत बहादुर थापा।
इता जाम उता जाम भनेर कसैले फोन गरेका छैनन भनेर सोध्दा अटो ब्यबसायी थापाले फोन आइराछ तर यस्तो महामारीको बेला ज्यान बचाउन लाग्ने हो कि पैसा? भन्दै प्रति प्रश्न गर्नु भयो । पैसा त अहिले सम्म त कमाएकै हो नी,ज्यान रहे भोली पनि कमाउला तर यस्तो बिश्वभर महामारी फैलिएकोबेला हामीले पनि त सचेत भई कार्य गर्नु प¥यो नी थापा भन्नु हुन्छ ।
पोमनाथ ज्ञवाली(पि.एन. ज्ञवाली),प्रोप्राइटर श्रृंगेश्वर हेल्थ क्लिनिक
पोमनाथ ज्ञवाली(पि.एन. ज्ञवाली),प्रोप्राइटर श्रृंगेश्वर हेल्थ क्लिनिक
कञ्चनमा बिरामीहरुको बढी चाप हुने मेडिकल हल मध्ये कञ्चन गाउपालिका वार्ड नं. ५ पिपरीचापामा रहेको श्रृंगेश्वर मेडिकल पनि एक हो । स्थापनाको धेरै बर्ष सम्म उक्त मेडिकल हल श्रृंगेश्वर मेडिकल हलको नामबाट प्रख्याती कमाएको मेडिकल हल अहिले श्रृंगेश्वर हेल्थ क्लिनिकको नामबाट साबिक रुद्रपुर र सालझण्डीका प्राय बिरामीहरुको मनमा प्रख्यात छ ।
हामी दिनहु बिरामीहरुको लाइन हुने श्रृंगेश्वर हेल्थ क्लिनिक र क्लिनिकका प्रोप्राइटर पि.एन ज्ञवालीलाई कञ्चन खवरको टिमले लकडाउनको बेला बिरामीहरुको चाप के कस्तो छ भनि ट्रयापिङ गरेका थियौं । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको आशंकामा सम्भाबित बिरामी उक्त हेल्थ क्लिनिकमा आउन सक्ने सम्भावना हुने भएकोले पनि सो क्लिनिकमा ट्रयापिङ गर्नु महत्वपुर्ण ठान्यौ ।
स्वास्थ्य जांच गर्दै पि.एन. ज्ञवाली
यतिबेला महामारीको रुपमा फैलिरहेको महामारी रोग नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणको जोखिम कम गर्न आम नागरिकलाई चाहिने ब्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) सरकारले सहजरुपमा बितरण गर्न नसकिरहेको बेला स्थानिय क्षेत्रमा स्वास्थ्य सेवा दिदै आएको श्रृंगेशवर हेल्थ क्लिनिकले क्लिनिकम आउने सेवाग्राहीहरुलाई सेनिटाइजर र मास्क जस्ता ब्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) उपलब्ध गराएको छ।
अरुबेला स्वास्थ्य जांच गराउन भिड हुने यस क्लिनिकमा कोरोना भाइरसका कारण कुनै पनि मान्छ नआएको तर फोन गरेर मलाई यस्तो भएको उस्तो भएको छ भनेर लक्षण बताउने गरेको र उनिहरुलाई नियमित तातो पानी पइिरहन,साबुन पानीले हात धुन,सफा मास्क र सेनिटाइजर प्रयोग गरी घर भित्रै होम क्वारेन्टाइनमा बस्न सुझाव दिदैमा दिन बितेको श्रृंगेशवर हेल्थ क्लिनिकका प्रोप्राइटर पि.एन. ज्ञवालीले बताउनु भएको छ।
स्वास्थ्य जांच गर्दै पि.एन. ज्ञवाली
पहिले जस्तो क्लिनिकमा बिरामीको चाप नभएको तर नियमित औषधी सेवन गर्ने बिरामीहरुलाई औषधी उपलब्ध गराएको र बाकी समय घर भित्रै बसी ज्ञवाली र वहाका सबै परिवार सुररिक्षत भइरहेको बताउनु भएको छ। कोरोना भाइरस जस्तो महामारी रोगको संक्रमणले बिश्वले नै बिषम परिस्थितीमा श्रृंगश्वर हेल्थ किलनिकले इमरजेन्सी(आकस्मिक) सेवा संगै फिवर क्लिनिक संचालन गरि ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा दिरहेको छ।
यो बिषम परिस्थितीमा हामी जस्ता स्वास्थ्यकर्मीहरुको महत्वपुर्ण भुमिका हुने सामान्य मानिस सरह त्रासमा होइन झन बढि जिम्मेवार र सुरक्षित भई स्वास्थ्य सेवा दिनु महत्वपुर्ण कर्तब्य भएको ज्ञवालीले बताउनु भएको छ।आफुसंग भएको सामान्य मास्क र सेनिटाइजर प्रयोग गरी बिभिन्न कारणले गम्भिर चोटपटक तथा बिरामी भई आफ्नो क्लिनिकमा आएका बिरामीहरुलाई अवस्था हेरी बुटवलका बिभन्न अस्पतालहरुमा रिफर गर्दै आउनु भएको छ श्रृंगेश्वर हेल्थ क्लिनिकका प्रोप्राइटर पि.एन. ज्ञवाली ।
नन्द बहादु्र खडकाथोकी,अध्यक्ष थकालीचौक टोल बिकास संस्था
नन्द बहादु्र खडकाथोकी,अध्यक्ष थकालीचौक टोल बिकास संस्था
नन्द बहादुर खडकाथोकी उमेरले ७० बर्षमा अवतरण गर्दै हुनुहुन्छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले वहा जस्ता जेष्ठ नागरिकहरुलाई निकै प्रभाबित पारेको छ । हुन त रोग र मृत्युले उमेर हेर्दैन यधपी औषतमा बृद्ध–बृद्धा र ससाना बालबलिकाहरुलाई हरेक रोगले संक्रमण गर्ने हुन्छ । गत डिसेम्बरमा देखा परेको कोभिड १९ अर्थात नोवल कोरोना भाइरस मुख्य टार्गेट बृद्ध–बृद्धा,बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिहरुमा रहेको छ ।तसर्थ नेपाल सरकारले पनि ती समूहहरुलाई बढी सुरक्षित हुन आग्रह गरेको छ।
बिश्वभर नोवल कोरोना भाइरसले मानिसहरुलाई संत्रासमा पारेपछि यस भाइरसको सम्भाबित संक्रमणबाट जोगाउन नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयलाई के कसरी सदुपयोग गर्नु भएको छ भनि रुद्रपुर स्वास्थ्य चौकी ब्यबस्थापन समितिका उपाध्यक्ष समेत रहनु भएका नन्द बहादुर खडकाथोकीलाई फोन समपर्क मार्फत ट्रयापिङ गरेका थियौं ।
लकडाउनका बेला वहा घर बाहिर ननिस्के पनि घरबाटै आफु उपाध्यक्ष रहेको रुद्रपुर स्वास्थ्यचौकीमा आवस्यक पर्ने ब्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) नआइसकेकोमा बढी चिन्तित हुनुहुन्छ ।मातहतका कार्यलयहरुमा फोन सम्पर्क गर्ने,स्वास्थ्यकर्मीहरुलाई सल्लाह सुझाव दिदैमा समय बितेको बताउनु भएको छ।रुद्रपुर स्वास्थ्यचौकीद्धारा संचालित एम्बुलेन्स संचालन समितीको अध्यक्ष समेत रहनु खडकाथोकी कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न बिदेशबाट कञ्चनमा आएका कञ्चनवासीहरुलाई घरपरिवारसंग समेत घुलमिल नभई गाउपालिकाले निर्माण गरेको अस्थाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दै शंकास्पद बिरामी तथा ब्यक्तिहरुलाई क्वारेन्टाइनमा लैजान र आकस्मिक अवस्थामा बिरामीहरुलाई अस्पताल सम्म पु¥याउन एम्बुलेन्सको ब्यबस्थापन गर्दा गर्दैमा पनि आफुले समय बिताइरहेको बताउनु भएको छ।