बिश्वभरका मानिसहरुलाई कोरोना भाइरसले आतंकित बनाएको छ । चिनको उहान प्रान्तबाट आगोको झिल्काको रुप सरह फैलिएर बिश्वका करिब १९८ भन्दा बढी देशहरुमा महामारीको रुपमा दन्किरहेको छ । हाल बिश्वका सम्म ४ लाख भन्दमा बढी मानिसहरु नोवल कोरोना भाइरसबाट संक्रमित भैसकेका छन भने करिब २४ हजार ६ सय बढी केरोना भाइरस संक्रमित भई मृत्यु भैसकेको छ।
कोरोना भाइरसको सम्भाबित संक्रमणबाट प्रभाबित नभएका देश र संक्रमण भैसकेका देशहरुले देशभर लकडाउन घोषणा गरिसकेका छन । यस कोरोना भाइरसको सम्भाबित जोखिमलाई कम गर्न नेपाल सरकारले गत चैत्र ११ गते देखि पनि देशैभर लकडाउन घोषणा गरी घर बाहिर ननिस्कन आग्रह गरेको छ ।घरमै बसी कोरोना भाइरसको सम्भाबित संक्रमणबाट सुरक्षित हुन आग्रह गरे संगै आम नागरिकमा एक एक किसिमको संत्रास उब्जाएको छ । नेपाल सकारले घोषणा गरेको लकडाउनको समयमा कञ्चनका अगुवाहरुले के कसरी समय बिताएका छन र उनिहरुको लकडाउनको समयको सदुपयोगले संकटको बेला कसरी आफ्नो दैनिक जिवन संचालन गर्ने र जीवनलाई सहज बनाउने भन्ने बारे सिकाई र अनुभवले त्यसले समाजमा कस्तो प्रभाव पर्छ र आम नागरिकले त्यसलाई उदाहरणको रुपमा कसरी प्रयोग गर्न सक्छन भन्ने उद्धेश्यका साथ लकडाउनको समयलाई गरिएको उपयोगीतालाई ध्यानमा राख्दै कञ्चनका अगुवाहरु लकडाउनको समयलाई के कसरी सदुपयोग गर्दै छन त भन्ने प्रश्नहरुको श्रृंखला संचालन गरेका छौं ।
देबी प्रसाद थारु,अध्यक्ष,गजेडी २ बकलघाढखानेपानी उपभोक्ता तथा सरसफाई संस्था
देबी प्रसाद थारु
देबी प्रसाद थारु यतिबेला बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयलाई घर परिवारसंग संगै बसेर सदुपयोग गर्नु भएको छ। प्राय आफु अध्यक्ष रहेको गजेडी २ बकलघाढखानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यलय जाने र संस्थाको निर्माणाधिन खानेपानीको ओभरहेड टंकी निर्माणको अधुरो काम के कसरी सम्पन्न गर्ने भनेर कहिले गाउपालिका कहिले प्रदेशका सांसदहरुसंग प्रदेशको मन्त्रालय धाउनमै ब्यस्त थारु लकडाउनले गर्दा कहि कतै जान नपाए पछि घरपरिवारसंग दिन बिताउनु भएको छ ।
“यो लकडाउन एक किसिमको कफ्र्यु नै हो र यो लकडाउन हाम्रै जीवनको लागि भएको हुनाले सरकारले महामारीको समय गरेको लकडाउन सकारात्मक भएको भन्दै काम भनेको त जीवन रहे न गर्ने हो जीवन नै नभए पछि के काम कस्को लागि गर्ने त्यही भएर म सामान्य अवस्था नभए सम्म घर बाहिर निस्किदैन” थारुले भन्नु भयो ।
कोपिला घिमिरे,अध्यक्ष,साना किसान कृषि सहकारी संस्था,कञ्चन–१,रुपन्देही
कोपिला घिमिरे
साना किसान कृषि सहकारी संस्था लि.,कञ्चन–१,रुपन्देहीका अध्यक्ष कोपिला घिमिरेलाई पनि लकडाउनले प्रभाबित पारेको छ। कोपिला घिमिरे पनि कञ्चनका अगुवा ब्यक्तिहरु मध्येमै गनिनु हुन्छ । यतिबेला बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयमा प्राय ब्यस्त हुने घिमिरेले पनि घरको काममा समय खर्चिनु भएको छ। आफु अध्यक्ष भएको सहकारीको कार्यलयमा दैनिक अपडेट भैरहने घिमिरेलाई लकडाउन घरको परिवारसंग संगै बसेर दिन बिताउने भरपुर समय पाउनु भएको छ।
लकडाउनको बेला सरकारले घरबाहिर ननिस्कन भनेको हुदा हामी जस्तो बुज्रुकहरुले अटेर गर्न पनि भएन किन भने यो लकडाउन हाम्रै स्वास्थ्यको लागि हो ।स्वस्थ जिवनले मात्र कुनैपनि संस्थाको नेतृत्व गर्न सक्छ घिमिरेले भन्नु हुन्छ ।
ओम प्रकाश शर्मा,अध्यक्ष,देउराली सामुदायिक बन उपभोक्ता संस्था
ओम प्रकाश शर्मा
यतिबेला बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयमा ओम प्रकाश शर्माले पनि सामान्य मानिसहरुले जस्तै घरमै बसेर कोरोना भाइरसको सम्भाबित संक्रमणबाट सुरक्षित हुने प्रयास गर्नु भएको छ।गजेडी बजार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष समेत रहनु भएका शर्मा रेडियो टेलिभिजन तथा सामाजिक संजालमा आएका अनलाइन खवरको माध्यमबाट कोरोना सम्बन्धी नया अपडेट लिइरहनु भएको छ।
गाउघरका अन्य छरछिमेकीहरुलाई पनि महामारीको बेला घरभित्रै बसेर सफा र सुरक्षित हुन आग्रह गर्दै आफु बस्ने घरको सफाई गर्न सके भने पनि घरभित्रको फोहोरमा रहेका जिवाणुहरु नास हुन्छन शर्माले भन्नु भयो । सधैको ब्यस्त समयलाई घरको परिवारसंग बसेर समय बिताइरहनु भएको छ।
जित बहादुर पुन,अध्यक्ष,योजना बचत तथा ऋण सहकारी संस्था
जित बहादुर पुन
प्रगती माध्यमिक बिधालयका शिक्षक जित बहादुर पुन योजना बचत तथा ऋण सहकारी संस्थाको पनि अध्यक्ष हुनुहुन्छ । पुन यतिबेला बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयलाई आगामी शैक्षिक सत्रमा आफुले शिक्षण गर्ने बिषयको पाठ्यक्रमको अध्ययन गरेर सदुपयोग गर्नु भएको छ ।
आगामी शैक्षिक सत्रमा शिक्षण गर्ने बिषयको पाठ्यक्रम परिबर्तन भएर आएकोे हुनाले लकडाउनको समयमा नया सेलेवसको अध्ययन गर्दै घरमै बसिरहेको पुनले बताउनु भएको छ।
डोल बहादुर थापा,अध्यक्ष,कोशिष सामाजिक उधमी सहकारी संस्था
डोल बहादु थापा
गत स्थानिय निर्वाचनका बेला गाउपालिकाको अध्यक्ष पदमा उमेद्धारी दिनु भएका डोल बहादु थापा कोशिष सामाजिक उधमी सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । थापा यतिबेला बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयमा घरमै बसी सुरक्षित हुनुहुन्छ । निर्माण ब्यबसायी समेत रहनु भएका थापाले महामारीको रुपमा बिश्वभर फैलिरहेको कोरोना भाइरसलाई कसैले पनि सामान्य नमान्न अनुरोध गर्नु भएको छ ।
लकडाउनका बेला कसले कहां के गरेको छ भनेर घर बाहिर निस्केर त के घरको झ्यालबाट समेत हेर्नु हुदैन तर कतिपय मानिसहरु रमितामा झैं लकडाउनको अबज्ञा गर्दै बाहिर निस्केकोमा चिन्तित हुनुहुन्छ । यो लकडाउन हाम्रो स्वास्थ्थयको लागि हो सरकारले निर्देशन गरेको लकडाउन उल्लघंन नगर्न थापाले आग्रह गर्नु हुन्छ । आफु पनि लकडाउनको समयमा घरमै बसेर घरको करेसाबारीमा लगाएको तरकारी गोडमेल गर्दै समय बिताएको र यदी कसैलाई समस्या परेमा गन्तब्य सम्म पुग्न गाडीको ब्यबस्था गर्नमै ब्यस्त हुनुहुन्छ ।
कृष्ण प्रसाद शर्मा,प्रधानाध्यापक,लुम्बिनी ज्ञाननिकेटन माध्यमिक बिधालय
कृष्ण प्रसाद शर्मा
कृष्ण प्रसाद शर्मालाई यतिबेला निकै ठूलो जिममेवारी छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न कञ्चन गाउपालिकाले अस्थाई कोरेन्टाइन शर्माले नेतृत्व गरेको बिधालयमा निर्माण गरेकोछ । उक्त अस्थाई केरेन्टाइन निर्माण गर्न वहा र वहाका अभिभावकहरुले जुन सदासयता देखाई संकटमा मानबियता देखाएर निकै ठूलो धर्म गर्नु भएको छ। सर्बप्रथम त लुम्बिनी ज्ञाननिकेटन माध्यमिक बिधालयलाई धेरै धेरै धन्यबाद छ ।
शर्माले यतिबेला बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयमा घरमै बस्नु परेको भएपनि घर बसेको बेला बिधालयको आगामी शैक्षिक सत्रका लागि प्रशासकिय योजनाहरु कोर्ने योजना बनाउनु भएको छ । फेरी आफ्नै बिधालयमा अस्थाई कोरेन्टाइन बनाएको हुदा बेला बेलामा बिधालयमा गई अवलोकन गर्न जाने समय तालिका बनाउनु भएको छ ।
लालुमाया पुन,अध्यक्ष पिपरीचापा महिला सामुदायिक बन उपभोक्रा समूह
लालुमाया पुन
महिलाहरुले नेतृतव गरेको सामुदायिक बन पिपरीचापा महिला सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ५ पिपरीचापामा छ ।त्यही समूहमा युवाहरुको नेतृत्व गर्दै हुनुहुन्छ कञ्चनकी एक अगुवा महिला लालुमाया पुन ।
लालुमाया पुनले आफ्नो सामुदायिक बनले जिल्ला बन कार्यलयबाट काठ बिक्रीको आदेश लिएको भएपनि लकडाउनका कारण बिक्री गर्न पाउनु भएन।बाहिर गएर केही काम नसकिने भएपछि आफु पनि अरु जस्तै घरमै बसेर लकडाउनको समय खर्चिनु भएको छ।लालुमाया पुनलाई लकडाउनको बेला घरमै बसेर उति चैन छैन ।किन भने वहा सामुदायिक बनको अध्यक्ष हुनुहुन्छ ।यही लकडाउनको मौका छोपी काठ तस्करहरुले आफ्नो बनभित्र पसेर अबैध रुपमा रुख काटेर काठ तस्कर गर्दिन्छन की भन्ने पिर छ ।त्यही भएर वहा समय समयमा बनको रेखदेख गर्न निस्कनु हुन्छ ।
मिन बहादुर थापा,अध्यक्ष,समईमाई सामुदायिक बन उपभोक्ता समूह
मिन बहादुर थापा
भर्खरै ११ औं कञ्चन गजेडी दानापुरताल महोत्सव २०७६ सम्पन्न गरी महोत्सवको समिक्षात्मक कार्यमा ब्यस्त मिन बहादुर थापा यतिबेला घरमै हुनुहुन्छ । “लकडाउनका बेला सरकारले घरबाहिर ननिस्कन गरेको आग्रहलाई हामीले नै पालना नगरे अरु कसले पालना गर्छ भन्दै आफ्नो सुरक्षित जिवनका लागि यतिबेला घरभित्रै बस्नु पर्छ” थापा भन्नु हुन्छ ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले बिश्वभरलाई नै संकटमा पारेको छ। हामीले थोरै भएपनि सुरक्षाको नियम र सरकारको निर्देशन पालना ग¥यौं भने यो संकट तार्न सकिन्छ भन्दै हाम्रो सानो लापारबाहीले पनि सिंगो देश नै अति संकटमा पर्ने भएकोले संकटको घडीमा सबैले आ–आफ्नो ठाउबाट सबैलाई सही सूचना र शन्देस प्रबाह गर्नु पर्ने थापाको भनाई छ ।
रुपन्देही जिल्लाकै रमणिय र प्रयटकिय स्थल दानापुरताल समेत रहेको समइमाई सामुदायिक बन उपभोक्ता समूहको अध्यक्ष थापाले दानापुरतालमा आउने प्रयटकहरुलाई लकडाउनको समयमा ताल भ्रमणका लागि बन्देज गरिएको बताउनु भएको छ।