बिश्वभरका मानिसहरुलाई कोरोना भाइरसले आतंकित बनाएको छ । चिनको उहान प्रान्तबाट आगोको झिल्काको रुप सरह फैलिएर बिश्वका करिब १९५ भन्दा बढी देशहरुमा महामारीको रुपमा दन्किरहेको छ । हाल बिश्वका सम्म ४ लाख भन्दमा बढी मानिसहरु नोवल कोरोना भाइरसबाट संक्रमित भैसकेका छन भने करिब २३ हजार ५ सय बढी केरोना भाइरस संक्रमित भई मृत्यु भैसकोको छ।
कोरोना भाइरसको सम्भाबित संक्रमणबाट प्रभाबित नभएका देश र संक्रमण भैसकेका देशहरुले देशभर लकडाउन घोषण गरिसकेका छन । यस कोरोना भाइरसको सम्भाबित जोखिमलाई कम गर्न नेपाल सरकारले गत चैत्र ११ गते देखि पनि देशैभर लकडाउन घोषणा गरी घर बाहिर ननिस्कन आग्रह गरेको छ ।घरमै बसी कोरोना भाइरसको सम्भाबित संक्रमणबाट सुरक्षित आग्रह गरे संगै आम नागरिकमा एक एक किसिमको संत्रास उब्जाएको छ । नेपाल सकारले घोषणा गरेको लकडाउनको समयमा कञ्चनका अगुवाहरुले के कसरी समय बिताएका छन भनि सोधिएको थियो ।
ब्यक्तिले संकटको बेला कसरी आफ्नो दैनिक जिवन संचालन गरेका छन, त्यसले समाजमा कस्तो प्रभाव पर्छ र आम नागरिकले त्यसलाई उदाहरणको रुपमा प्रयोग गर्न सहज हुन सक्छ भन्ने उद्धेश्यका साथ लकडाउनको समयलाई गरिएको उपयोगलाई प्रस्तुत गरिएको छ
मेघनाथ शर्मा,प्रधानाध्यापक,हरैया माध्यमिक बिधालय
मेघनाथ शर्मा
हरैया बहुमुखी क्याम्पसको संस्थापक क्यामपस प्रमुखको जिम्मेवारी सम्मालेर प्रशासकिय अनुभव संगाल्नु भएका मेघनाथ शर्मा हाल हरैया माधयमिक बिधालयको प्रधानाध्यापक हुनुहुन्छ । बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयमा प्राप्त भएको सुनौलो अवसरको रुपमा लिई कानुन संकाय तर्फको स्नातक तहको परीक्षाको तयारी गरिरहनु भएको छ। शिक्षा शास्त्रबाट गणित बिषयमा स्नातकोत्तर तह उत्तिर्ण गरिसक्नु भएका शर्मा यतिबेला कानुन शास्त्रमा स्नातक तहको परीक्षाको तयारी संगै अदालती अभ्यास लेखन कार्यमा ब्यस्त हुनुहुन्छ ।
अरु समय अर्थात लकडाउन पुर्व बिहानको समय हरैया बहुमुखी क्याम्पसमा प्राध्यापन र दिउसको समय बिधालयको प्रशासनिक कार्य संगसंगै शिक्षणमा ब्यस्त भइरहने शर्मा लकडाउनको समयलाई स्व अध्ययनलाई जोड दिएर परीक्षाको तयारी गरिरहनु भएको छ । कतिपय लकडाउनले समय बर्बाद बनाएको सबै काम रोकिएको भनेर समय कटाइरहेको अवस्थामा शर्माको समय ब्यबस्थापनबाट बिना तयारी भएको फुर्सद उपयोग गर्ने उपर्युक्त उपाय हुन सक्छ ।
गोपाल के.सी. कार्यक्रम संयोजक,सुनगाभा सामुदायिक बिकास केन्द्र
गोपाल के.सी.
गोपाल के.सी. प्राय बेफुर्सदमा हुने ब्यक्तिहरु मध्ये एक हुनुहुन्छ । वहा वहाले नै स्थापना गर्नु भएको सुनगाभा सामुदायिक बिकास केन्द्रको कार्यक्रम संयोजक भई कार्य गर्दै आउनु भएको छ। प्राय संस्थाकै कार्यलयमा संस्थाबाट संचालन हुने बार्षिक कार्यक्रमको योजना तथा कार्यान्वयन पक्षबारे बिश्लेषण र प्रतिबेदन बनाउनमा ब्यस्त के.सी.लाई लकडाउनले कुनै बैकल्पिक फुर्सद दिएको छैन ।हिजो लकडाउन पुर्ब जुन रफ्तारमा काम गर्दै आउनु भएको थियो त्यही रफ्तारमा कार्य गर्नको लागि अन्य कर्मचारीलाई बिदा दिएर आफु एक्लै कार्यलयमा गई संस्थाको दैनिक प्रतिबेदन बनाएर साझेदार संस्था संगको फ्लोअपमा हुनुहुन्छ ।
बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयमा कञ्चन,गैडहवा,लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोदन गाउपालिकाले बनाइरहेको अस्थाई क्वारेन्टाइन निर्माणको लागि आर्थिक सहयोग प्रदान गर्न बिभिन्न साझेदार संस्थाहरुसंग कार्ययोजना सहित सहकार्य गर्नमै ब्यस्त हुनुहुन्छ ।
पुष्पराज शर्मा,अध्यक्ष,परिपक्व बचत तथा ऋण सहकारी संस्था
पुष्पराज शर्मा
पुष्पराज शर्माले यतिबेला खेतमा लगाएको मकै गोड्नमा ब्यस्त हुनुहुन्छ । । बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयलाई मकै गोड्नमा भरपुर उपयोग गर्नु भएको छ।मलावरदेबी दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष समेत रहनु भएका शर्मा अरुबेला प्राय आफ्नो निजी ब्यबसायमा ब्यस्त हुने र कहिलेकाही बिभिन्न कार्यक्रम,सभा,बैठकहरुमा कहिले सहकारी,कहिले पार्टी र कहिले सामाजिक अगुवाको रुपमा आफ्नो उपस्थिती देखाउदै समृद्ध कञ्चन निर्माणका लागि महत्वपुर्ण सुझाव दिन समेत पछी नपर्ने शर्मालाई लकडाउनले घरको परिवारसंग घरको काम गर्न समय जुराएको छ।
शर्माको आफ्नै निजी फर्म पुष्पराइस मिल रहेको छ ।यो लकडाउनको बेला आफ्ना सेवाग्राही र शेयर सदस्यहरुलाई आ आफ्नो घरमा बसी कोरोना भाइरसको सम्भाबित जोखिमबाट जोगिन सुझाव दिनुहुन्छ ।
राधिका चौधरी,अध्यक्ष,लहर महिला सामाजिक उधमी सहकारी संस्था
राधिका चौधरी
लहर सामाजिक महिला उधमी सहकारी संस्था,कञ्चन १ का अध्यक्ष राधिका चौधरीले यतिबेला मजाले आफ्नो परिवारलाई समय दिन पाउनु भएको छ। सहकारी अन्य सामाजिक कार्यहरुले गर्दा न दिन न रात र न भोक न प्यास भन्दै दौडधुप गरिरहदा परिवारलाई समय दिन नपाउने चौधरीले बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयमा घरमै बसेर छोराछोरीको पढाईको बारेमा संगै बसेर बुझ्दैमा दिन बिताउनु भएको छ।
सहकारी संजाल,कञ्चनका संयोजक,कञ्चन जेसिज बर्ष २०१९ का संस्थापक कार्यकारीणी उपाध्यक्ष तथा कञ्चन जेसिज बर्ष २०२०का कानुनी सल्लाहकार समेत रहनु भएकी चौधरीले अहिले यो लकडाउनको बेला सहकारी ऐन २०७४ र आफ्नै लहर सामाजिक महिला उधमी सहकारी संस्थाको बिनियमलाई बिस्तारित रुपमा अध्ययन गर्ने मौका पाउनु भएको छ ।
बाबुराम पौडेल,कञ्चन जेसिज,बर्ष २०२०
बाबुराम पौडेल
गजेडी माध्यमिक बिधालयका शिक्षक बाबुराम पौडेल यतिबेला आफ्नो खेतमा लगाएको मकैको गोडमेलमा ब्यस्त हुनुहुन्छ ।बिहान १० बजे देखि दिउस ४ बजे सम्म शिक्षण पेशामा ब्यस्त भइरहने पौडेलले बिहान १० बज्नु भन्दा अगाडी र ४ बजे पछिको फुर्सदको समयलाई समाजसेवामा खर्च गर्दै आउनु भएको छ ।आफु अध्यक्ष भएको बर्ष स्मरणिय र प्रभावकारी कार्यक्रम कसरी बनाउने भनेर आफुले तयार गरेको बार्षिक कार्यक्रमलाई दैनिक गृहकार्य गर्दै आउनु भएको छ।
प्राय शिक्षकहरु सृजनात्मक हुन्छन र आफ्नो शिक्षण पेशालाई सृजनात्मक बनाउन दैनिक योजना बनाउनमै समय खर्चिने शिक्षकहरु मध्येकै एक हुनुहुन्छ पौडेल । यतिबेला देश संकटमा परिरहेको बेला कञ्चन जेसिजको सामाजि उत्तर दायित्व अरुन्तर्गत कञ्चन गाउपालिकाले निर्माण गरेको अस्थाई क्वारेन्टाइनका लागि खाध्य सामाग्री ब्यबस्थापन गर्न मातहतका जेसि युवाहरुसंग सल्हाह र सुझाव लिनमै समय बिताउनु भएको छ।
शिवकला खनाल,प्रधानाध्यापक,सरस्वती माध्यमिक बिधालय
शिवकला खनाल
शिवकला खनाल कञ्चन गाउपालिका वार्ड नं. ५ मा रहेको सरस्वती माध्यमिक बिधालयको महिला प्रधानाध्यापक हुनुहुन्छ । महिलाहरु पनि नेतृत्व तहमा आउनु पर्छ र महिलाहरु हिजोको परमपरालाई अनुभवको रुपमा लिएर बर्तमान समय परिस्थिती अनुसार शसक्तिकरण भई नेतृत्व र ब्यक्तित्व बिकासमा अग्रसर हुनुपर्छ भन्ने मान्यता राख्ने खनालले बार्षिक परीक्षको उत्तर पुस्तिका परीक्षणमा ब्यस्त हुनुहुन्छ ।
बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयलाई बढी सृजनात्मक बनाउन र समय अनुसार प्रबृधियुक्त शिक्षण गर्न सोही अनुसारको पाठ्ययोजनालाई पनि प्राथमिकता दिनु भएको छ।
टीकाराज गिरी,प्रधानाध्यापक,भैसाही माध्यमिक बिधालय
टीकाराज गिरी
कञ्चन गाउपालिकाको पुरानो बिधालय मध्ये कै भैसाही माध्यमिक बिधालय पनि एक हो । भैसाही माध्यमिक बिधालयको प्रशासनिक नेतृत्व गर्दै आउनु भएका टीकाराज गिरीले यतिबेला बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयलाई आफ्नो जिवनकालका घटनाहरुलाई सम्झिदै कबिता लेख्नमा ब्यस्त हुनुहुन्छ ।
लकडाउनको समयमा घरमै बसी टीका गिरीले
लेख्नु भएको कबिता
साहित्य र कलामा रुची राख्ने गिरीलाई कुनै सन्दर्भमा जोडिन पाए सोही अनुसारको गित या कबिता फुराउन भ्याउनु हुन्छ ।आज तिनै गिरीलाई लकडाउनको सुनौलो अवसरमा आफ्नै जिवनका बारेमा कबिता लेखेर समय बिताउनु भएको छ भने बिधालयको बार्षिक परीक्षको उत्तरपुस्तिका जांच्न पनि भ्याई नभ्याई छ ।
रामजी आचार्य,सहप्रधानाध्यापक,सूर्यपुरा माध्यमिक बिधालय
रामजी आचार्य
हरैया बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहनु भएका रामजी आचार्य सूर्यपुरा माध्यमिक बिधालय,गैडहवाका सहायका प्रधानाध्यापक हुनुहुन्छ । हरैया बहुमुखी क्याम्पसमा स्वास्थ्य बिषयको प्रध्यापन गर्दै आउनु भएका आचार्यले बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयलाई घरको खेती स्याहार्नमा ब्यस्त हुनुहुन्छ ।
आफ्नो अध्यापन पेशालाई ब्यबहारिक र बढी सृजनात्मक बनाउनमा केन्द्रित हुने आचार्य पनि बार्षिक परीक्षाको उत्तर पुस्तिका परीक्षण गरेर समय बिताउनु भएकोछ ।बिधालय तहमा बिज्ञान बिषयको अध्यापन गराउनु हुने आचार्यको पनि त्यति फुर्सद भएर फजुलमा समय बिताउनै पाउनु हुन्न । बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयमा प्रायलाई फुर्सद छ के गर्ने कति बोर लागिराछ भन्दै सामाजिक संजालमा स्टाटस राखिरहेको बेला वहालाई फेसबुक हेर्ने फुर्सद यतिबेला पनि छैन । तैपनि सांझपख सुत्नेबेलामा एकैछिन सामाजिक संजाल खोलेर ताजा समाचार र सूचना पढेर अपडेट हुदै आउनु भएको छ।
धन कुबेर बुढाथोकी सदस्य,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
धनकुबेर बुढाथोकी
कुनैबेला धनकुबेर बुढाथोकी र बिकास उस्तै उस्तै नामको रुपमा परिचित बुढाथोकी पुर्ब सांसद स्वर्गिय रामनाथ ढकालका स्थननिय स्वकिय सचिवको रुपमा काम गरिसक्नु भएको छ।बिकासका लागि आफुलाई बिर्सेरै काम गर्ने बुढाथोकी यति बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य हुनुहुन्छ ।
बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयमा बुढाथोकीले पनि खेतबारीमै काम गरेर दिन कटाउनु भएको छ ।अरुबबेला सामाजिक र राजनैतिक काममा ब्यस्त भैरहने बुढाथोकी घरमै बसेर कोरोना भाइरसको सम्भाबित संक्रमणबाट सुरक्षित हुने प्रयास गर्नु भएको छ।घरमा मात्र बसेर अत्याहस लाग्ने भएकोले सांझ बिहान खेतमा मकै गोड्न जान्छु वहाले भन्नु भयो ।
जित बहादुर क्षेत्री,अध्यक्ष,धमिनाताल सामुदायिक बन उपभोक्ता समूह
जित बहादुर क्षेत्री
कुनैबेला ब्यबस्थापकिय हिसावले निकै अस्त ब्यस्त भएको धमिनाताल सामुदायिक बन उपभोक्ता समूहलाई ब्यबस्थित बनाउदै रुपन्देही जिल्लामै दोश्रो श्रेणीमा ल्याउन सफल जित बहादुर क्षेत्रीलाई बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउन समयमा पनि बनको सुरक्षा र ब्यबस्थापन गर्नमै ब्यस्त हुनुहुन्छ।
घर बाहिर निस्केर समूहमा नबस्ने भिडभाडमा नजाने मात्रै हो भनेको तर लकडाउनको समयमा बनको सुरक्षा र ब्यबस्थापनलाई लकडाउनले त्यति असर गर्दैन ।अनि लकडाउनकै मौका छोपेर काठ तस्करहरुले बनमा लुकीछिपी रुख काट्न सक्छन यो बेलामा बनको झन बढी ख्याल गर्नु पर्ने भएकोले दिनमा कम्तीमा ३ पटक सामुदायिक बनमा गई बनको शेरचाह गरेरै समय बिताउने गरेको भन्दै कोरोना भाइरसबाट जोगिन आफुले पनि गाउपालिकाले जारी गरेको सूचना रेडियोबाट सुनेर पालना गर्नु भएको छ।
गंगाधर शर्मा,कृषक
गंगाधर शर्मा
स्पिन्जर च्याउ फर्मका संचालक तथा कृषि उधमी गंगाधर शर्मालाई प्राय फुर्सदको समयनै हुदैन ।वहा प्राय च्याउको उत्पादन बृद्धि गर्नमा बढी ध्यान जाने र उत्पादित च्याउको बजार ब्यबस्थापनमा समेत समय दिनु पर्ने भएकोले फुर्सद कमै हुन्छ शर्मालाई ।
तर बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयमा अरुका लागि बेचैनको समय भइरहेको बेला कृषिमा रमाउने शर्मालाई सरकारले लकडाउन गरे जस्तो लाग्दैन ।शर्मालाई यति मात्र दुख छ लकडाउन भएकोले बजार बजारमा साइकलमा च्याउ बोकेर ग्राहकका घरमा जान पाउनु भएको छैन ।तैपनि वहाले उतपादन गरेको च्याउ खाने बानी परेका ग्राहकहरुले फोन गरेर आफै नै फर्ममा च्याउ लिन आउने गरेको बताउनु हुन्छ कृषि उधमी शर्मा ।
च्याउ उत्पादक किसान संघको केन्द्रिय सदस्य,प्रदेश उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष समेत रहनु भएका शर्माले यो समयमा प्रोटिन युक्त खाध्यबस्तु उपलब्ध गराउनु पर्ने भएकोले लकडाउनले समस्या पारेको बताउनु भएको छ।
बिनोद पुन,अध्यक्ष,रुद्रपुर माध्यमिक बिधालय ब्यबस्थापन समिति
बिनोद कुमार पुन
दैनिक रुपमा बिभिन्न संघसंस्थाको काममा दौडधुपमा ब्यस्त भइरहने बिनोद कुमार पुन रुद्रपुर माध्यमिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष हुनुहुन्छ । ३ कार्यकाल बिताएर चौथो कार्यकालका लागि अध्यक्षको जिम्मेवारीमा रहेका पुन यतिबेला बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयमा गाई पालनका लागि गोठ बनाउनका लागि ब्यस्त हुनुहुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चन गाउ कार्यसमितिका सचिव समेत रहनु भएका पुनले अहिले ब्यबसायिक रुपमा गाइ पालन गर्नको लागि घरमै गोठ बनाउदै हुनुहुन्छ ।गोठ निर्माणको कार्य लगभग सकिएको र गाई र भैसी खरिदका लागि बाहिर जानु पर्ने भएकोले वहाको काम रोकिएको छ तैपनि गोठ निर्माणका केही बाकी कामलाई पुरा गर्न लकडाउनको समयलाई उपयोग गरिहनु भएको छ। यससंगै छिमेकीहरुलाई आ–आफ्नो घरमै बसी कोरोना भाइरसको सम्भाबित संक्रमणबाट जोगिन सुझाव समेत दिदै आउनु भएको छ ।