अमेरिकामा देखिएको कोरोना भाइरस महामारीको कठिन नियन्त्रण कार्यमा अमेरिकाले चीनलाई हिलो छ्याप्न खोजेको बेलामा मार्च २० तारिख अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै “अत्याधिक संक्रमितहरु अमेरिकाबाट आएका” बताएकी थिइन। अस्ट्रेलियाले मार्च २० तारिख बेलुकादेखि सम्पूर्ण विदेशी यात्रीहरुलाई अस्ट्रेलिया प्रवेशमा निषेध गर्दै आएको छ।अमेरिकाले अरु देशलाई कसरी ध्वस्त बनाएको छ भन्ने कुरा उसले सबैभन्दा पहिले आफ्नै मुलुक हेरेर भन्नुपर्छ। छिमेकीको पिडामा ब्यंज्ञ गदै हिलो छ्याप्दा अहिले अमेरिका र युरोप नै कोरोना युक्त हिलोले हिलाम्मे भएको छ।
गत फेब्रुअरी महिनामा अमेरिकाले महामारीको प्रतिरोध गर्ने कुनै पनि प्रभावकारी कदम चालेको थिएन। विश्वका अन्य देशहरुले कोरोना भाइरस महामारीलाई सार्वजनिक स्वास्थ्यका लागि एउटा त्रास(धम्की रहेको ठहर गर्दा अमेरिकी नेताले त्यसलाई सार्वजनिक सम्बन्ध मामिलाको रुपमा लिएका थिए। अमेरिकी नेताले यस समस्याको समाधान गर्ने मुख्य तरिका सो समस्याको विद्यमानको अवस्थालाई अस्वीकार गर्नु थियो।
महामारी चर्कंदै आएको शिलशिलामा अमेरिकी नागरिकहरुले अरु बढी असन्तुष्ट व्यक्त गर्न थाले। अमेरिकाले मार्च १३ तारिख राष्ट्रिय संकटकाल घोषणा गर्नुका साथै महामारीको प्रतिरोध गर्न अनेकन कदम चाल्ने वचनबद्धता दिएको थियो। तथापि त्यसलाई अमेरिकाले व्यवहारमा उतारिएको थिएन।
यो भाइरस रोग थियो। यस्को रास्ट्रीयता थिएन। यो मानिसको विरुद्ध थियो रास्ट्रीयताको बिरुद्ध थिएन। तर युरो(अमेरिकन संचारमाध्यमले यसलाइ राजनीति ठट्टामा बदले। साप र चमेरो खाएर तेस्तो भको भनेर लेखे। पस्चिमी संस्थाले जनाबर मारेको पाप कराएको भनेर लेखे। केही नेपाली संचार माध्यामले पनि यहि कुरा दोहोर्याएका थिए। अब चिन सकियो भनेर पस्चिमले खुसी मनाएको थियो। जब रोगका विरुद्ध लंडाइ शुरु गर्यो चिनले, अधिनायकवादको कुरा उठाएर बिश्वभरी नै चिन माथी ब्यंज्ञ गरिरहेको थियो। कुटिकुटी मानिस थुनेको आरोप लगाएको थियो। अर्थात रोगलाई राजनितिकरण गरे।
जब चीन कोरोना भाइरसका विरुद्ध लंडाइ लडिरहेको थियो। वुहान बन्द गरिएको थियो, चिनियाँ जनता आतंकित थिए, चीन बिश्वलाई सहयोग र सद्भावकालागि आह्वान गरिरेहेको थियो। तर तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए। ट्र्म्पले पटक पटक चिनियाँ भाइरस भनी व्यंग्य गर्दै भाषण गर्दै थियो।
अहिलेसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३५ हजारभन्दा बढी पुगी विश्व
को तेस्रो स्थानमा रहेको छ। यसो भएतापनि अमेरिकी सरकारले “धेरै ठाउँमा महामारीको अवस्था गम्भिर नभएको” दाबी गरी अरु देशलाई हिलो छ्याप्दै आएको छ। अव यो संकट सबैका लागि साझा भएको जसरी पश्चिमी मुलुकहरु अमेरिका र कतिपय युरोपियन देशहरुले गलत प्रबृत्ति देखाए अव कसैले त्यो गल्ती दाृहोर्याउने दुस्साहस नगरौं ।
(सीआरआईमा प्रकाशित समाचारबाट समपादित)