१२ बैसाख,गैडहवा
रुपन्देहीको गैडहवामा प्रथम गैडहवा गाउपालिका अध्यक्ष नकआउट फुटवल प्रतियोगिता २०७८ आयोजना हुने भएको छ। गैडहवा गाउपालिका मुख्य संरक्षक र गैडहवा गाउपालिका वडा नं. ८ सह संरक्षक रहेको नकआउट फुटवल प्रतियोगिताको राशी १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ।
गैडहवा गाउपालिका वडा नं. ८ को देबिनगर खेल मैदानमा हुने सो प्रतियोगिताको आयोजना न्यू एभरेष्ट युवा क्लव,गैडहवा ८,रुपन्देहीले गरेको हो । काठमाण्डौ,पाल्पा,नवलपुर,नवलपरासी,कपिलबस्तु र रुपन्देहीका गरी १२ फुटवल टिमले सहभागिता जनाउने प्रतियोगितामा विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया सहित मेडल र कप प्राप्त गर्ने छ भने उप विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया सहित मेडल र कप प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष पदम बहादुर मगरले स्थानिय संचारकर्मीहरुका बिचमा पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको हो ।
क्लवका अध्यक्ष मगरका अनुसार प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई प्लेयर अफ टुर्नामेन्टको रुपमा पुरस्कृत गरिने छ भने हरेक दिनको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच घोषित गरी पुरस्कृत गरिने छ।
बैसाख १६ गते देखि २७ गते सम्म संचालन हुने प्रतियोगितामा आदर्श युवा क्लव,मुर्गिया, योंग ब्वाय फुटवल क्लव,काठमाण्डौ, न्यू युथ युनियन क्लव,पाल्पा, जनप्रेमी युवा क्लव कपिलबस्तु, अभिषेक चर्च रजहर नवलपुर,फर्साटिकर युवा क्लव,रुपन्देही, नव प्रतिभा युवा क्लव,कञ्चन–२, बसन्तफुलवारी, दर्शन युवा क्लव,कञ्चन ११ सैनामैना, सनराइज एफ सी नवलपरासी,चांदनी युवा क्लव,कञ्चन–१,दानापुर र एकता युवा क्लव,कञ्चन–५,रुपन्देही गरी १२ टिमले सहभगिता जनाउने क्लवका सचिव सुवास पुनले कार्यक्रममा जानकारी दिनु भएको छ।
यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट डिफेण्डिर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्डर र सर्बाधिक गोल कर्ता गरी थप चार बिधामा खेलाडीहरुलाई पुरस्कृत गरिने खेल संयोजक विमल पुनले स्थानिय संचार कर्मीहरुलाई पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।