सेवाको प्रयायवाची बन्दै आएकी सुमित्रा बुढाथोकी सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन–४,रुपन्देहीको अध्यक्ष हुन। कञ्चनको सामाजिक क्षेत्रमा सुपरिचित नाम सुमित्रा बुढाथोकी कञ्चनका हरेक कार्यक्रमहरुमा लिइएने नाम पनि हो । उनि राती अवेर सम्म दिनभरी भए गरेका कामहरुका बारेमा आफ्ना साथी र सरोकारवालाहरुसंग छलफल र समिक्षा गर्दैमा बित्छ र करिब राती १० बजे पछि उनले आफ्नो व्यस्त शरीरलाई आराम दिन्छिन। अनि बिहान सबेरै ५ बजे देखि नै बिभिन्न कार्यक्रमहरुका लागि तयारी र सहभागिताका लागि उनकै सिरानीमा मोवाइलको रिङ्घ बज्न शुरु गर्छ ।
सुनगाभाको अध्यक्ष भएपछिको समय झन सामाजिक गतिबिधीहरुको नियमित खटनपटनमा अझ महत्वपुर्ण जिम्मेवारीपुर्ण बन्दै गरेको छ। महिलाले नेतृत्व गरेको संस्थालाई अझ परिस्कृत र सफल बनाउनु उनको बढी महत्वपुर्ण भुमिकालाई जिवन्त बनाउने प्रयत्न गर्दै छिन ।
हुन त सुमित्रा दिदीले जहाँ जहाँ जिम्मेवारी लिन्छिन त्यहा सफल भएरै काम गर्ने सुमित्रा बुढाथोकीलाई “दिदि तपाई कति बेला सुत्नु हुन्छ र अनि कति बेला उठ्नु हुन्छ जवकी दिनभरीको काम र व्यस्त समयलाई व्यबस्थापन गर्न भ्याउनु हुन्छ” भनेर अनौपचारिक रुपमा सोध्दा हँसिली मुहारकी सुमित्रा बुढाथोकीले सके सम्म बाचुञ्जेल शरीरलाई यही समाजकै लागि चलायमान बनाउनु पर्छ त्यसका लागि सबैभन्दा ठूलो आफु भित्रको इच्छा शक्ती महत्वपुर्ण होइछ भनेर हास्दै भनिन। उनको त्यो बलियो इच्छापुर्ण भावनाले भरिएको सारग्रवित भनाइ हरेक सचेत नागरिकका लागि महत्वपुर्ण कसी हो झैं लाग्यो ।
कक्षा १० सम्मको पढाई पुरा गरेका सुमित्रा दिदिले बि.सं. २०५८ साल देखि रुद्रपुर स्वास्थ्य चौकीको महिला स्वास्थ्य स्वयम सेबिका भएर गाउ गाउमा स्वास्थ्य सचेतना गराउदै पछिल्लो समयका किशोर किशोरीहरुले उनकै हातबाट पोलियो थोपा, भिटामिन ए, जुकाको औषधी,हात्ती पाइले रोग बिरुद्धको औषधी र बिभिन्न समयमा नेपाल सरकारले संचालन गरेका खोपहरु लिएर हुर्किएका हुन र उनिहरुलाई देखेर ती स–साना बाल बालिकाहरुलाई जिवन दिएकोमा आफुले आफुलाई गर्व गर्छिन ।
बि.सं. २०३४ साल माघ महिनाको त्यो कठांग्रिने जाडोमा आठौं सन्तानको रुपमा सबैकी कान्छी भएर जन्मिएकी सुमित्रा दिदिले ४३ वटा मुटुखाने जाडो र उखरमाउलो अनि प्रचण्ड गर्मीहरुलाई जित्दै आएकी छिन ।अझै थप ५०/५५ वटा ती मौसमहरुलाई जित्न सकें भने आफुले पाइला टेकेको धर्तीका लागि पुस्तौंको सम्झनामा ररिहने जिवन्त कामहरु गर्ने धोको लिएकी सुमित्रा दिदिले बाल्यकालको समयमा घरपरिवार नै गरिबीको चपेटामा परेकै कारण दुख पाएर हुर्केको पिडादायी अनुभव छ उनमा। तर त्यसबेलाको त्यो दुखलाई समय र परिस्थितीका कारण भएको हुदा सहज रुपमा लिने गरेकी छिन।
बुवा तिर्थ बहादुर थापा र आमा पदमा थापाको कोखबाट जन्म लिएकी सुमित्रा दिदिले तत्कालिन रुद्रपुर गा.बि.स हुदा नेपाल स्वास्थ्य स्वयम सेबिका संघ, रुद्रपुर गाउ समितिको संयोजक हुदै नेपाल स्वास्थ्य स्वयम सेबिका संघ, रुपन्देही क्षेत्र नं. ५ को अध्यक्ष र संघकै जिल्ला समितिको कोषाध्यक्ष समेतको जिम्मेवारी बहन गरेकी छिन भने अहिले नेपाल स्वास्थ्य स्वयम सेबिका संघ,लुम्बिनी प्रदेशको सदस्य समेत हुन ।
आफुलाई म केही गर्न सक्छु र मैले गर्न सक्ने क्षमता र सिपले यो समाजका लागि फरक दर्पण बन्न सकोस भन्ने आत्म बोकेकी सुमित्रा दिदिले घरको धण्दालाई असरल्ल छोडेर होइन की घरको सबै काम सक्काएर दिनभरीको बांकी समय महिला स्वास्थ्य स्वयम सेबिका भएर स्वयम सेबिकाको झोला बोक्दै गाउ गाउमा हिड्छिन । महिला र बालबालिकाको स्वास्थ्य समस्याहरुको पहिचान र निदानका लागि गाउघर क्लिनिक,आधारभुत स्वास्थ्य केन्द्र,स्वास्थ्य चौकी र नजिकैको स्वास्थ्य केन्द्रहरुमा जान सुझाव दिदै सामान्य ज्वरो आएको,कपाल दुखेर बिरामी भएकाहरुलाई नेपाल सरकारले उपलब्ध गराएको निशुल्क औषधीहरु खुवाएर धेरैलाई सन्चो बनाएको अनुभव समेत संगालेका सुमित्रा दिदिले बिभिन्न स्वास्थ्य सम्बन्धी सचेतनामुलक कुराहरु गरेर छिमेकीहरुलाई रोग लाग्नबाट सुरक्षित हुने उपाय सिकाउदै पनि आएकी छिन ।
"जव उनि सुनगाभा भित्र साधारण सदस्य भएर छिरिन तव उनले आफुलाई आफु भित्र भएको व्यक्तित्व,नेतृत्व र वाक क्षमताको बिस्तारै बिकास गर्दै गइन र सुनगाभाको कोषाध्यक्ष,सचिव हुदै अध्यक्ष समेत भई सुनगाभाको नेतृत्व गर्ने समेत जिम्मा सुनगाभाका सदस्यहरुले प्रदान गरे ।"
यतिबेला कञ्चन लगायत महिला स्वास्थ्य स्वयम सेबिकाको क्षेत्रमा सुमित्रा दिदिको भुमिका र नेतृत्व माग भइरहेका बेला उनले बरु थोरै संस्थामा रहेर काम गर्ने तर सबैले देख्ने र स्मरण गर्ने काम गर्ने आफ्नो स्वभाव रहेको र पदका लागि भेटे जति सबै संस्थामा पद ओगटेर बस्नु संस्था र स्वयमका लागि पनि घातक हुने भन्दै उनले आफ्नो सेवाभाव रहेको बताइन । सानोतिनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको सचिव समेत रहेकी सुमित्रा दिदि सानै उमेर देखि आफुलाई समाजसेवा गर्ने इच्छा आफ्नै बुवा तिर्थ बहादु थापाबाट प्रेरणा पाएको बताइन । बुवा तिर्थ बहादुर थापाले पनि बिभिन्न क्लव,समूह गठन गरेर सामाजिक कार्य गर्ने र पछि गाउमै हिमालय आधारभुत बिधालयको बिधालय व्यबस्थापन समितिको पुर्व अध्यक्ष भई स साना बालबालिकाहरुलाई शिक्षाको ज्योती छरेको भन्दै बिधालयको बाािर्षक उत्सवमा बुवालाई मञ्चमा अतिथि बनाएर राख्दा उनको मनमा पनि सबैले देखिने गरी अगाडी बस्न पाए हुन्थ्यो भन्ने मनमा चाहना लाग्ने गरेको बालापनको समयमको अनुभुति धेरै बर्ष सम्म जागिरहेकै कारण आफु समाज सेवाकै क्षेत्रमा लागेको बताइन ।
उमेरले युवाकै श्रेणीमा नाच्दै गरेकी सुमित्रा दिदिलाई मानव बेच बिखन,मानसिक स्वास्थ्य,एच आई भी एड्स,लागु औषध दुरुपयोग,महिला ताथ बालाबालिकाहरुलाई शसक्तिकरण,लैंगिक हिंसा जस्ता क्षेत्रहरुमा बिभिन्न कार्यक्रम संचालन गर्दै अएको सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन ४,रुपन्देहीको नजरले स्केच गर्यो र बि.सं. २०६६ सालमा उनलाई सुनगाभाको साधारण सदस्यता प्रदान गर्यो । जव उनि सुनगाभा भित्र साधारण सदस्य भएर छिरिन तव उनले आफुलाई आफु भित्र भएको व्यक्तित्व,नेतृत्व र वाक क्षमताको बिस्तारै बिकास गर्दै गइन र सुनगाभाको कोषाध्यक्ष,सचिव हुदै अध्यक्ष समेत भई सुनगाभाको नेतृत्व गर्ने समेत जिम्मा सुनगाभाका सदस्यहरुले प्रदान गरे ।
जिल्ला जनस्वास्थ्य कार्यलय,रुपन्देहीबाट उत्कृष्ट महिला स्वयमसेबिकाको रुपमा सम्मान पाएकी सुमित्रा दिदिले स्वास्थ्य क्षेत्रमा काम गर्ने अझ ठूलो जिम्मेवारी र प्रेरणा प्राप्त भएको अनुभव उनले बताइन । देश संघिय संरचनामा गएपछि गठन भएको कञ्चन गाउपालिकाको रुद्रपुर क्षेत्रको महिला स्वास्थ्य स्वयम सेबिकाहरुको समेत नेतृत्व गरेकी सुमित्रा दिदि बि.सं. २०५८ साल देखि नै रुद्रपुर स्वास्थ्य चौकीको व्यबस्थापन समिति सदस्य भएर निरन्तर रुपमा कार्य गर्दै आइरहेकी छिन ।
कामलाई सानो वा ठूलो भन्दा पनि आफुले पाएको काम र जिम्मेवारीलाई कर्तब्य र निष्ठा पुर्वक गर्न सके जस्तो सुकै काम पनि वजनदार हुने बताउने सुमित्रा दिदिको मनिषा बुढाथोकी र सन्दिप बुढाथोकी गरी दुई सन्तानलाई सफल र न्यानो मातृत्व प्रदान गर्दै आएकी दिदिको श्रीमान भने बैदेशिक रोजगारको शिलशिलामा साउदीमा हुनुहुन्छ । समाजसेवाको लागि थुप्रै महिलाहरुका श्रीमानहरुबाट साथ नपाइरहेको अवस्थामा सुमित्रा दिदिलाई भने श्रीमानले नै थप हौसला र साथ दिदै आउनु भएको छ।वहाँकै साथ र सहयोगले आफु समाजमा सुमित्रा बुढाथोकी भएर चिनिन पाएको बताइन ।
स्थापनाकाल देखि नै हिमालय आमा समूह,कञ्चन ४को सदस्य र रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सुरक्षा समितिमा रहेर पनि निरन्तर कार्य गर्दै आएकी सुमित्रासंग शैक्षिक योग्यताको अनुभव नभएपनि बिश्व बिधालयवाट पाउने सर्टिफिकेट भन्दा गाउघरबाट सिकेका अनेक हण्डरहरुबाट प्राप्त अनुभव लिने यही समाज नै आफ्नो लागि महाविधालय भन्दा कुनै फरक नभएको र यही समाजबाट हरेक पटक पाउने स्यावासी,धन्यवाद,वाह,ताली र गाली नै मेरा लागि जिवनकै अमुल्य सर्टिफिकेट भएको सुमित्रा दिदिले बताइन ।
उनमा मनमनै मन छुने केही गितहरु गुन गुनाउने भएपनि अहिले सम्म बाहिर सुनिने गरि कुनै पनि गित नगाएको भन्दै उनले भनिन जति नै थकान भए पनि गित संगितको माधुर्यताले थप उर्जा दिने भएकोले प्राय गितहरु सुन्न मन पराउछिन । समाज सेवालाई नै आफ्नो पेशाको रुपमा ग्रहण गरेकी सुमित्रा दिदिका ३ जना दाजु भाई र ५ दिदीहरु हुनुहुन्छ भने रुद्रपुर स्वास्थ्य चौकीका पुर्व अनमी उनकी भाउजु स्वर्गिय बिष्णुकला थापाको स्मृतिमा माइतीहरुसंगको सहकार्यमा रुद्रपुर स्वास्थ्य चौकीमा दुई थान स्टील कुर्ची र हिमालय आधारभुत बिधालयमा १ लाख रुपैया बराबरको छात्रबृत्ति अक्षयकोष स्थापना गरेकी छिन ।