२ चैत्र,कञ्चन
रुपन्देही जिल्ला कञ्चन गाउपालिका वार्ड नं. ४ बागेशवरी टोल बस्ने टीका श्रीसले लामो समयसम्म बिदेशमा बसेर कृषिमै काम गरेर आएपछि स्वदेशमै परिश्रम र मेहनत गर्न सके आत्म निर्भर बन्न सकिन्छ भनेर स्वदेशमै माहुरी पालन हुदै अहिले हाइटेक प्रबृद्धिको प्रयोग गरेर तरकारी खेतीका लागि हरित गृह (ग्रिन हाउस)मा टमाटर,सिमला मिर्ची र जुगुना नामकको फर्सीको खेती गरेर आफु संगै थप ५ जनालाई रोजगार दिएका छन ।
कृषि उधमी टीका श्रीसले ग्रीन हाउस भित्र करिब २ हजार ६ सय टमाटर,करिब ८ सय सिमला मिर्ची र करिब १ सयको संख्यामा जुगुनाको बेर्ना लगाएको ती बिरुवाहरुबाट सम्पुर्ण खर्च कटाएर महिनामा ३० हजार आम्दानी भएको बताएका छन। श्रीसले गुल्मीको भार्सेमा पनि बाख्रा पालन गरी आफु पनि स्वराजगार संगै थप ५ जनालाई पनि रोजगार प्रदान गरेका छन ।
करिब २५/२६ लाख रुपैया लगानी गरी उच्च प्रबृद्धिको ग्रिन हाउस निर्माण गरी स्वचालित हावा पानी आउने र जुनसुकै मौसममा पनि हरेक किसिमको तरकारी खेती गर्न सकिने टीका श्रेीसले बताएका छन । २ हजार ६ सय टमाटरको बिरुवाट करिब २० क्वीन्टल भन्दा बढी टमाटर उत्पादन भएको र करिब ९ सय सिमलामिर्चीको बिरुवाबाट ५ देखि ६ क्वीन्टल उत्पादन भएको कृषक टीका श्रीसले बताएका छन ।
भिजित भिजामा मलेसिया पुगेका श्रीसले मलेसियामै जग्गा लिजमा लिई तरकारी खेती नै गरेर तरकारी खेती कहा कसरी के लगाउदा राम्रो उत्पादन हुन्छ त्यो कुरा आफुले सिकेर आएको र स्वदेशमै कृषिमा लगानी गर्दै आएको बताएका छन ।यस्तै श्रीसले गुल्मीको सत्यवती ३ भार्सेमा पनि १ सय भन्दा बढी बाख्रा पालन गरेको र सोही ठाउमै ब्यबसायिक रुपमै आरु,आलु बखडा,ओखर,किवी,अंगुर,रुद्राक्ष,बोधोचित्ता लगायतका फलफुलको खेती आएका गर्दै छन ।
“बिदेशमा गएर पैसा कमाइएला,बलियो र राम्रो घर बनाइएला तर समाजले तपाइलाई चिन्दैन,तर स्वदेशमै बसी केह गरी आत्म निर्भर बन्ने र स्वरोजगार बन्ने प्रयास गरियो भने बिदेशमा जस्तो पैसा नकमाइए पनि घरमा घरपरिवार संग रमाएर बस्न पाइन्छ र समाजले पनि तपाइलाई फरक ब्यक्तित्वको रुपमा चिन्छन” टीका श्रीसले बताए।
उनले भने जसले सरकारको मुख ताक्छ उसले जिन्दगीमा केही गर्दैन उ कहिलै आत्म निर्भर बन्नै सक्दैन । सरकारको अनुदान पाएर गर्न काम गर्न खोज्नेहरु संग अनुदानको लोभ बाहेक केही गरेर स्वरोजगार बन्ने सपना उनिहरुमा हुदैन श्रीसले भने। आत्म निर्भर हुनेकाम गरेर कसैले सम्मान गर्छन भने त्यो सम्मानबाट आफुलाई प्रोत्साहन हुने श्रीसले बताए
पुरा भिडियो हेर्नको लागि यो लिंक https://www.youtube.com/watch?v=631zrWKQ0-Q open गर्नुहोस