१ असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक बर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कृषि, पशु, स्वास्थ्य, उद्योग वाणिज्य,शिक्षा, खेलकुद, रोजगार, स्थान्ीय भाषा कला संस्कृति, सरसफाई, कञ्चनको चक्रपथ निर्माण, लालपुर्जा वितरण, फोहोर मैला व्यबस्थापन लगायत विषय प्राथमिकतामा परेका छन।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिकाको २० अधिबेशनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाको सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न १६ औं योजनाको सोंच, पहिलो आवधिक बिकास योजना र वार्षिक बिकास योजना अनुरुप गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमा गरिएको उल्लेख गर्नु भएको छ।
कञ्चनका विद्यमान चुनौतीहरुलाई सामना गर्दै प्रस्तुत नीति तथा कार्यक्रमलाई कञ्चनवासीको हितमा उपयोग गर्नमा लक्षित हुने उल्लेख गर्दै नेपालको संविधान। सोह्रौं योजना, दिगो विकास लक्ष्य, २०३० को मार्गचित्र, स्थानीय सरकार सञ्चालन ऐन २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४ लगायत विद्यमान ऐन, कानुनलाई समेत ध्यानमा राखी प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले सम्मुनत कञ्चन सुखी कञ्चनवासी भन्ने अवधारणालाई आत्मसात गर्ने विश्वास समेत गर्नु भएको छ।
यस्तै कञ्चनको चक्रपथ निर्माणका लागि प्रदेश र संघीय सरकारसंग समन्वय गरी मुर्त रुप दिने अधिक्तम प्रयत्नलाई समेत कञ्चनवासीको सम्मुन्नतसंग जोडिने उल्लेख गर्दै अध्यक्ष ढकालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो ४ बर्षको समयमा कञ्चनका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यबस्थित बसोवासीहरुलाई उनिहरुले बर्षौंदखि आमोत कमोट गर्दै आइरहेको जग्गाको लालपुर्जा दिने कार्यलाई चालु आ.व.मा समेत प्राथमिकता दिइने उल्लेख छ।
विपदलाई घटाउन कृषि उत्पादन बृद्धि गर्नमा कञ्चनवासीहरुलाई कृषितफृ आकर्षित गरिने त्यसका लागि वन कार्यालय। सामुदायिक बन उपभोक्ता समूह तथा विभिन्न समूहरुसंग सहकार्यगरी खाली तथा बाँझाृ जग्गाहरुमा मसला तथा जसडबुटीजन्य बोट विरुवा लगाउनमा प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
"मैले तिरेको कर मेरै बिकासका लागि" भन्ने कुराको अनुभुत गराउदै "कर तिर्नु कर्तव्य मात्र नभई गौरव पनि हो" भन्ने अवधारणाको बिकास गराई आम कञ्चवासीहरुलाई स्वःस्फुर्त कर तिर्नमा प्रोत्साहित गराउने नीति अख्तियार गरिएको अध्यक्ष ढकालले उल्लेख गर्नु भएको छ।
यसैगरी वार्षिक नीति तथा कार्यक्रममा "सेवाको वरीपरी जनता होइन, जनताको वरीपरी सेवा" भन्ने अवधारण सहित नागकिका लागि मुस्कान सहितको सेवा प्रवाह अभियान सञ्चालन गर्ने, घर, विद्यालय र समाज बालमैत्री होस बालबालिकाको भविष्य सुरक्षित र क्षमतावान होस भन्ने नारा कार्यान्वयन गर्ने, एक आमा समूह, एक लघुउद्यम कार्यक्रम सञ्चालन गर्ने, पानीको थोपा थोपा बचाऔं, स्वच्छ पानी पिउने बानी बसालौं भन्ने मान्यताका साथ गाउँपालिका भित्रका विपन्न घर परिवारमा निःशुल्क धारा जडान गर्ने कार्यलाई निरन्तरता दिने, ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा लगायत कार्यक्रमहरुलाई चालु आ.व.मा पनि निरन्तरता दिइने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
कञ्चन गाउँपालिकाको २० अधिबेशनको आज नै बसेको दोश्रो बैठकले अध्यक्ष नव।ाज ढकालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्बसम्मत पारित गरेको छ भने आगामी असार ७ गते बस्ने उक्त अधिबेशनको तेश्रो बैठकमा आर्थिक बर्ष २०८३/०८४ को वार्षिक बजेट तथा योजना प्रस्तुत हुने कञ्चन गाउँपालिकाका सूचना अधिकारी गिरीराज अर्यालले जानकारी दिनु भएको छ।
कञ्चन गाउापालिकाको आ.व. २०८३/०८४को नीति तथा कार्यक्रमको पूर्ण पाठ