३० चैत्र, काठमाण्डौ
प्रधानमन्त्री बालेन शाहसहित मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
पूख्र्यौली घरजग्गा र सुनचाँदीको हिसाबकिताब मात्र होइन, यसपटक प्रधानमन्त्री बालेनको डिजिटल प्लेटफर्मको आम्दानीदेखि मन्त्रीहरूका स्टार्टअप र सेयरसम्मको रोचक तथ्यांक बाहिरिएको छ।
क्याबिनेटमा धेरैजसो मन्त्रीहरू करोडपति निस्कँदा, केहीको सम्पत्ति तुलनात्मक रूपमा सामान्य छ। सम्पत्ति सार्वजनिक गर्ने यो अभ्यासले पारदर्शिता र सुशासनको दिशामा सकारात्मक सन्देश प्रवाह गरेको छ। यहाँ प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण छोटकरीमा प्रस्तुत गरिएको छः-
• बालेन्द्र शाह (प्रधानमन्त्री)
→ धनुषामा १.१ बिघा जग्गा र घर, थप ९ बिघा जग्गा
→१९० तोला सुन
→ १ करोड बढी बैंक मौज्दात तथा स्रोतमा Facebook, YouTube, TikTok, Spotify, iTunes उल्लेख
• सस्मित पोखरेल (शिक्षा, विज्ञान तथा प्रविधि / युवा तथा खेलकुद मन्त्री)
→ कुल सम्पत्ति: २४ करोड १६ लाख २७ हजार रुपैयाँ
→ खुद सम्पत्ति: २३ करोड ४१ लाख २७ हजार रुपैयाँ
→ काठमाडौं, कागेश्वरी मनोहरा, गोदावरी, विराटनगर, गोकर्णेश्वरमा घरजग्गा
→ २५ तोला सुन, १०० तोला चाँदी
→ बैंक मौज्दात, डलर खाता, सेयर र राष्ट्रिय बचत पत्रमा लगानी
→ KIA Niro र BYD Dolphin EV
→ ७५ लाख रुपैयाँ बैंक ऋण
• गौरी कुमारी यादव (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री)
→ काठमाडौं र महोत्तरीमा घरजग्गा
→ १८० तोला सुन, ५ किलो चाँदी, हिराका सेट
→ ३ करोड ३८ लाख ३५ हजार ९०८ रुपैयाँ बराबरको सेयर
→ Hyundai Kona गाडी
→ १ करोड ६० लाख बैंक ऋण
→ Big Mart लाई जग्गा लिज दिएबापत मासिक ९० हजार भाडा
• सुधन गुरुङ (गृह मन्त्री)
→ धनकुटा, चितवन र गोरखामा ठूलो परिमाणमा जग्गा
→ ८९ तोला सुन, ६ किलो चाँदी
→ नबिल बैंकमा ५६ लाख २५ हजारभन्दा बढी
→ विभिन्न कम्पनीमा २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर
→ MG-S5 कार
• शिशिर खनाल (परराष्ट्र मन्त्री)
→ टोखा, तनहुँ, नवलपुर, नेपालगञ्जमा घरजग्गा
→ २२ तोला सुन, २५ तोला चाँदी, १० लाख नगद
→ Pick & Drop, Rigpa International, Taja Agro Farm लगायतमा लगानी
→ Dongfeng Vigo गाडी
→ २० लाख बैंक ऋण
→ ५५ लाख दिएको र २५ लाख लिएको विवरण
• डा. स्वर्णिम वाग्ले (अर्थमन्त्री)
→ ललितपुर, धुलिखेल, बन्दिपुर लगायतका स्थानमा घर/अपार्टमेन्ट/जग्गा
→ ४५ तोला सुन
→ बैंकमा १ करोड ९० लाख रुपैयाँ
→ हाइड्रो, बैंक तथा फन्डहरूमा ठूलो लगानी
→ करिब ४ करोड ३० लाख ऋण
→ Subaru गाडी
• सोविता गौतम (कानुन, न्याय तथा संसदीय मामिला मन्त्री)
→ काठमाडौं र भरतपुरमा पारिवारिक नाममा घरजग्गा
→ १५ तोला सुन, ९ तोला चाँदी, १ तोला हिरा
→ ५ वटा बैंकमा मौज्दात
→ Globe Trot Himalaya Tours मा ५०% स्वामित्व
→ दुई गाडी, एक स्कुटर
→ गाडी खरिदका लागि बैंक ऋण
• खडक राज पौडेल (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री)
→ पोखरामा २ करोड ६० लाख मूल्यको घर
→ ११ तोला सुन, ५ तोला चाँदी
→ Book Lifter, फार्म हाउस, स्टोर्समा लगानी
→ १ करोड ३० लाख बैंक ऋण + १० लाख सहकारी ऋण
→ जीप र २ वटा स्कुटर
• रामजी यादव (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री)
→ राजविराजमा घरजग्गा
→ ८० तोला सुन, १५० तोला चाँदी
→ बैंक खातामा ७० लाखभन्दा बढी पारिवारिक मौज्दात
→ Yamaha मोटरसाइकल
→ MacBook र iPhone जस्ता ग्याजेट उल्लेख
• सुनिल लम्साल (भौतिक पूर्वाधार तथा यातायात / शहरी विकास मन्त्री)
→ तिलोत्तमा, नवलपरासी, स्याङ्जामा घरजग्गा
→ ३० तोला सुन, ५० तोला चाँदी
→ बैंकमा ९० लाख रुपैयाँ मौज्दात
• विराज भक्त श्रेष्ठ (उर्जामन्त्री)
→ इन्द्रचोक र ताहाचलमा घरजग्गा
→ १५ तोला सुन, ५० तोला चाँदी, हिराका गहना
→ नेप्सेमा १ करोड ४५ लाखभन्दा बढी सेयर
→ Land Cruiser, MG EV, स्कुटर
→ Tissot, Armani जस्ता घडी
• प्रतिभा रावल (संघीय मामिला तथा सामान्य प्रशासन / भूमि व्यवस्था मन्त्री)
→ चपली र कोल्हवीमा जग्गा
→ २५ तोला सुन
→ बैंकमा २३ लाख रुपैयाँ
→ २० लाख ऋण
→ MG-S5 कार
• निशा मेहता (स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री)
→ काठमाडौं र महोत्तरीमा जग्गा
→ ३० तोला सुन, ५० तोला चाँदी, हिराका सेट
→ बैंकमा करिब १८ लाख रुपैयाँ
→ HDHPC, GHL, NIFRA मा सेयर
→ Grand i10 गाडी
• डा. विक्रम तिमिल्सिना (सञ्चार तथा सूचना प्रविधि मन्त्री)
→ नागार्जुनमा घर, काठमाडौंमा जग्गा
→ करिब १७.५ तोला सुन, १० तोला चाँदी
→ बैंकमा करिब १० लाख रुपैयाँ
→ १५ लाख र ३३ लाख रुपैयाँ दिएको/लिएको विवरण
→ २३ लाखको गाडी
• गिता चौधरी (वन तथा वातावरण मन्त्री)
→ बर्दिया र रुपन्देहीमा जग्गा
→ ५ तोला सुन, ९ तोला चाँदी
→ बैंक मौज्दात र सेयर लगानी
→ १ बाख्रा, १० कुखुरा
→ ३ लाख ३० हजारको स्कुटर
• सिता बादी (महिला, बालबालिका मन्त्री)
→ १८ तोला सुन, १५ तोला चाँदी
→ एनआइसी बैंकमा १५ लाख रुपैयाँ
→ स्कुटर र Pulsar मोटरसाइकल
→ २० वटा कुखुरा, १ कुकुर
→ ३ वटा ल्यापटप र मोबाइल