१८ चैत्र, कञ्चन
रुपन्देहीको कञ्चनमा स्थानीय तहमा मानव अधिकार सवाल सम्बन्धी सरोकारवाला पक्षहरु विच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यलय बुटवलका सह सचिव तथा कार्यलय प्रमुख सन्तोष आचार्य र मानव अधिकार अधिकृत आशिष श्रेष्ठले मानव अधिकार सम्बन्धी अन्तरकृयात्मक सहजिकरण गर्नु भएको थियो।
राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यलय बुटवलका सह सचिव तथा कार्यलय प्रमुख सन्तोष आचार्यले मानव अधिकार र राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तब्य, जिम्मेवारी, दायित्व, मानव अधिकार उल्लङ्घन, उजुरी, कारवाही तथा क्षतिपूर्ति, मानव अधिकारसम्बबन्धी अन्तराष्ट्रि दस्तावेजहरु, विश्वव्यापी घोषणापत्र, वडापत्र, महासन्धीसम्बन्धी जानकारी गराउनु भएको थियो। स्थानीय तहले आफ्नो वार्षिक कार्ययोजना निर्माण गर्दा मानव अधिकार मैत्री र स्थानीय तहका नागरिकहरुले समेत मानव अधिकार सुनिश्चित भएको अनुभूत गर्न योजना निर्माण जस्ता बिषयहरुमा सहजिकरण गर्दै सहसचिव आचार्यले स्थानीय तहमा हुने मानव अधिकार उल्लङ्घन सम्बन्धी कार्यहरुको अनुगमन र पिडितहरुलाई न्यायिक सेवा प्रदान गर्दासमेत मानव अधिकारको न्युनतम मापदण्डको अधिक्तम उपयोगबारे जानकारी दिनु भएको थियो।

यस्तै राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यलय बुटवलका मानव अधिकार अधिकृत आशिष श्रेष्ठले मानव अधिकार सुनिश्चित्तताबारे जानकारी दिनु भएको थियो। श्रेष्ठले मौलिक हक र मानव अधिकार विचको फरक, नेपालमा मानव अधिकार आयोगको स्थापना, त्यसको कार्यक्षेत्र, उजुरीउपर छानविन र रिफर, अनुसन्धान र सिफारिसबारे जानकारी दिनु भएकको थियो।
यस्तै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले जनप्रतिनीधि र कर्मचारीहरुलाई पालिकाबाट प्रवाह हुने हरेक सेवाहरुलाई व्यबवस्थित, मर्यादित र मानव अधिकार मैत्री बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको बताउनु भएको थियो। विभिन्न क्षेत्र र समुदायबाट प्रतिनीधित्व गर्ने जनप्रतिनीधि र कर्मचारीहरुलाई हरेक पक्षमा जानकार बनाउन पालिकाको निरन्तर भूमिका रहदै जाने प्रतिवद्धता समेत बताउनु भएको थियो।

कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको शासकीय स्वरुपमा गुणस्तरीय सेवा प्रवाहको अनुभूत गराउनेगरी जनप्रतिनीधि र कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको स्थानीय तहमा मानव अधिकार सवाल सम्बन्धी अन्तरकृया निकै प्रभावकारी बनेको बताउनु भएको थियो।
कार्यक्रम उद्धेश्य र औचित्यवारे बताउदै कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवराज पोखरेलले मानव अधिकार रक्षकको रुपमा स्थानीय तह भएको र प्रत्येक नागरिकको मानव अधिकारको संरक्षण, सम्मान र पदपूर्तिकाबारेमा कञ्चन गाउपालिका सदैव सजग रहन आवस्यक रहेकाकारण मानव अधिकार सम्बन्धी अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो। मानव अधिकारमुखी बिकास पद्धती, राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा स्थानीय तहको भूमिका, जिम्मेवार निकाय र सहयोगी निकायहरुसंगको समन्वय र सहकार्यबारे जनप्रतिनीधि र कर्मचारीहरुलाई समेत जानकारी गराउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताउनु भएको थियो।

कञ्चन गाउँपालिकाको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोेग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा भएको कार्यक्रममा कञ्चन गाउँपालिकाका जनप्रतिनीधि, कर्मचारीहरु र मानव अधिकार क्षेत्रमा कार्य गर्ने संघ संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो। प्रशासन प्रमुख गिरीराज अर्यालको सञ्चालनमा भएको उक्त कार्यक्रम कञ्चन गाउँपालिकाको सभाहलमा भएको थियो।