१७ चैत्र, भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले हिजो सोमबार जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब १०,६७,८०० रुपैया बराबरको विभिन्न सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बरामद सामान र सवारी साधन पशु क्वारेन्टाईन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १३ वडवलियाबाट करिब १,३३,००० रुपैया बराबरको लु ३१ प ४६४७ न. को र UP 55 U 6029 नं. को मोटरसाइकल सहित ११० के.जी. बोईलर कुखुरा, सिद्धार्थनगर नगरपालिका वडा नं. २ बीरपथबाट करिब ३,४७,५०० रुपैया बराबरको १९१ पिस लेडिज सुट, थानको कपडा २५७ मिटर र ४८ पिस लेडीज ब्रा प्रहरीले बरामद गरेको छ।
यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं ८ अञ्लपुरबाट करिब २९,९८० रुपैया बराबरको विभिन्न किराना सामानहरु, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ तेनुहवाबाट १,३२,७२० रुपैया बराबरको UP 55 D 8115 नं. को मोटरसाइकल सहित ट्याक्टरको पार्टस र इलेक्ट्रिक सामानहरु सोही नगरपालिकाको वडा नं. ६ भैयाटोलबाट ११,६०० रुपैया बराबरको २ वटा साईकल सहित ६० के.जी. केरा प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ८ लुम्बिनी गेट नजिकैबाट १४,००० रुपैया बराबरको २०० के.जि.चिनी, सोही नगरपालिकाको वडा नं. १ बेलहिया बाइपासबाट करिब ५५,००० रुपैया बराबरको ८ पिस ट्रयाक्टरको बाल ज्वाईन्ट, ६ पिस ट्रयाक्टरको टाइराड र बिभिन्न तरकारी र फलफुलहरु, मायादेवी गाँउपालिका वडा नं. ७ बनगाईबाट करिब ४७,००० रुपैया बराबरको १० पिस ट्याक्टरको diesel filter kit, ६ पिस Rotavator yake, २० पिस मोबिल फिल्टर, ४० पिस बोल्ट प्रहरीले बरामद गरेको छ।
यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया कोटहीमाई गल्लीबाट करिब ९७,००० रुपैया बराबरको १४ पिस लेडिज सुट, ४८ पिस लेडिज टप्स र १५ पिस साडी, तिलोत्तमा नगरपालिका वडा नं. १६ जुडहवाबाट करिब २,००,००० रुपैया बराबरको लु २५ प ३१६ नं. को मोटरसाइकल सहित २०० लिटर Fevicol र १८ लिटर Wood paints बरामद गरेको प्रहरीले जनाएको छ।।