१६ चैत्र, भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले हिजो आइतवा जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब ९७ लाख १२ हजार ४२ रुपैया बराबरको विभिन्न सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बरामद सामान र सवारी साधन पशु क्वारेन्टाईन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ।
जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरबाट करिब ७९,३७,१५२ रुपैया बराबरको ध्द्य छण् ब्ब् छद्दठण् भारतीय नं. प्लेट भएको स्कारपियो सहित सुन काट्न प्रयोग हुने फलामको डाई सामान १०१ वटा, पित्तलको पाता १ रोल, सुन १ तोला २८ लाल, क्तष्प ाबकत १० पिस र ५ प्याकेट पित्तलको डाईको सेम्पल, सोही नगरपालिकाको वडा नं. ६ स्थित कचरिहवाबाट करिब १०,००० रुपैया बराबरको विभिन्न सामान, वाडा नं. १० एयरपोर्ट नजिकबाट करिब १३,६०० रुपैया बराबरको ३५ के.जी. चिनी, ३० के.जी. केरा र ८० के.जी. मटर दाना बरामद गरेको प्रहरीले जनाएको छ।
यसैगरी जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. २ झण्डि बजार मेउडिहवाबाट करिब १,००,५४० रुपैया बराबरको ३०० के.जी. केरा र विभिन्न किसिमका किराना सामानहरु वडा नं. ६ पिप्रहियाबाट १२,००० रुपैया बराबरको २५ के.जी. बोईलर कुखुराको मासु, सोही वडाको भैयाटोलबाट करिब ३२,२०० रुपैया बराबारको ग्ए छघ ब्ए टण्छण् नं. को मोटरसाइकल सहित विभिन्न किराना सामाग्रीहरु वडा नं. ८ अञ्चलपुरबाट करिब १०,७५० रुपैया बराबरको किराना सामान, वडा नं. ३ हाटबजारबाट करिब १२,००० रुपैया बराबरको १२० के.जी. केरा प्रहरीले बरामद गरेको छ।
यसैगरी प्रहरीले जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ४ मिनमिनहवाबाट करिब ३३,२०० रुपैया बराबरको ४०० के.जी. खरबुजा, ५० के.जी. भिण्डि, ६० के.जी. करेला र ५० के.जी. केरा बरामद गरेको छ।
प्रहरीले मायादेवी गाँउपालिका वडा नं. ६ बेथरीबाट करिब ४०,००० रुपैया बराबरको ५०० के.जी. केरा, सम्मरीमाई गाँउपालिका वडा नं. ३ पिप्रहवाबाट करिब ७,५६० रुपैया बराबरको ७५ के.जि.केरा र १७ के.जि. अंगुर, कोटहिमाइ गाँउपालिका वडा नं. ६ बोगढीघाटबाट करिब २९,२०० रुपैया बराबरको बिभिन्न हरियो तरकारी बरामद गरेको छ।
जिल्ला रूपन्देही कोटहीमाई गाँउपालिका वडा नं. १ सिपवाबाट करिब ५७,००० रुपैया बराबरको लु १३ प ३१८० नं.को मोटरसाइकल सहित १०० के.जी. केरा, मायादेवी गाँउपालिका वडा नं. ७ स्थित बनगाईबाट कबिर २२,७५० रुपैया बराबरको २ वटा साईकल सहित ७५ के.जी. ब्रोईलर कुखुरा, मायादेबी गाँउपालिका वडा नं. ६ बगैचाबाट करिब १५,००० रुपैया बराबरको ९० के.जी केरा र किराना सामान बरामद गरेको प्रहरीले जनाएको छ।
यस्तै जिल्लाको ओमसतिया गाउँपालिका वडा नं. ५ सिसैनियाबाट कबिर १९,५०० रुपैया बराबरको विभिन्न किराना सामानहरु, सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया कोटहीमाई मन्दिर नजिकबाट करिब ५५,००० रुपैया बराबरको ८ पिस, लेडिजको सुट, ७५ के.जी. केरा, १०० के.जी. हरियो खुर्सानी र १०० के.जी. करिला, रोहिणी गाउँपालिका १ सेमरपानीबाट करिब ६५,००० रुपैया बराबरको ५७६ पिस गम्छा र विभिन्न तराकारी प्रहरीले बरामद गरेको छ।
यसैगरी प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नं. ३ आँखा अस्पताल चोकबाट करिब ३७,८०० रुपैया बराबरको २ वटा साइकल सहित २५० के.जी., मायादेवी गाँउपालिका वडा नं. ५ बसौलीबाट करिब करिब ६९,००० रुपैया बराबरको लु ६ प ९११९ नं.को मोटरसाइकल सहित १०० के.जी.केरा र २० के.जि. अंगुर, रोहीणी गाउँपालिका वडा नं. ६ चम्किपुरबाट करिब ४,००० रुपैया बरबारको कोकाकोला र स्प्राईट समेत प्रहरीले बरामद गरेको छ।
यसैगरी सिद्धार्थनगर नगरपालिका वडा नं. ३ आँखा अस्पताल चोकबाट करिब ५४,००० रुपैया बराबरको लु ४ प ९७६ नं. को मोटरसाइकल सहित ३५ के.जी. ब्रोईलर कुखुरा, मायादेबी गाँउपालिका वडा नं. ६ नौकट्टीचोकबाट करिब १,९२,९०० रुपैया बराबरको लु ६ प ३०७४, लु २२ प २५३४ र लु १९ प ९५१५ नं. को मोटरसाइकल सहित विभिन्न किसिमका तरकारी र किराना सामाग्रीहरु बरामद गरी आवस्यक कार्वाहीका लागि पशु क्वारेन्टाईन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।।
यसैगरी जिल्ला रुपन्देही कोटहिमाइ गाँउपालिका वडा नं. ३ नौडिहवाबाट करिब ४९,४०० रुपैया बराबरको लु १७ प ४६९६ नम्बरको मोटरसाइकल सहित ७२ पिस पिको धागो, सिदार्थनगर नगरपालिका वडा नं. ३ निर्माणा चोकबाट करिब १०,५०० रुपैया बराबरको २ वटा साइकल सहित ३५ के.जी. केरा, सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरबाट करिब ५१,०९० रुपैया बराबरको विभिन्न किराना सामाग्रीहरु बरामद गरेको प्रहरीले जनाएको छ।
यस्तै प्रहरीले मर्चवारीमाई गाँउपालिका वडा नं. ६ स्थित ठर्कीघाटबाट करिब २,६०,९०० रुपैया बराबरको लु ४ प ५८२७, लु ७० प ५४३५ र लु १७ प १२०४ नं. को मोटरसाइकल सहित विभिन्न तरकारीहरु, कोटहिमाइ गाँउपालिका वडा नं. ६ बोगढीघाटबाट करिब २२,००० रुपैया बराबरको २ बोरा युरिया मल र तरकारी र रोहिणी गाउपालिका वडा नं.६ बिष्णुपुराबाट करिब ४,८८,००० रुपैया बराबरको लेडिज १२२० जोर चप्पल बरामद गरी आवस्यक कार्वाहीका लागि पशु क्वारेन्टाईन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।