९ चैत्र, भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा करिब ५,४४,९४० रुपैया बराबरको अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको सामान र सवारी साधन पशु नियन्त्रणमा लिई क्वारेन्टाईन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाएको छ।
प्रहरीका अनुसार कोटहिमाइ गाँउपालिका वडा नं. ३ स्थित मर्यादपुरबाट करिब ८१,०० रुपैया बराबरको १११ बोत्तल पिय पदार्थ, सिद्धार्थ नगरपालिका वडा नं. ८ स्थित कान्छीबजारबाट करिब ३१,००० रुपैया बराबरको हुक्कामा प्रयोग हुने फेलेवर ३१ पोका प्रहरीले बरामद गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ३ स्थित बसपार्कबाट करिब १०,००० बराबरको १०० के.जी. काँचो केरा, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ स्थित तेलार पुलबाट करिब ९,६०० रुपैया बराबरको १२० के.जी. केरा, कोटहीमाई गाँउपालिका वडा नं. ३ स्थित त्रिलोकपुरबाट करिब १२,५०० रुपैया बराबरको ५० के.जी. केरा, २० के.जी. खरबुजा र बिभीन्न किराना सामान बरामद गरेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनु भएको छ।
यसैगरी रोहिणी गाउँपालिका वडा नं. ६ स्थित बोधवारबाट करिब २०,००० रुपैया बराबरको ३ वटा जिउदो बाख्रा, सोही गाउँपालिकाको वडा नं. ७ स्थित टिकरबाट करिब ६,५००।– बराबरको विभिन्न किराना सामान, मायादेबी गाँउपालिका वडा नं. ६ स्थित सानोदुर्गौल्याबाट करिब ४,५०० रुपैया बराबरको विभिन्न किराना सामानहरु प्रहरीले बरामद गरेको छ।
यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं. १ स्थित बेलहिया डण्डापुलबाट करिब २५,००० रुपैया बराबरको ६०मिटर कपडा, ५० पिस स्याण्डो, मायादेबी गाँउपालिका वडा नं. ६ स्थित इटाभट्टाबाट करिब ९०,००० रुपैया बराबरको लु ३९ प ८३५० नम्बरको मोटरसाइकल सहित १०० फिट प्लास्टिकको सेक्सन पाइप, ओमसतिया गाउँपालिका वडा नं. ४ स्थित मधुरीबाट करिब १,२५,००० रुपैया बराबरको लु ६ प १५८५ नं. को मोटरसाइकल सहित २०० के.जी. माछा बरामद गरेको प्रहरीले जनाएको छ।
यसैगरी सिद्धार्थनगर नगरपालिका वडा नं. २ स्थित मेउडिहवाबाट करिब ४२,७४० रुपैया बराबरको २०० के.जी. हरियो केराउ, ५० के.जी. चिनि, २०० के.जी. केरा र अन्य विभिन्न किराना सामानहरु, मायादेवी गाँउपालिका वडा नं. ७ स्थित बनगाईबाट करिब १२,००० रुपैया बराबरको १०० के.जी. केरा र सिद्धार्थनगर नगरपालिका वडा नं. ३ स्थित दरखसवाबाट करिब १,४८,०००।– बराबरको १४८ जोर बिभिन्न कम्पनिको जुता प्रहरीले बरामद गरेको छ।