
२६ माघ, कञ्चन
नेपाल मगर संघ, लुम्बिनी प्रदेश समितिको तेश्रो अधिबेशन सम्पन्न भएको छ। दाङ्गको राप्ती गाउँपालिका वडा न १ भालुबाङमा सम्पन्न भेलाले खलुप्रसाद पुन मगरको अध्यक्षतामा ३३ सदस्यिय नयाँ कार्य समिति निर्वाचित गरेको छ।
भेलाले उपाध्यक्ष (महिला) ईरादा झाँक्री मगर, उपाध्यक्षमा सञ्जीव थापा मगर र रामबहादुर राना मगर, सचिवमा जितबहादुर दर्लामी मगर (जे.वी.)लाई निर्वाचित गरेको छ। यस्तै ४ मध्ये महिला सहसचिवमा ममता बुढाथोकी मगर, खुल्ला सह सचिवमा जुनुकुमारी बुढा मगर, नरबहादुर घर्ति मगर र रणबहादुर घर्ति मगर निर्वाचित भएका छन भने कोषाध्यक्षमा सूर्यविक्रम राना मगर र सह–कोषाध्यक्ष दिपबहादुर घर्ति मगर निर्वाचित भएको नवनिर्वाचित सचिव जितबहादुर दर्लामी मगर (जे.वी.)ले जानकारी दिनु भएको छ।
यसैगरी भेलाले सदस्यहरुमा खेम बहादुर थापा मगर (गुल्मी), चिन्त बहादुर सोमै मगर (प्यूठान), आईते पुन मगर (बाँके), राजकुमार बुढा मगर (रोल्पा), कर्ण बहादुर राना मगर (रुपन्देही), कविता पुलामी मगर (बर्दिया), रुमकला राना मगर (पाल्पा), अर्चना राना मगर (अर्घाखाँची), मोहन सिंजाली मगर (कपिलवस्तु), विनोद पुन मगर (नवलपरासी), ईन्द्रा बुढा मगर (दाङ्ग), पुष्पा थापा मगर (पाल्पा), निशा घर्ति मगर (प्यूठान), कृष्ण बहादुर पुन मगर (बाँके), विष्णुभक्त राना मगर (अर्घाखाँची), हिरा बहादुर पुन मगर (रोल्पा), लेख बहादुर घर्ति मगर (रोल्पा), लाल बहादुर थापा मगर (रुपन्देही), मान बहादुर बुढाथोकी मगर (रुपन्देही), धन बहादुर बुढा मगर (दाङ्ग), अरुणा राना मगर, ईन्दु थापा मगर (रुपन्देही), नरेन्द्र बुढा मगरलाई निर्वाचित गरेको छ।
यस्तै सोही अधिबेशनबाट निर्वाचन आयोग संयोजकमा दीपा पुन मगर र चुरा बहादुर पुन मगर लेखा विभाग संयोजकमा निर्वाचित गरेको सचिव जितबहादुर दर्लामी मगर (जेबी)ले जानकारी दिनुभएको छ।
तेश्रो अधिबेशनबाटै नेपाल मगर संघको केन्द्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशको प्रतिनिधिका रुपमा डिलबहादुर थापा मगर, मनबहादुर थापा मगर, मीना पुन मगर, आनबहादुर सोती मगर र शान्ति झेँडी मगरलाई चयन गरेको छ ।
नेपाल मगर संघ, मगरात लुम्बिनी प्रदेश समितिले संघको तेस्रो अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने संघका केन्द्रिय समिति पदाधिकारीहरु तथा सदस्यहरु, प्रदेश समितिका निवर्तमान पदाधिकारी एवं सदस्यहरु, प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधि एवं पर्यवेक्षकहरु तथा रातदिन खटेर व्यवस्थापनमा सहयोग गर्नुहुने संघका पालिका समिति र स्थानीयहरुलाई धन्यवाद ज्ञापन ब्यक्त गरेको छ।
संघका अध्यक्ष खल्लुप्रसाद पुन मगर र सचिव जितबहादुर दर्लामी मगर (जेबी)को संयुक्त हस्ताक्षरित प्रेसित धन्यवाद ज्ञापन पत्रमा संघको अधिबेशनमा सहभागी हुनु भएका पत्रकारहरु, सुरक्षाकर्मीहरु, स्वयंसेवकहरु र सहभागी भएर कार्यक्रमको गरिमा बढाइदिनुहुने सम्पूर्णमा आभार व्यक्त गरिएको छ।
धन्यवाद ज्ञापन पत्र
