
२१ माघ, कञ्चन/ओसिङ्ग थापा मगर
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिीधि सभा सदस्य निर्वाचन लक्षित उमेद्वार र तिनका प्रतिनीधिहरु बिच आचार संहिता पालना सम्बन्धी छलफल भएको छ। रुपन्देही निर्वाचन कार्यलयको आयोजनामा भएको उक्त छलफल कार्यक्रम निर्वाचन अधिकृतको कार्यलय रुपन्देही क्षेत्र नं. ५ गैडहवामा सम्पन्न भएको हो।
उक्त छलफल कार्यक्रममा सहभागी राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिता पूर्ण रुपमा आफूहरुले पालना गर्ने र अरू उम्मेदवारहरुले पनि पालना गर्नुपर्नेमा जोड दिएका थिए । छलफलमा सहभागी नेपाल मजदुर किसान पार्टीका उमेद्वार जगीलाल थापाले मतदान केन्द्रहरुमा सहायक तथा स्वयम सेवक कर्मचारी छनौट गर्दा जुन विद्यालयमा मतदान हुने हो त्यही विद्यालयबाट छनौट गर्नु पर्ने, निर्वाचन आचार संहिता अन्तर्गत दलको सम्पर्क कार्यालय मतदान मतदान स्थल देखि कम्तिा ३०० मिटर देखि टाढा राख्नु पर्ने, दलको चुनाव चिन्ह अंकति झण्डा, लोगो, स्टिकर, टिशर्ट, टोपी लगायतको व्यापक प्रयोग भइरहेको, उमेद्वार र चुनाव चिन्ह अंकित ठूला पोष्टर तथा पम्प्लेटहरु भित्ताहरुमा टाँसिएको, भारतीय न्मबर प्लेटका सवारी साधनहरु प्रयोगमा रोक लगाउन निर्वाचन कार्यालयको ध्यान जानु पर्ने सुझाव दिनु भएको थियो।
यसैगरी छलफलमा सहभागी दलका उमेद्वार तथा प्रतिनीधिहरुले विगतका निर्वाचनमा जस्तै यस पटकको चुनवा पनि स्वतन्त्र, निष्पक्ष, भयरहित हुने र हामी उमेद्वारहरु पनि दलहरुको उमेद्वार मात्र नभई प्रयबेक्षक समेत भएको हुँदा आफुले पनि आचार संहिताको पूर्ण पालना गर्नु पर्ने र अरुले उल्लंघन गरेमा त्यसको खवरदारी समेत गर्ने प्रतिवद्धता जनाएका थिए।
रुपन्देही जिल्लाका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले स्वच्छ, निष्पक्ष, तटस्थ, पारदर्शी, मितव्ययी र भयरहित निर्वाचन बनाउन दलहरुले आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
वहाँले ले निर्वाचनमा के–के गर्दा आचारसंहितको उल्लङ्घन हुन्छ भन्ने बारेमा सहभागीहरुलाई प्रस्ट्याउदै कुन क्षेत्रका उम्मेदवारले कति रकम खर्च गर्न पाउने लगायतका विषयमा पनि जानकारी गराउनु भएको थियो । साथै आचारसंहिताको पालना नगरेमा उम्मेदवारी रद्धका लागि सिफारिससम्म गर्न सक्ने भएकाले सबैलाई सहयोगका लागि आग्रह गर्दै मुखय निर्वाचन अधिकृत बस्नेतले निष्पक्षता माथि शङ्का नगर्न र निर्वाचन प्रक्रियामा ठूला र साना दल नचिनिने भएकाले सबैलाई आचारसंहिताको पूर्ण रुपमा पालना गराइने बताउनु भएको थियो।
प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिताको पालना नगरेमा आवश्यक कारबाही हुने बताउदै फागुन २१ गतेको चुनाव निष्पक्ष र भयरहित शान्तिपूर्ण हुने कुरा बताउनु भएको थियो। चुनावको दिन र मतगणना नसकिदासम्म र मतगणना सकिएपछि विजयी उमेद्वार र दलबाट हुने भड्किलो गतिविधिबाट हुन सक्ने अवाञ्छित कृयाकलाप हुन नदिन सुरक्षा व्यबस्थालाई चुस्त र मजवुद बनाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनु भएको थियो।
यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन अनुगमन अधिकृत मातृका आचर्यले कुनै पनि जनप्रतिनीधिहरुले कुनै राजनैतिक दल र दलका उमेद्वारको पक्ष वा विपक्षमा प्रचार गर्न नपाइने, आचार संहितामा निर्धारण गरिएको आकारमा झण्डा र प्रचार सामग्री प्रकाशन, प्रसारण र प्रयोग गर्न पाइने, कुनै पनि उमेद्वारहरुले कुनै पनि उमेद्वारहरुको भ्रामक सामग्रीहरु प्रचार प्रसार गर्न नपाइने कुरा जानकारी दिनु भएको थियो। यदि आचार संहिताको पालना नगरेको वा नगराएको पाइएमा ती दल र दलका उमेद्वारहरुको उमेद्वार रद्ध समेत हुने जानकारी दिदै अनुगमन अधिकृत आचार्यले चुनाव प्रचार गर्दा कुनैपनि साउण्ड सिस्टमहरुको प्रयोग गर्न नपाइने र निर्वाचन कार्यालयको अनुमती लिएर मात्र बढीमा दुई वटामात्र कुनैपनि सवारी साधन प्रयोग गर्न पाइने जानकारी दिनुभएको थियो।
उक्त कार्यक्रममा निर्वाचन आचार संहिताबारे जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिनु भएको थियो। निर्वाचन अधिकारी अर्यालले निर्वाचन आचार संहित माघ ४ गते देखि नै लागु भइसकेको उक्त आचार संहिताको पालना गर्नु विभिन्न राजनैतिक दल, उमेद्वार, सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, संघ संस्था, राज्यको श्रोत साधन उपयोग गर्ने र राज्यबाट तलव भत्ता तथा सेवा सुविधा लिएका जनप्रतिनीधि, प्रधानमन्त्री, मन्त्री लगायतले अनिवार्य रहेको बताउनु भएको थियो। साथै उमेद्वारले चुनावी आम्दानी र खर्चकोे विवरण चुनाव सकिएको १५ दिन भित्र निर्वाचनको कार्यालयमा पेशगरी विभिन्न सञ्चार तथा आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरी उक्त सार्वजनिक गरिएको विवरण समेत निर्वाचन कार्यलयमा अनिवार्य बुझाउनु पर्ने निर्वाचन अधिकारी अर्यालले जानकारी दिनु भएको थियो।
निर्वाचन अधिकृतको कार्यलय रुपन्देही क्षेत्र नं. ५ गैडहवाका निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीले निर्वाचनलाई सभ्य, मर्यादित, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै राजनैतिक दल र उमेद्वारहरुको अहम भूमिका रहने उल्लेख गर्दै जनप्रतिनिधिहरुले गर्नुपर्ने आचारसंहिताका विषयमा समेत वहाँले जानकारी गराउनु भएको थियो । निर्वाचन अधिकृत रेग्मीले रुपन्देही क्षेत्र नं. ५ को निर्वाचन कार्यक्रमलाई दलहरुको मुख्य पर्वको रुपमा सफल बनाउन यस क्षेत्रका सबै राजनैतिक दल र उमेद्वारहरुले आचार संहितालाई नियमको रुपमा भन्दा पनि संयमताको कसीको रुपमा ग्रहण गर्दै सहयोग गर्न आग्रह गर्नु भएको थियो।
निर्वाचन अधिकृतको कार्यालय गैडहवामा भएको छलफल कार्यक्रममा रुपन्देही क्षेत्र नं. ३ का सहायक निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले सहजिकरण गर्नु भएको थियो। कार्यक्रममा रुपन्देही क्षेत्र नं. ५ मा उमेद्वारी दिएका दल, दलका उमेद्वार, उमेद्वारका प्रतिनीधि, सुरक्षाकर्मी, स्थानीय सञ्चारकर्मी, निर्वाचन कार्यलयका कर्मचारी, निर्वाचन अनुगमन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो।