
१६ माघ, कञ्चन
जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले अस्ति बुधवार जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब ४,६४,०१० रुपैया बरावरको विभिन्न सामान तथा सवारी साधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक गणेश साकोटाका अनुसार वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अन्नपुर्णटोलमा चेकजाँचको क्रममा भारत बाट भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई ल्याई बेवारिसे अवस्थामा रहेको जुता १२१ जोर, Dult cat food लेखेको ८० केजी ८ कार्टुन र गाडीको गेयर बक्स सामानको करिब २,०४,१६० रुपैया बराबरको सामान बरामद गरेको हो।
यसैगरी वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी मर्यादपुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अन्नपुर्णटोलबाट भन्सार छलि चोरी निकासी गरी सामानहरु ओसार पसार ल्याउदै गरेको AIR-SPRING लेखेको २ पिस / Sparkel 120 लेखेको १ थान, TATA- गाडीको FUEL FILTER १ पिस/ TVS-Girling लेखेको १ प्याकेट, Diesel is Brikepipes ७ प्याकेट, Poly Tilm 2 पिस, Solenoid Valve ४ थान, Multicolour Short २ थान, ठुलो गाडीको ब्याट्री १ थान, हेडलाईट बल्ब १० पिस, Glow plug १ प्याकेट,गाडीको हर्न ३ सेट, हेडलाईट सेट ३ पिस, टपपिनेन साप्ट, गेयर बक्स मेन साप्ट, गेयर बक्स काउन्टर साप्ट सेट, तिन नं. मेन साप्ट गेयर, ६ नं. मेन साप्ट गेयर, बेरिङ, गेयर बक्स किट, चार नं. मेन साप्ट गेयर, गेयर बक्स लककिट, गेयर बक्स ग्यास किट गरी करिब ८६,००० रुपैया बरावरको सामान बरामद गरेको हो।
यस्तै इलाका प्रहरी कार्यालय सुर्यपुरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देहि गैडहवा गाँउपालिका वडा नं. ६ क्याम्पसरोडबाट लु ३३ प २६०९ नं. को मोटरसाईकलमा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको साडी थान २७ ,ब्लाउजको भित्रि कपडा थान ४४, गम्छा थान ५, पेटिकोटको कपडा ८० मिटर ९ ४ बन्डल ०, कुर्ता सलवार ४ थान गरी करिब ३५,९०० रुपैया बराबरको र ६५,००० रुपैया बारबरको मोटरसाइकल गरी जम्मा करिब १,००,९०० रुपैया बराबरको समान बरामद गरेको प्रहरीले जनाएको छ।
यसैगरी प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १३ कालिदह स्थितबाट भारतबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको चिनी १५० के.जी, ऋभलतग तयथ वभििष्भक १ कार्टुन, क्लयध धजष्तभ १ कार्टुन, थ्यथय द्यबििक १० पोका, मिठाई १० बट्टा, गाय छाप सर्फ (८ के.जी.) वर्फी १२ बट्टा, अकल १० पोका, पन्जावी तड्का (५५ पिस) गरी जम्मा अन्दाजी २३,१५० रुपैया बराबरको सामान बरामद गरेको छ।
यस्तै इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देही खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कमा चेकजांच गर्ने क्रममा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा लैजादै गरेको कष्टमेटिकका सामानहरु १ प्लाष्टिक र साडी २७ थान गरी करिब ४९,८०० रुपैया बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिनु भएको छ।।