

७ माघ, भैरहवा
प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारीको लागि रुपन्देहीबाट १ सय ५९ जनाले उम्मेदवारी दिएका छन । हिजो मंगलबार साँझ ५ बजेसम्म भएको मनोनयनको समयावधिमा रुपन्देहीको ५ वटा निर्वाचन क्षेत्रबाट सो संख्यामा उम्मेदवारले मनोनयन दर्ता गराएका हुन ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार रुपन्देही क्षेत्र नम्बर १ बाट ३२ जना, क्षेत्र नम्बर २ बाट ४१ जना, क्षेत्र नम्बर ३ बाट ३६ जना, क्षेत्र नम्बर ४ बाट २२ जना र क्षेत्र नम्बर ५ बाट २८ जनाले मनोनयन दर्ता गराएका जानकारी दिईन ।
अर्यालका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट हिराबहादुर केसी, एमालेबाट दधिराम न्यौपाने, रास्वपाबाट सुनिल लम्साल , राप्रपाबाट प्रज्वल बोहरा, नेकपाबाट घनश्याम यादव, जसपाबाट मोहम्मद अस्लम खाँन र नेपाल मजदुर किसान पार्टीबाट हिमलाल पाण्डे लगायत गरी ३१ को उम्मेदवारी परेको छ । यहाँ१ लाख ४६ हजार ८ सय २४ जना मतदाता छन ।
यस्तै क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद पौडेल, नेपाली काँग्रेसबाट चुन्नुप्रसाद पौडेल, रास्वपाबाट सुलभ खरेल, नेकपाबाट बिश्वदीप पाण्डे, राप्रपाबाट कर्भिका थापा, जसपाबाट दीपक गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यान्जु लगायत गरी ४१ को उमेद्वारी रहेको छ । यहाँ १ लाख ३५ हजार ५० मतदाता रहेका छन ।
क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट सुशील गुरुङ, एमालेबाट बासुदेव घिमिरे, रास्वपाबाट डा।लेखजंग थापा, राप्रपाबाट गौरब बोहरा, नेकपाबाट फैज अहम्मद खाँ, जसपा नेपालबाट श्रीनिवास यादव, नेपाल मजदुर किसान पार्टीबाट सुग्रिम शाहीलगायत गरी ३५ को उम्मेदवारी परेको छ । यहाँ १ लाख ४० हजार ३५ रहेका छन ।
क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसबाट आशुतोष मिश्र, एमालेबाट प्रमोदकुमार यादव, रास्वपाबाट कन्हैया बनियाँ, जनमत पार्टीबाट भोपेन्द्र यादव , जसपा नेपालबाट सर्वेन्द्रनाथ शुक्ल, नेपाली कम्युनिष्ट पार्टीबाट बावुलाल यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिउद्दिन खान, नेपाल मजदुर किसान पार्टीबाट कमल कोंजु लगायत गरी ३५ले उम्मेदवारी दर्ता गराएका छन । यहाँ १ लाख १६ हजार १ सय ७२ मतदाता रहेका छन ।
यस्तै क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसबाट भरतकुमार शाह, एमालेबाट खिमलाल भट्टराई, रास्वपाबाट तौफिक अहमद खाँ, नेकपाबाट मोहम्मद वकिल मुसलमान, राप्रपाबाट मिनप्रसाद घिमिरे, जसपा नेपालबाट मोहम्मद वहिद फकिर, नेपाल मजदुर किसान पार्टीबाटजगीलाल थापा लगायत गरी २७ को उम्मेदवारी परेको छ ।यहाँ १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेका छन ।
२७५ सदस्यीय प्रतिनिधि सभामा ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् । समानुपातिकतर्फको मनोनयन पुस १३ र १४ गते सकिसकेको थियो भने प्रत्यक्षतर्फको मनोनयन हिजो भएको हो ।
श्रोत:क्षेत्रगत निर्वाचन अधिकृतको कार्यलबाट प्रकाशित उमेद्वारी नामावली