

१ माघ, कञ्चन
आज माघे सक्रान्ती अर्थात मकर सक्रान्ती । मगर र थारु जातीहरुको नयाँ बर्ष प्रारम्भ हुने दिन पनि आज नै हो । को रुपमा माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चार्ड हो।
ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई "मकर सङ्क्रान्ति" पनि भनिएको हो। सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ।
यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोलि पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ।
यसैगरी मगर समुदायको ५०१९ र थारु जातीको २६४९ नयाँ बर्षलाई विभिन्न खिचडी र मिठा मिठा खानेकुरा खाएर मनाउने गर्दछन। यो दिन मगर समुदायमा आफ्ना छोरी चेलीबेटी र आफन्तहरुलाई घरमा बोलाएर खुवाउने र दुःख सुख साटेर रमाइलो गर्ने गर्दछन। यी जातीहरुले आफ्नो कुलपित्रीको नाममा खिचडी चढाउने र एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ बर्ष मनाउने गर्दछन।
माघ्या सकराटीको अवसरमा देशका विभिन्न स्थानहरुमा मेला तथा महोत्सवको आयोजना गरिएका छन। खासगरी यो माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ। यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, कञ्चन नदी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटहरूमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।ृ
उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न (सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ ।
धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ । त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ । माघी पर्वलाई एकता र सद्भावको सन्देशलाई समेट्ने प्रयास गरिएको छ ।
माघी पर्व पहिले खासगरी थारू र मगर समुदायमा मात्र सीमित थियो । राजधानीमा बसोबास गर्ने थारू र मगरहरूले केही वर्षदेखि माघी महोत्सवको आयोजना गर्न थालिरहेका छन। विशेष गरी २०५९ सालमा सरकारले माघीमा सार्वजनिक बिदाको व्यवस्था गरेपछि थारु र मगर जाती बाहुल्यता रहेका सबै क्षेत्रमा मेला महोत्सवको रूपमा मनाउन थालिएको हो ।
माघी महोत्सवमा थारू र मगर संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्री र मगर समुदायहरुको मौलिक खानाका परिकारहरु सेलरोटी, बटुक (बारा), तरुल, जाँड, रक्सी लगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ ।
खासगरी नेपालका मगर जातिहरू बीच माघे सङ्क्रान्ति लाई मुख्य पर्वको रूपमा धुमधाम सॅग मनाउने चलन छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ।
माघे सङ्क्रान्तिलाई मगर जातिले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ। बालकहरू धनु काँड खेल्दै माघे सङ्क्रान्तिको रौनकका सुरू गर्छन्।वन-तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ भाइ जिरेलतिर लाग्छन्। घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घ-तरुल खनेर तयारी गर्छन्। अबेर वन-तरुल लिएर फर्केपछि रात भर तरुलपकाउने देखि पुरी बनाउने अधिष्ठान्न भोज पकाउनुमामा व्यस्त हुन्छन्।