२५ पुस, कञ्चन
रुपन्देहीको कञ्चनमा जारी चौथो रुद्रपुर कप फुटवल प्रतियोगिता अन्तर्गत हिजो दोश्रो दिन सम्पन्न पहिलो चरणको खेलमा गौतमबुद्ध सामुदायियक बिकास केन्द्र, कञ्चन ५ पिपरीचापा रुपन्देही विजयी भएको छ। गौतमबुद्धले एन्फा एकेडेमीलाई पराजित गरी प्रतियोगिताको दोश्रो चरणमा प्रबेश गर्न सफल भएको हो।
हिजो प्रतियोगिताको दोश्रो दिन एन्फा एकेडेमी र गौतमबुद्ध सामुदायिक बिकास केन्द्र बिच भएको खेलमा गौतमबुद्धले एन्फा एकेडेमीलाई १-० गोल अन्तरले पराजित गरेको हो। गौतमबुद्धका लागि एन्फा बिरुद्ध रिदम राजकोटीले निर्णायक गोल गरेका थिए। हिजोको खेलमा गौतमबुद्धका रिदम राजकोटी म्यान अफ द म्याच बन्न सफल भएका छ।

रुद्रपुर युवा क्लव, कञ्चन ४ कालिका टोल रुपन्देहीको आठौं बार्षिक उत्सवको अवसरमा आयोजित चौथो रुद्रपुर कप फुटवल प्रतियोगिताका विजेता टिमले नगद १,३१,१११ रुपैया सहित शिल्ड, ट्रफी र प्रमाण पत्र पाउने छन भने उपविजेता टिमले नगद ६५,५५५ रुपैया सहित शिल्ड, ट्रफी र प्रमाण पत्र पाउने क्लवका सचिव दृष्टि रानाले जानकारी दिनु भएको छ।
यसैगरी हरेक खेलमा म्यान अफ द म्याचको समेत व्यबस्था गरिएको उक्त प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र सर्वोकृष्ट खेलाडीको छनौट गरि नगद पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ। विधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई जनही १,५०० रुपैया र ट्रफी प्रदान गरिने क्लवका सचिव रानाले जानकारी दिनु भएको छ।

विभिन्न १२ फुटवल टिमहरुले प्रस्तिपर्धा गरिरहेका उक्त प्रतियोगितालाई सफल बनाउन कञ्चन ४ का दानवीर रुप बहादुर थापाले प्रतियोगिता प्रायोजन स्वरुप नगद १,३१,१११ रुपैया आर्थिक सहयोग समेत गर्नु भएको क्लवका सचिव रानाले जानकारी दिनु भएको छ। यस्तै क्लवका शुभेच्छुकहरुबाट समेत आर्थिक, भौतिक तथा नैतिक सहयोग उपलब्ध भइरहेको क्लवले जनाएको छ।

आज प्रतियोगिताको तेश्रो दिन दुई खेल हुने आयोजकले जनाएको छ। आज चाँदनी युवा क्लव र रानी वगिया एफ.सी. साथै बुद्धभूमी एकेडेमी र सुनौलो संगम एफ.सी. बिच प्रतिस्पर्धा हुने क्लवका चिव तथा खेल संयोजक दृष्टि रानाले जानकारी दिनु भएको छ। खेल आज दिउँस १ बजे देखि रुद्रपुर माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।