२१ पुस, कञ्चन
रुपन्देहीको कञ्चनमा पुस २३ गते देखि फेरी अर्को फुटवल प्रतियोगिता शुरु हुने भएको छ। रुद्रपुर युवा क्लव, कञ्चन ४ रुपन्देहीको आठौं बार्षिक उत्सवको अवसरमा परिवर्तनका लागि नयाँ पिंढी भन्ने नारा सहित चौथो संस्करणको फुटवल प्रतियोगिता हुने भएको हो।
रुद्रपुर माध्यमिक विद्यालयको खेल मैदानमा हुने उक्त प्रतियोगिताका विजेता टिमले नगद १,३१,१११ रुपैया सहित शिल्ड, ट्रफी र प्रमाण पत्र पाउने छन भने उपविजेता टिमले नगद ६५,५५५ रुपैयम सहित शिल्ड, ट्रफी र प्रमाण पत्र पाउने क्लवका सचिव दृष्टि रानाले जानकारी दिनु भएके छ।

यसैगरी हरेक खेलमा म्यान अफ द म्याचको समेत व्यबस्था गरिएको उक्त प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र सर्वोकृष्ट खेलाडीको छनौट गरि नगद पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ। विधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई जनही १,५०० रुपैया र ट्रफी प्रदान गरिने क्लवका सचिव रानाले जानकारी दिनु भएके छ।
प्रतियोगितालाई सफल बनाउन कञ्चन ४ का दानवीर रुप बहादुर थापाले प्रतियोगिता प्रायोजन स्वरुप नगद १,३१,१११ रुपैया आर्थिक सहयोग समेत गर्नु भएको क्लवका सचिव रानाले जानकारी दिनु भएके छ। यस्तै क्लवका शुभेच्छुकहरुबाट समेत आर्थिक, भौतिक तथा नैतिक सहयोग उपलब्ध भइरहेको क्लवले जनाएको छ।

सामाजिक, आर्थिक तथा शिक्षा लगायत क्षेत्रमा विभिन्न कृयाकलाप सञ्चालन गर्दै आइरहेको रुद्रपुर युवा क्लवले विगत ५ बर्ष देखि कञ्चनको प्रतिष्ठित प्रतियोगिताको रुपमा फुटवल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ। क्लवले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १ महिना अगाडी रुद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र झोला प्रदान गरेको थियो।
क्लवले प्रतियोगितालाई भव्य र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न एक महिना अगाडीबाटै खेल मैदान मर्मत र सरसफाईलाई तिव्रता समेत दिइरहेको छ। साथै प्रतियोगितालाई सफल बनाउन क्लवका शुभेच्छुक, ंसंघ संस्थालगायतहरुमा आर्थिक, भौतिक तथा नैतिक सहयोग, सहकार्य, समन्वय र सहकार्यको समेत अपेक्षा गरिरहेको क्लवका अध्यक्ष लाल बहादुर थापा (अर्जुन)ले जानकारी दिनु भएको छ।