१८ पुस, लुम्बिनी/दिनेश प्रसाद लोध
भगवान गौतम बुद्ध जन्म स्थल लुम्बिनीमा थारु आदिवासी युवा संघले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवार बाजारमा यही माघ ३ गते छैठो माघी खिचडी महोत्सवको तयारीबारे जानकारी गराउन आज पत्रकार सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा संघका अध्यक्ष सुनिल थारु चौधरीले माघी पर्व थारु समुदायको पहिचान, संस्कृति र भेषा भुषा सामाजिक एकताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको बताए।
थारु चौधरीले माघी पर्व नयाँ वर्षको सुरुवात मात्र नभई आत्मसम्मान, श्रमको सम्मान र समुदायभित्र आपसी मेलमिलापको प्रतीक भएको बताए। महोत्सवमा परम्परागत थारु खिचडी, मौलिक खानाका परिकार, सांस्कृतिक नाचगान, भेषभूषा प्रदर्शन तथा स्थानीय कला संस्कृतिको प्रस्तुति रहने जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा सघंका उपाध्यक्ष मिरा देबी चौधरीले बोल्दै छैठो माघी खिचडी महोत्सवको थारु समुदायको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धन गर्नुका साथै युवालाई आफ्नो पहिचानप्रति गर्व गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। साथै, सबै जाति–समुदायलाई महोत्सवमा सहभागी भई थारु संस्कृतिको स्वाद र आत्मीयता अनुभूति गर्न अनुरोध गरिन् ।
छैठोमाघी खिचडी महोत्सवमा मुख्य आर्कषकहरुः खानाका परिकारहरु ढिक्री, घोंगी ९घोंघ माछाका परिकार लोकल कुखुराको मासु, तरकारीका परिकार, अचार ,चटनी, दही,सांस्कृतिक नाचगानमा, झुमरा नाच गान, बिरहा, मयुर नाच, लाठी नाच, बैण्ड बाजा ढोल, झ्याली, नगडा, बाँसुरी, डान्स र साथ साथै भेषा भूषामा झुम्का, बुलाकी, हातमा चुरा, कम्मरमा पेटी, फरिया, चोली, ओढ्नी, कडा पछेडा, हसुलीहरु प्रदर्शन रहने छ ।
माघी खिचडी महोत्सव सामाजिक सद्भाव, सांस्कृतिक आदान–प्रदान र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।