१३ पुस, कञ्चन
रुपन्देहीको कञ्चनमा पुस ९ गतेदेखि सञ्चालन भएको कञ्चन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियेगितामा १७ स्वर्ण ११ रजत र १३ कस्य पदकसहित प्रगती माध्यमिक विद्यालय लगातार तेस्रो पटक कञ्चन प्रथम हुदै ह्याट्रिक गर्न सफल भएको छ।
यस्तै कञ्चनका सामुदायिक र संस्थागत गरी ३० विद्यालयका करिब १२ सय विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा १० स्वर्ण ७ रजत ८ काश्य पदक सहित बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुल द्वितीय भएको छ भने ७ स्वर्ण, ६ रजत र ५ काश्य पदक सहित रुद्रपुर माध्यमिक विद्यालय तेश्रो भएको छ।
पुस ९ गते देखि १२ गतेसम्म सञ्चालित कञ्चन गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। रुद्रपुर माध्यमिक विद्यालय, कञ्चन ४ अस्नैया रुपन्देहीको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा आधारभूत तर्फ बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुल र ईभरग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुल प्रथम भएका छन।
पालिकाका विद्यार्थीहरूको खेलकुद प्रतिभा उजागर गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त प्रतियोगितामा बुद्धदीप र ईभरग्रिनले २ स्वर्ण र १ कास्य पदक प्राप्त गर्दै संयुक्त रूपमा प्रथम भएका हुन।
त्यसैगरी गौतम बुद्ध आधारभूत विद्यालय, कञ्चन २ मटेरिया ले १ स्वर्ण, १ रजत र १ कास्य पदक सहित द्वितीय स्थान हासिल गरेको छ भने १ स्वर्ण र १ रजत पदक सहित भैसाही माध्यमिक विद्यालय तृतीय भएको छ।
प्रतियोगिताको समापन कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, शिक्षा शाखा प्रमुख रमेश भुसाल, विद्यालयका प्रधानाध्यापक, शिक्षकलगायत विद्यार्थीहरूको सहभागीता रहेको थियो।
प्रतियोगिताको समापन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने सम्पूर्ण शिक्षक, विद्यार्थी, निर्णायक अभिभावक तथा पालिकाका कर्मचारी र रुद्रपुर माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। छनौट प्रतियोगिताबाट छनौट भएका विद्यार्थीहरुले जिल्ला, प्रदेश र राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत उत्कृष्ट खेल प्रदर्शन गरी कञ्चनको गरिमा बढाउनेमा विश्वास व्यक्त गर्नु भएको छ।
आधारभूत तह र माध्यमिक तह गरी दुई तहमा सञ्चालन गरिने उक्त प्रतियोगिताको आधारभूत तह अन्तर्गत १०० र ४०० सय मिटर दौड तथा १×१०० मिटर रिले दौड र लङ्गजम्प विधामा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
यस्तै माध्यमिक तहतर्फ भने १००, २००, ४००, ८००, १५००, र ३००० मिटर दौड तथा १×१००, ४×१००, मिटर रिले दौड र लङ्गजम्प, हाईजम्प, ट्रिपलजम्प, ज्ययाभलिन थ्रो, शटपूट, भलिवल र कवड्डीमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए।यसैगरी मार्शल आर्ट तर्फ तेक्वान्दो र कराँते अन्तर्गत विभिन्न तौल समूह बिच विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए। सबै विधामा छात्र छात्राहरुले प्रतिस्पर्धा गर्ने उक्त छनौट प्रतियोगिता पुस १२ गतेसम्म सञ्चालन हुने कञ्चन गाउँपालिकाकाको शिक्षा शाखाद्वारा प्रतियोगितामा छैठौं राष्ट्पति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता देखि मार्शल आर्टतर्फ कराँते र तेक्वाण्डो समावेश गरिएको हो ।
प्रतियोगिताको समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख रमेश भूसालले प्रतियोगितालाई विगतमा भन्दा भव्य सभ्य, अनुशासित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अतुलनीय भूमिका खेल्ने विद्यार्थी, शिक्षक, निर्णायक, प्रशिक्षक अभिभावक, कर्मचारी, सुरक्षाकर्मी, शुभेच्छुक लगायत सरोकारवालाहरुलाई धन्यवाद दिनु भएको छ। साथै भूसालले प्रतियोगिताहरुबाट छनौट भएका खेलाडीहरुलाई शुभकामना दिदै जिल्ला, प्रदेश र राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्नेमा विश्वास व्यक्त गर्नु भएको छ।
माध्यमिक तहतर्फ विद्यालयहरुले प्राप्त गरेको पदक विवरण

आधारभूत तहतर्फ विद्यालयहरुले प्राप्त गरेको पदक विवरण
