२४ फागुन,कञ्चन
जनआस्था पृथ्वी क्लव,कञ्चन ४ को आयोजनामा सोमबार देखि चौथो रबि-किरण स्मृति खुल्ला भलिवल प्रतियोगिताको कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले उद्धघाटन गर्नु भएको छ। हरेक बर्ष महा शिवरात्रीको अवसरमा अयोजना हुने रबि-किरण स्मृति भलिवल प्रतियोगिता चौथो संस्करणमा बिभिन्न जिल्लाका २१ भलिवल क्लवहरुले सहभागिता जनाएका छन।
भलिबल प्रतियोगिताको उद्धघाटन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले युवाहरुको खेलकुद प्रतिको रुचिलाई कञ्चनको बिकाससंग जोड्न कञ्चनका बिभिन्न स्थानहरुमा बिभिन्न खेलका खेलमैदान बनाउने गाउपालिकाको रहेको बताउनु भयो । युवाहरु बिकासको साझेदार बन्न सकेमात्र समृद्ध कञ्ञ्चन सुखी कञ्चनवासीको अवधारण पुरा हुदै जाने र युवाहरुलाई खेलकुद संगसंगै कञ्चनको पुर्वाधार विकासमा संलग्न हुन सके युवाहरु स्वरोजगार र आत्मनिर्भर बन्न सक्ने बताउनु भएको छ।
यस्तै नेपाली कांग्रेसका जिल्ला सदस्य देबिराम रेग्मीले गाउपालिकाले कञ्चनका हरेक योजना र बिकासमा संलग्न गराउदै जानु पर्ने र युवाहरुलाई कञ्चनको बिकासमा सहभागिता जनाउन खेलकुदमा बिकास जोड्नु पर्ने उल्लेख गर्नु भएको छ।
इभालुएसन क्लव अफ तामनगर र लाली गुरांस युवा क्लव बिच भएको उद्धघाटन खेलमा इभालुएसन कलव अफ तामनगरले लाली गुरांस युवा क्लव २-०को सोझो सेटले पराजित गरी दोश्रो राउण्डमा प्रबेश गरेको छ भने रिभरसाइड युवा क्लव,कञ्चन ४ र प्रगतीशिल युवा क्लव पाल्पा बिच भएको दोश्रो खेलमा प्रगतीशिल युवा क्लव पाल्पाले रिभरसाइड युवा क्लव,कञ्चन ४लाई २-०को सोझो सेटमा पराजित गरी दोश्रो चरणमा प्रबेश गरेको जनआस्था पृथ्वी क्लवका सचिव हिमाल थापाले जानकारी दिनु भएको छ।
यस्तै सोमवार नै सुजनशिल युवा क्लव कञ्चन ४ र शुभकामना युवा क्लव पश्चिम पाल्पा बिच भएको तेश्रो खेलमा शुभकामना युवा क्लव पश्चिम पाल्पालाई ुजनशिल युवा क्लव कञ्चन ४ले २-१सेटले पराजित गरी दोश्रो चरणमा प्रबेश गरेको छ ।
रबि किरण स्मृति भलिबल प्रतियोगितामा बिजेता टिमले ३० हजार नगद सहित मेडल र कप पाउने छन भने उपबिजेता टिमले नगद २० हजार रुपैया सहित मेडल र कप प्राप्त गर्ने क्लवका सचिव हिमाल थापाले जानकारी दिनु भएको छ। गाउपािलका तथा नगरपालिका स्तरिय भलिवल प्रतियोगिता संचालन गर्ने भनिएको भएपनि प्रतिस्पर्धी टिमहरुको सहभागिता कम भएपछि खुल्ला प्रतियोगिता संचालन गरिएको क्लवका राजन गिरीले जानकारी दिनु भएको छ।
फागुन २७ गते सम्म संचालन हुने प्रतियोगितामा मानपकडी स्पोर्टस क्लव,शुद्धोधन,इभालुएसन क्लव अफ तामनगर,लाली गुरांस युवा कलव,कञ्चन-३,सुजनशिल युवा क्लव,कञ्चन-४, शुभकामना युवा क्लव पश्चिम पाल्पा,मुर्गिया स्पोर्टस सैनामैना,ब्रेभ गोर्खा,बुटवल,चेतनशिल युवा क्लव कञ्चन-४,लाफा समूह,बुटवल,सूर्यमुखी युवा कलव कञ्चन,रिभरसाईड युवा क्लव,कञ्चन-४,प्रगतीशिल युवा क्लव,पाल्पा,बाणगंगा स्पोर्टस क्लव,कपिलबस्तु,रम्भ देबी युवा क्लव,पाल्पा,हिमालयन युवा क्लव,बेलवास,न्यू रुद्रपुर सुनचांदी पसल,कञ्चन,मणिमुकुण्ड भलिवल क्लव,तिलोत्तमा,जनआस्था पृथ्वी क्लव,कञ्चन-४ गरी २१ टिमले सहभागिता जनाएका छन।
यस्तै प्रतियोगितामा तेश्रो स्थान हासिल गर्ने टिमले १० हजार रुपैया र मेडल पाउने छ भने खेल अवधीभर उत्कृष्ट खेल पर्दशन गर्ने सर्बोकृष्ट खेलाडीले २ हजार ५ सय रुपैया र उत्कृष्ट स्पाइकर,सेटर,सर्बर र डिफेण्डरले जनही १ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ।
क्लवका अध्यक्ष उदय आले मगरको अध्यक्षतामा शुभारम्भ भएको भलिवल प्रतियोगिताको औपचारिक कार्यक्रमको संचालन क्लवका सचिव हिमाल थापाले गर्नु भएको थियो भने प्रेम सिंह रानाले स्वागत गर्नु भएको थियो । कार्यक्रम शिवालय मन्दिर परिसरमा भइरहेको छ भने २७ गते महा शिवरात्रीको दिन बिशेष सांगेतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।