९ असोज, कञ्चन
रुपन्देहीको कञ्चनमा नजिकैदै गरेको विभिन्न चार्ड पर्वहरुमा हुन सक्ने चोरी, डकैती, तथा लुटपात र हुल हुज्जतका कारण उत्पन्न हुने पारिवारिक तथा सामाजिक समस्याहरु आउने नदिन कञ्चनमा कृयाशिल राजनैतिक दल, आमा समूह, क्लव तथा सरोकारवालाहरु बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

जनप्रतिनीधि र प्रहरी प्रशासनका प्रतिनीधिहरुको समेत उपस्थिति भएको उक्त अन्तरकृयामा ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिस खडकाले चार्ड पर्वको बेला सबै पक्षबाट व्यक्तिगत तथा सामुहिक सतर्कता अपनाएर गाउ घरमा हुन सक्ने चोरी तथा कृयाकलापहरुको नियन्त्रण हुने बताउनु भयो। घर बाहिर निस्कदा होस या घरमै बस्दा समेत घरको सुरक्षा र अमूल्य गर गहना र धन पैसाको सुरक्षामा ध्यान दिन आग्रह गर्दै प्रहरी निरीक्षक खडकाले गाउँघरमा कुनै अपरिचित तथा शंकाश्पद व्यक्तीहरुको नियमित आउ जाउ बढेको शंका लागेमा यथासक्य नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गर्नु भयो।
यस्तै प्रहरी निरीक्षक खडकाले मादक पदार्थ तथा लागु औषध सेवन गरी हो हल्ला गर्ने कुनै पनि व्यक्ती वा समूहलाई समयमै नियन्त्रण गर्न प्रहरीलाई जानकारी दिनु पर्ने र कहि कतै जाँदा अमूल्य गरगहना लगाएर नहिड्न महिला दिदि बहिनीहरुलाई सुझाव दिनु पर्नेमा जोड दिनु भयो।

कार्यक्रममा हरिनारयण थारु, टेक बहदुर गुरुङ्ग, चित्रलाल तुलाचन, लेखनाथ पौडेल, केजी कुमार पौडेल, लिलाराम खनाल, चुडामणी पौडेल, उमा गौतम, शिवकला खनाल, ध्रुवराज सुनार, प्रजापति सापकोटा, विनोद कुमार पुन, दुर्गा बहादुर थापा, मनिराम सापकोटा, देवीराम रेग्मी, शान्ता क्षेत्री, लगायतले कञ्चनमा व्याप्त लागु औषध दुर्व्यसनीको नियन्त्रण, चोरी, हुलहुज्जत, गैर कानुनी क्रियाकलाप, मादक पदार्थको सेवनबबाट हुने हो हल्ला जस्ता अपराधिक क्रियाकलापहरुको नियन्त्रणका लागि विगतमा जस्तै अझ प्रभावकारी रुपमा प्रहरी प्रशासनबाट नियमित सुरक्षा गस्तीलाई निरन्तरता दिन सुझाव दिएका थिए।

यस्तै कार्यक्रममा सहभागीहरुले प्रतिभा खोजीको नाममा आयोजकहरुबाट विद्यार्थी तथा बाल बालिकाहरुलाई टिकट लगाउने, विभिन्न स्थानीय तहको लेटर प्याडमा विभिन्न रोगी तथा पिडितको बहानामा गाउँ गाउँमा आर्थिक सहयोग उठाउने, मापदण्ड विपरित सञ्चालन भएका सुधार गृह र ती सुधार गृहहरुबाट भइरहेको अबैध कृयाकलापहरुको पनि पालिकाले अनुगमन गरी ती सस्थाहरुको नियमन गर्नु पर्ने सुझाव राख्दै दशैको बेला विभिन्न स्थानहरुमा दुर्गा पूजाको नाममा भइरहेको ध्वनी प्रदुषणको समेत नियमन गर्न सुरक्षा प्रशासन समक्षा आग्रह गरेका छन।
कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले चार्ड पर्व लक्षित अवैध तथा अपराधिक क्रियाकलाप, हो हल्ला र चोरी चाकरी बढ्ने भएकोले समुदायका हरेक पक्ष चनाखो र सर्तक भई सामाजिक तथा मानवीय क्षति हुनबाट जोगाउन तर्फ लाग्न सरोकार सबैलाई आग्रह गर्नु भयो। यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले विभिन्न होटल तथा रेष्टुरेन्ट र भट्टी पसलहरुमा मादक पदार्थ सेवन गरी राती अवेलासम्म हो हल्ला गर्ने र पछि तिनै व्यक्तीहरु घरमा चोरी गर्ने भएकोले सम्बन्धि व्यबसायीहरुलाई पनि व्यबसाय सञ्चालनको सिमा निर्धारण गर्नु पर्ने बताउनु भयो।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत माधवराज पोख्रेलले कञ्चन गाउँपालिकामा चार्डपर्वमा मात्र नभई हरेक समय शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै गाउँमा शान्ति सुरक्षा कायम राख्न स्थानीय सबै पक्षको नियमित सतर्कता र निगरानी आवस्यक रहेको बताउनु भयो।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन प्रमुख गिरीराज अर्यालले अन्तरक्रिया कार्यक्रमको सहजिकरण गर्नु भएको थियो।