३ असोज, कञ्चन
रुपन्देहीको कञ्चन गाउलिकामा पालिकामा क्रियाशिल राजनैतिक दल, सरोकारवाला, बुद्धिजिवी, जनप्रतिनीधि लगायतको सर्बपक्षिय बैठक असोज २ गते विहिवार बसेको छ। बैठकमा सहभागीहरुले भदौ २३ र २४ गते जिएन जेडको आव्हानमा सामाजिक सञ्जाल बन्द, भ्रष्टचार विरुद्ध र पार्दशिताको माग गर्दै भएको आन्दोलनका कारण उत्पन्न विषयम परिस्थिति बारेमा समिक्षात्मक छलफल सहित जिएन जेडको आवरणमा भएको अराजक गतिविधि विरुद्ध उक्त कार्यमा संलग्न व्यक्ती तथा समूहको पहिचान र आधार प्रमाणको आधारमा सख्त कार्वाही गर्नुपर्नेमा एक्यवद्धता व्यक्त गरेका छन।
बैठकमा भदौ २३ र २४ गते जिएन जेडको आव्हानमा भ्रष्टाचार मुक्त शासन, जवाफदेहिता र नातावाद तथा सामाजिक सञ्जाल बन्दको विरुद्ध, भ्रष्ट्राचारको विरुद्धमा पारदर्शिताको माग गर्दै भएको आन्दोलनका क्रममा जीवन गुमाएका सम्पुर्ण शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। आन्दोलनको क्रममा देशका विभिन्न स्थान सहित कञ्चन गाउँपालिकामा समेत विभिन्न दुषित मनोवृत्ति भएका व्यक्ति र समुहबाट घुसपैठ गरी भएको हिंसात्मक घटना प्रति खेद प्रकट गर्दै आन्दोलनका कारण उत्पन्न परिस्थिति र त्यसबाट उत्पन्न भएका चुनौतीहरुको सन्दर्भमा कञ्चन गाउँपालिका अध्यक्ष श्री नवराज ढकाल, गाउँपालिकाका निवर्तमान अध्यक्ष श्री गोकर्ण बहादुर क्षेत्री, गाउँपालिका उपाध्यक्ष श्री मौसमी थापा मगर, वडा अध्यक्ष श्री टेक बहादुर गुरुङ, प्रवक्ता श्री चित्रलाल तुलाचन, श्री बासुदेव दिन पौडेल, श्री दिनानाथ आचार्य, श्री लक्ष्मी पौडेल, श्री पुष्पराज शर्मा, श्री लिलाराम खनाल, श्री प्रजापति सापकोटा, श्री चित्र बहादुर क्षेत्री, श्री भैर बहादुर थापा, कार्यपालिका सदस्यहरु श्री कुमारी घर्ती, श्री खगिश्वरा शर्मा, श्री रञ्जना थारु, श्री शुसिला थापा मगर, शिक्षा समितिका सदस्य लेखनाथ पौडेल, हिरा बहादुर रोका, श्री हस्त बहादुर सावँर, श्री उमानन्द न्यौपाने, श्री विनोद कुमार पुन, श्री देविराम रेग्मी, श्री दुर्गा बहादुर थापा, श्री प्रेमचन्द्र पोख्रेल, श्री बालकृष्ण सापकोटा, श्री लक्ष्मीकान्त पौडेल, श्री मनिराम सापकोटा लगायतले पालिका भित्रको सार्वजनिक तथा निजी भौतिक सम्पत्तीमाथी भएको क्षतिको घोर विरोध गर्ने र उक्त कार्यमा संलग्न जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कानूनी कारबाहीका लागि सम्वन्धित निकायलाई अनुरोध गर्ने धारणा व्यक्त गरेका थिए।
बैठक पछि सार्वजनिक गरिएको विज्ञप्तीमा एक्यबद्धता जनाउदै सहभागीहरुले देशमा वर्षौंदेखि मौलाउँदै गएको भ्रष्टाचार, अपारदर्शिता, पदको दुरुपयोग र नातावादजस्ता समस्याहरूले राज्य संयन्त्रमा आम नागरिकको विश्वास खस्कँदो अवस्थामा पुगेको र यस्ता गम्भीर मुद्दाहरूबारे जनमानसको आवाज बुलन्द पारिनु स्वाभाविक हो, र लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण आन्दोलन नागरिकको अधिकार हो भन्नेमा स्पष्ट रहेको उल्लेख गरेका छन।
उक्त विज्ञप्तीमा "भदौ २४ गते काठमाण्डौ लगायत देशका विभिन्न स्थानहरू सहित कञ्चन गाउँपालिका अन्तर्गतका सार्वजनिक स्थानहरू, प्रशासनिक, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा अराजक व्यवहारप्रति हामी गम्भीर चिन्ता र स्पष्ट असहमति व्यक्त गर्दछौं" भनिएको छ। यसैगरी यस्ता कार्यहरू शान्तिपूर्ण आन्दोलनको मर्यादा र नैतिकतासँग मेल नखाएको र यसले आन्दोलनका मूल उद्देश्यहरूलाई नै कमजोर तुल्याउने खतरा रहने उल्लेख गर्दै आन्दोलनमा संलग्न सम्पूर्ण पक्षहरूलाई संयमित, अहिंसात्मक र मर्यादित तरिकाले अघि बढ्न आग्रह सहित सार्वजनिक तथा निजी सम्पत्तिहरुमा भएको तोडफोड, आगजनीमा संलग्न अपराधिक प्रवृतिका मानिसहरुलाई तत्काल कानूनी दायरामा ल्याई कानून बमोजिम कारबाहीका लागि सम्वन्धित निकायलाई अनुरोध गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ।यसैगरी सबै नागरिक, आन्दोलनकर्ता, सुरक्षाकर्मी, सञ्चार माध्यम तथा सरोकारवाला पक्षहरूलाई संयमता, धैर्यता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै राष्ट्रहितमा जिम्मेवार भूमिका निर्वाह गर्न कञ्चन गाउँपालिकामा क्रियाशिल राजनैतिक दलबुद्धिजिविसमाजसेवी सञ्चारकर्मीहरुको तर्फबाट हार्दिक अपिल गर्दछौं। विज्ञप्तीमा भनिएको छ।
बैठक कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको थियो।
विज्ञप्तीको पूर्ण पाठ
