
२२ साउन, बुटवल
नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद रुपन्देहीको आयोजनामा बुटवलमा वत्तृत्वकला प्रतियोगिता बुधवार सम्पन्न भएको छ। ३१ औं विश्व आदीवासी दिवसको सन्दर्भमा संविधान नियम र ऐनमा हामी आदीवासी जनजाती बिषयक वत्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो।
प्रतियोगितामा लक्की पुन मगर प्रथम भएका छन भने श्रद्धा राना द्वितीय भएका छन। यस्तै जेनिसा सोती मगर तृतीय भएका छन। प्रतियोगितामा प्रकृया गुरुङ्ग र पुर्णिमा छन्त्याल सान्त्वना भएका छन।
प्रतियोगितामा सहभागी आदीवासी अगुवाहरुलाई सम्बोधन गर्दै बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आदीवासी जनजातीहरुको सन्दर्भम मौजुदा संविधान, ऐन, कानुनको कार्यान्वयन कति भएको छ या छैन भन्ने कुराको आदीवासी अगुवाहरुबाटै अनुगमन हुनुपर्नेमा जोड दिनु भएको छ। कार्यान्वयन निकायमा भएका व्यक्ती, समूह र समुदायबाट संविधानको अक्षरसः पालना र कार्यान्वयनको पक्षमा के कसरी पैरवी र वकालत गरेको छ या छैन भन्नेबारे निगरानी गरेर नियमित रुपमा सुझाव र सल्लाह दिनुपर्ने र तथ्यांकगत रुपमा त्यसको प्रतिवेदन समेत प्रकाशन गर्न सके आदीवासी जनजातीको अवस्थाबारे जानकारी हुने प्रमुख पाण्डेले बताउनु भयो।
यसैगरी ओमसतिया गाउापालिकाका उपाध्यक्ष सुनिता चौधरीले आदीवासी जनजातीहरुको अधिकार सुनिश्चित्ताका लागि शिक्षा र राजनैतिक रुपमा समेत सचेत हुन आवस्यक रहेको बिचार व्यक्त गर्नुभयो। यस्तै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले राज्यको विभिन्न निकायहरुमा जनजातीहरुको उपस्थितिलाई बलियो बनाउन राजनैतिक, शैक्षिक, सामाजिक र सांस्कतिक रुपमा सचेत गराउन अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो।
यसैगरी नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दल बहादुर विरकट्टा मगरले आदीवासी जनजातीहरुको हक अधिकारका लागि आजसम्म भएका आन्दोलन, संघर्ष र बलिदानीहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गरेर संस्थागत गर्नु पर्नेमा जोड दिनु भयो। यस्तै नेपाल आदाीवासी जनजाती महासंघ समन्वय परिषद रुपन्देहीका निवर्तमान अध्यक्ष तथा सल्वाहकार शंकर गाहाले आदीवासी जनजातीहरुको उपस्थिति संख्यामा भन्दा गुणमा आधारित बनाउन सकियो भने आदीवासी जनजातीहरुको हक अधिकारलाई अझ बुलन्द गराउन सकिने बताउनु भयो। संख्या मुख्य आधार भएपनि संख्यालाई निेर्देशित र नेतृत्व गर्ने बौद्धिक र राजनैतिक र सामाजिक रुपमा सचेत व्यक्तीहरुबाट हुने कुरा उल्लेख गर्दै गाहाले अव विद्यालय तथा विश्व विद्यालयतहमा आदीवासीका बिषयमा गोष्ठि र सेमिनार संचालन गरेर आन्दोलनको स्वरुपमा परिवर्तन गर्न आवस्यक भएको बताउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद रुपन्देृहीका अध्यक्ष चित्र तुलाचनले राज्यको विभिन्न निकायमा आदीवासी जनजातीहरुको पहुँच बढाउन शिक्षा संगसंगै राजनैतिक चेतको समेत बिकास गर्न आवस्यक रहेको उल्लेख गर्नुभयो। जवसम्म राजनैतिक चेत हुनसक्दैन तवसम्म अधिकारको जति व्याख्या गरेपनि अधिकार उपयोग र पहुँच शुन्य हुने बताउनु बिचार व्यक्त गर्नुभयो
कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ तिलोत्तमा नगर समन्वय परिषदका अध्यक्ष गंगाकुमारी छन्त्याल, नेपाल आदीवासी जनजाती महासंघ देवदह नगर समन्वय परिषदका अध्यक्ष मिना श्रेष्ठ नेवा पुचः रुपन्देहीका सचिव लक्ष्मी श्रेष्ठ, नेपाल आदीवासी जनजाती महासंघ सैनामैना नगर समन्वय परिषदका अध्यक्ष रामकृपाल चौधरी, राष्ट्रि आदीवासी जनजाती महिला महासंघ बुटवलका अध्यक्ष धनि दर्लामी, राष्ट्रिय आदीवासी जनजाती युवासंघका केन्द्रिय सदस्य तथा किराँत राई समाजका रुपन्देही प्रतिनीधि सुम्निमा राई, छन्त्याल समाजमा भरत छन्त्याल, नेपाल मगर संघ रुपन्देहीका उपाध्यक्ष टेक बहादुर रेश्मी, तुम ह्यूल छोंज धी राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष राम बहादुर गुरुङ्ग लगायतले आदीवसाी जनजातीहरुको हक अधिकारका लागि राजनैतिक पहुँचमा समेत जोड दिएका थिए।
कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ईन्द्र बहादुर राईले कार्यक्रमको औचित्य र आवस्यकताबारे उल्लोख गर्नु भएको थियो भने शिवप्रसाद शेरचनको संयोजकत्वमा धन बहादुर राना र सुन्दर गुरुङ्ग सदस्य रहेको निर्णायक मण्डलले प्रतियोगिता मापन गरेका थिए।
बुटवलको सभाहलमा भएको प्रतियोगितामा सृजना राई, रिया राई, पुर्णिमा छन्त्याल, प्रकृया गुरुङ्ग, जेनिसा सोती मगर, रीना छन्त्याल, सृष्टि थापा मगर, अंशु गुरुङ्ग, लक्की पुन मगर, श्रद्धा राना, आयुष्मा श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए।
कार्यक्रम सचिव प्रेम कनौजे मगरले संचालन गर्नु भएको थियो।