२० साउन, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले एस ई ई परीक्षा र आधारभूत तह परीक्षा उत्तिर्ण उत्कृष्ट बिद्यार्थी तथा शिक्षक र विद्यालयलाई सम्मान गरेको छ। श्री प्रगती नमुना माध्यमिक विद्यालयमा भएको कार्यक्रममा पालिकाले विद्यार्थी, शिक्षक तथा विद्यालयलाई समेत सम्मान गरेको हो।

कार्यक्रममा सहभागी विद्यार्थी र शिक्षकहरुलाई सम्मान गर्दै उपाध्यक्ष मौसमी थापा मगरले शिक्षा समाजको तेश्रो आँखा भएको र तेश्रो आँखाले समाजलाई बुद्धिजीवीकरण बनाउन सहयोग गर्ने बताउनु भयो। समाजको तेश्रो आँखाको रुपपमा रहेको शिक्षाले पालिकाको साक्षर बृद्धिलाई अझ बलियो बनाउदै लैजाने र कञ्चन शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रुपमा सचेत भएको प्रमाणित गर्दै लैजाने उपाध्यक्ष थापा मगरले बताउनु भयो। विद्यालय शिक्षालाई अझ प्रभावकारी र सृजनशिल बनाउनमा उत्प्रेरणा र प्रोत्साहन दिन सम्मान कार्यक्रम सार्थक बन्नेमा पनि उपाध्यक्ष थापा मगरले बिश्वास व्यक्त गर्नुभयो।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत माधवराज पोख्रेलले हरेक बर्ष कञ्चनको शैक्षिक स्तरमा सुधारिदै गएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो। शिक्षाले समाजको चेतनास्तर बढाउदै लैजाने र चेतनशिल समाजले समृद्ध समाज र पालिका बनाउनमा महत्वपुर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताउनु भयो।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष हरिनारयण थारुले कञ्चनको शिक्षालाई व्यबसायिक र सिपमुलक बनाई आत्मनिर्भरतामा आधारित बनाउन आवस्यक रहेको उल्लेख गर्नुभयो। अव कितावी ज्ञान संगसंगै व्यबहारिक र व्यबसायिक शिक्षाले मात्र विद्यार्थी र अभिभावकलाई आत्मनिर्भर बनाउने र युवाहरु बिदेश पलायन हुनबाट जोगाउन सहयोग गर्ने बताउदै वडा अध्यक्ष थारुले कञ्चनको शिक्षालाई अझ प्रतिस्पर्धी बनाउन सम्मान कार्यक्रमले थप हौसला र प्रतिस्पर्धी भावनाको बिकास गर्ने पनि विश्वास व्यक्त गर्नुभयो।

कञ्चन गाउँपालिकाका शिक्षा अधिकृत रमेश भूसालले कार्यक्रममा स्वागत गर्दै बार्षिक परीक्षाको नतीजाको आधारमा हरेक बर्ष कञ्चनको विद्यालय शिक्षा प्रगति र सुधारन्मुख हुदै गएको बताउनु भयो। अव संस्थागत विद्यालयमात्र होइन सामुदायिक विद्यालयहरु प्रति शैक्षिक रुपमा अव्वल हुदै गइरहेको उल्लेख गर्दै शिक्षा अधिकृत भूसालले जनज्योति माध्यमिक विद्यालयले एस ई ई परीक्षामा सहभागी भएको दुई शैक्षिक सत्रमै उत्कृष्ट नतीजा ल्याएर पालिकालाई गर्वान्वित बनाएको बताउनु भयो।

कार्यक्रममा प्रगती नमुना माध्ययमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चुडामणी पौडेलले विद्यालयले एस ई ई परीक्षा र आधारभूत तहको परीक्षामा उत्कृष्ट गर्ने विद्यार्थी र शिक्षकलाई गरेको सम्मानले विद्यालय र शिक्षकलाई समेत थप जिम्मेवार बनाउदै अझ राम्रो गर्ने उत्प्रेरणा प्रदान गर्ने बताउनु भयो। यसैगरी प्रधानाध्यापक गाणेश पौडेलले पािलकाबाट भएको सम्मान कायर्यक्रमले विद्यालयको शैक्षणिक कृयाकलापलाई प्रभावकारी र सृजनशिल बनाउदै शिक्षामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो। यसैगरी पालिकाबाट भएको सम्मान कार्यक्रमले राम्रो र मेहनत गर्ने विद्यार्थी र शिक्षक अनि विद्यालयको उचित मुल्यांकन र शिक्षणमा थप प्रोत्साहन मिलेको प्रधानाध्यापक पौडेलले बताउनु भयो।

कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखाका गंगा पौडेलले संचालन गर्नु भएको थियो।