१६ साउन, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा पालिकाको भूमि सम्बन्धी समस्या समाधानका लागि बिहिवार सर्वदलीय बैठक सम्पन्न भएको छ। पालिका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको बैठकमा उपस्थित कञ्चनमा कृयाशिल राजनैतिक दलका प्रतिनीधिहरुले कञ्चनको भूमिहिन सुकुमवासी, भूमिहिन दलित तथा अव्यबस्थित बसोबासीहरुलाई यथासक्य जग्गाधनी पूर्जा प्रदान गर्ने कार्यका लागि आउन सक्ने विभिन्न समस्या र चुनौतीलाई एकसाथ समाधान गर्नमा एक्यबद्धता जनाएका छन।
बैठकमा गाउँपालिकाअध्यक्ष श्री नवराज ढकालले कञ्चन गाउँपालिका वडा नं. ५ को ४४३ परिवारलाई वितरण गरिएको अव्यवस्थित बसोबासीहरुको जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यमा भएको प्रगति विवरण र त्यसकममा आइपरेका समस्या तथा चुनौती सम्बन्धमा जानकारी गराउदै भूमि समस्या समाधान आयोग जिल्ला समिति, रुपन्देही, नापी कार्यालय, मालपोत कार्यालयसँग भएको समन्वय र सहकार्य तथा सहजिकरणका विषयमा जानकारी गराउनु भएको थियो । अध्यक्ष ढकालले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुको जग्गाधनी पुर्जा वितरणको प्रकृयामा रहेका भिन्नता र समानता तथा भूमिहिन दलित, भूमिहिन सुकुम्बासीहरुको चाहना बमोजिम अव्यवस्थित बसोवासीमा स्थानान्तरणका लागि मौखिक रुपमा अनुरोध भई आएको र त्यसको सम्बन्धमा भएका कानूनी प्रकृया, त्यसका जटिलता तथा सामाधानका उपायहरु र त्यसका लागि अन्तर निकायसँगको आवद्धता र सहकार्यका विषयमा समेत बैठकमा जानकारी गराउनु भयो ।
यस्तै बैठकमा कञ्चन गाउँपालिका वडा नं. ५ का ४४३ परिवारलाई वितरण गरिएको अव्यवस्थित बसोबासीहरुको जग्गाधनी प्रमाण पुर्जाका सम्बन्धमा समाजमा रहेका भ्रम द्विविधाका सम्बन्धमा प्राप्त जानकारीलाई निराकरण गर्ने प्रयास समेत भइरहेको त्यसका लागि कञ्चनका विभिन्न राजनैतिक दल, टोल बिकास, सामाजिक अगुवा र सञ्चारकर्मीहरुबाट भएको सहकार्य र समन्वय प्रति ढकालले धन्यवाद व्यक्त गर्नु भयो ।

यसैगरी अध्यक्ष ढकालले २०३७ सालमा साविकको गजेडी गाउँ पञ्चायत हालको कञ्चन गाउँपालिका बड़ा नं. १ ५ मा भएको जग्गाको नापजाँच र विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धी कार्यविधि, २०८१ बमोजिम प्रकाशित सूचनाका सम्बन्धमा जानकारी गराउदै सर्वदलीय बैठकमा सहभागी राजनैतिक दलका प्रतिनीधिहरुबाट उठेका भूमि सम्बन्धी सवालहरुको पनि जवाफ दिनु भएको थियो।
बैठकमा कञ्चनको भूमिहिन सुकुमवासी, भूमिहिन दलित तथा अव्यबस्थित बसोबासीहरुलाई यथासक्य जग्गाधनी पूर्जा प्रदान गर्ने कार्यका लागि आउन सक्ने विभिन्न समस्या र चुनौतीलाई एकसाथ समाधान गर्नमा एक्यबद्धता जनाउदै ने.क.पा. एमाले प्रदेश कमिटी सदस्य भरतमणी सापकोटा, कान्तिकारी कम्युनिष्ट पार्टी नेपालका के.जी. कुमार पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ कमिटी उपाध्यक्ष किसन बहादुर ठकुरी, क्रान्तिकारी कम्युनिष्ट पार्टीका बालकृष्ण सापकोटा, राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल, ने.क.पा. माओवादी केन्द्र, गाउँ कमिटी पूर्व अध्यक्ष पुष्पराज शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्योति नारायण आचार्य, ने.क.पा.एमाले गाउँ कमिटी पूर्व सचिव लेखनाथ पौडेल, न.क.पा. माओबादी केन्द्र प्रदेश सचिवालय सदस्य हिरा बहादुर रोका, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कञ्चन अध्यक्ष चुडामणी पौडेल, कञ्चन खबर डटकमका जगीलाल थापा लगायतले कञ्चनको भूमि सम्बन्धी समस्या र त्यसमा देखा परेका अन्यौल तथा राजस्व भुक्तानीलाई सरलीकृत गर्न आवस्यक पहल गर्नका लागि अध्यक्ष ढकाल सुझाव दिएका थिए।