
३ असार, भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले साहित्यमार्फत युद्ध र साम्राज्यवादको विरोध गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभएको छ ।
अध्यक्ष रोहितद्वारा लिखित ‘जेलका चिठीहरू’को अङ्ग्रेजी अनुवाद लेखक, प्राध्यापक, शिक्षक तथा बौद्धिक क्षेत्रको उत्साहजनक सहभागिताबिच सार्वजनिकीकरण गर्दै उहाँले शुक्रबार साहित्य समाजको शक्तिशाली हतियार भएकोले यसमार्पmत समाजका खराबीविरुद्धको सङ्घर्षमा जनतालाई साथ दिन लेखक तथा साहित्यकारहरूलाई आग्रह गर्नुभयो । आपूmहरूले देश र जनताको सेवा गर्ने उद्देश्यले साहित्य रचना गरेको कुरा बताउँदै अध्यक्ष रोहितले नेपाली साहित्यमा त्याग, तपस्या तथा समर्पणबारे लेखिएका साहित्यको अभाव रहेकोले सो पूर्ति गर्न नयाँ पुस्ता लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनतालाई विचलित हुन नदिन र आन्दोलनलाई साथ दिन साहित्यले बाटो देखाउनुपर्छ; साहित्यले त्यसका लागि ऊर्जा दिनुपर्छ ।”
राजनीतिक कार्यकर्ताको जीवन सकसपूर्ण हुनसक्ने धारणा राख्दै उहाँले यस्ता कुराबाट विचलित नहुनेहरूले नै वास्तविक रूपमा देश र जनताको सेवा गर्नसक्ने बताउनुभयो ।
अमेरिकी साम्राज्यवादले अरु देशलाई एक आपसमा लडाएर हतियार बेच्ने काम गर्दै आएको चर्चा गर्दै साहित्यकारहरूलाई आफ्ना साहित्यमार्पmत यस्ता कुराको विरोध गर्न अध्यक्ष बिजुक्छेँले आग्रह गर्नुभयो ।
साहित्यको कुनै सीमा वा आफ्नो देश नहुने भएकोले संसारका मानिसको सेवा गर्न सक्ने साहित्य रचनामा लाग्न उहाँले नयाँ पुस्तालाई सल्लाह दिनुभयो । उहाँले स्वास्थ्यकर्मीहरूलाई डाक्टर नर्मन बेथून, चेग्वेभारा र कोटनिसजस्ता व्यक्तित्वको जीवनी अध्ययन गर्न आग्रह गर्दै रोगीलाई छोडेर नहिँड्ने स्वास्थ्यकर्मी नै जनताको स्वास्थ्यकर्मी हुने धारणा राख्नुभयो ।
वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले ५२ वर्षअगाडि देखेको भक्तपुर र आजको भक्तपुरमा आकाश जमिनको फरक रहेको तथा आजको भक्तपुर विश्वका जुनसुकै सुन्दर सहरसँग तुलना गर्न सकिने अवस्थामा पुगेको बताउँदै यो अवस्थामा ल्याउन नेतृत्व र जनताको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।
आपूm कम्युनिस्ट विचारको निकट नरहे पनि नारायणमान बिजुक्छेँको विचार र व्यवहारबाट निकै प्रभावित भएको उहाँले बताउनुभयो ।
भक्तपुर राजधानी नजिकै भएर पनि हिजोको अवस्थामा निकै पिछडिएको र असभ्य नगरका रूपमा देखापरेको अवस्थामा रोहित र उहाँको पार्टीका कार्यकर्ताकै संयुक्त प्रयासमा अहिले शिक्षा, स्वास्थ्य, संस्कृति र सरसफाइमा नमुना बनेकोेमा भक्तपुरका जनतालाई डा. मिश्रले बधाई ज्ञापन गर्नुभयो ।
भक्तपुरमा ज्येष्ठ नागरिकका लागि आदर निकेतन स्थापना हुनु निकै प्रशंसनीय काम भएको उहाँले बताउनुभयो ।
साहित्यको अनुवाद कठिन कार्य भएको चर्चा गर्दै यसमा लाग्ने सबैलाई डा. मिश्रले धन्यवाद ज्ञापन गर्नुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले जेलका चिठीहरू पुस्तकमा मूलतः जीवन दर्शन र आत्मगौरवको आभा रहेको बताउनुभयो । उहाँले निर्दोष, स्वच्छ तथा सच्चा नेपालीमाथि आफ्नै राज्यद्वारा युद्ध अपराधीतुल्य व्यवहार भइरहँदाको आक्रोश एवम् प्रतिरोध पुस्तकमा भएको उल्लेख गर्नुभयो ।
गहिरो सामाजिक सांस्कृतिक चिन्तन भएको पुस्तक जेलका चिठीहरू अन्तर्राष्ट्रिय समुदायको साहित्यिक सम्पत्ति बन्ने कुरामा विश्वास व्यक्त गर्दै उहाँले चिठी लेखिएको झन्डै चालीस वर्षमा अङ्ग्रेजीमा अनुवाद भएको पुस्तक प्रकाशनमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
वाग्मती प्रदेश सभा सदस्य सृजना सैंजूले इतिहास, भाषा, कला, साहित्य, पुरातत्व, संस्कृति, सम्पदा, वास्तुकला, राजनीतिशास्त्र, भूगोल, समाजशास्त्र, अर्थशास्त्रका विषयवस्तु समेटिएको पुस्तक जेलका चिठीहरूबारे विश्वविद्यालयका कक्षाकोठामा छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली र अङ्ग्रेजी दुबैमा उपलब्ध साहित्य आकाशमा निकै कम भएको बताउँदै यो प्रकाशनले आशा एवम् ऊर्जा प्रवाह गरेको र साहित्य प्रतिष्ठानहरूलाई बाटो देखाएको औँल्याउनुभयो ।
साहित्यकार नरेन्द्रराज प्रसाईंले देशको लागि अध्यक्ष रोहितजस्ता निःस्वार्थी, इमानदार र देश र जनताको विषयमा सोच्ने असल नेताहरूको खाँचो भएको बताउनुभयो । उहाँले जेलका चिठीहरू पुस्तक चिठीमात्र नभई इतिहास भएको औँल्याउनुभयो ।
कवयित्री इन्दिरा प्रसाईंले राजनीतिक व्यक्तित्व अध्यक्ष रोहितलाई हरेक चुनौती र सङ्घर्षमा साथ र सहयोग गर्ने शोभा भाउजू एक प्रेरक भएको चर्चा गर्दै जेलका चिठीहरू एक जीवनसङ्गिनीलाई भन्दा देशको लागि लेखिएको चिठीपत्र हो भन्नुभयो ।
साहित्यलाई सीमित घेराभित्र राख्न नमिल्ने कुरामा जोड दिँदै उहाँले रोहितका साहित्यिक रचनाहरू देश र जनताको मात्र नभई संसारका मानवको सेवा गर्ने खालका छन् भन्नुभयो ।
पुस्तकका अनुवाद अणुराज जोशीले नारायणमान बिजुक्छेँ अन्यौलको वातावरणमा विरलै पाइने व्यक्तिमध्ये एक भएको कुरा चर्चा गर्दै कला, संस्कृति र देशको उत्थानका लागि सदा समर्पित व्यक्तित्व भएको बताउनुभयो ।
उहाँले बिजुक्छेँ संस्कृतिको ठुलो मर्मज्ञ भएको चर्चा गर्दै उँटे भ्mयालको लोप हुन लागेको अवस्थामा यसको संरक्षण गर्न नसक्नु शासकहरूको अदूरदर्शिता र गैरजिम्मेवारीको दृष्टान्त भएको बताउनुभयो ।
अनुवादका क्रममा केही कमीकमजोरीहरू हुनु स्वाभाविकै भए पनि आगामी दिनमा यसलाई सुधार गरेर अझ राम्रो बनाउन प्रयास गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
उक्त अवसरमा कवि तथा समीक्षक अभय श्रेष्ठले पुस्तक अनुवाद जटिल कार्य भएको चर्चा गर्दै यसरी नेपालीमा लेखिएका पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गर्नु भनेको विश्व साहित्यको सेवा गर्नु हो भन्नुभयो ।
नारायणमान बिजुक्छेँले जेलका चिठीमार्पmत प्रेम र घरायसी कुरामात्र नपस्की समाज र संस्कृतिलाई चिन्न सहयोग पुग्ने उत्कृष्ट रचना सृजना गर्नुभएको उहाँले बताउनुभयो ।
सो अवसरमा लेखक तथा शिक्षासेवी योगेन्द्रमान बिजुक्छेँले हिलोमा फुलेको पूmलजस्तो ‘जेलका चिठीहरू’ले विश्वका अन्य उत्कृष्ट पत्र साहित्यहरूको याद दिलाउने विचार राख्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा.सुवेगमान बिजुक्छेँले विश्व साहित्यका विभिन्न पुस्तकको चर्चा गर्दै नयाँ पुस्तालाई राजनीतिक चेतना दिन र ज्ञानका विभिन्न क्षेत्रबारे अवगत गराउन पुस्तक उपयोगी भएको विचार राख्नुभयो ।
पुस्तकले विशेषगरी भक्तपुरको एउटा कालखण्डबारे जानकारी दिने उहाँले बताउनुभयो ।
ख्वप अस्पताल भक्तपुरका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले जेलका चिठीहरू अध्ययन गर्दा आपूmले समाज, सभ्यता र संस्कृतिलाई नजिकबाट नियाल्ने मौका मिलेको बताउनुभयो । उहाँले जेलका चिठीहरूले पाठकलाई स्वास्थ्यप्रति सचेत रहन पनि घच्घच्याएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका सह–प्राध्यापक नवराज बुढाथोकी, काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा मोर्डन कलेजकी शशी कसपालले पनि पुस्तकको महिमामाथि प्रकाश पार्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षिका सीता प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षकद्वय जयन्द्र श्रेष्ठ र मञ्जु श्रेष्ठले पुस्तक समीक्षा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शिक्षकहरू एलिसा दुमरु र सृष्टिले प्रधानले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा पुस्तक प्रकाशनमा सहयोग गर्ने अणुराज, आशिष प्रधान र दामोदर सुवाललाई मायाको चिनो प्रदान गरिएको थियो । पुस्तकको प्रकाशन बाल विकास सेकेन्डरी स्कुलले गरेको हो ।