
३१ असार, भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले यही असार २८ र २९ गते जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको अन्दाजी ११,००,१२९ रुपैया बरावरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।।
जिल्ला प्रहरी कर्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असार २८ जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ४ पनेनीबाट लु ८ प ८१४३, UP 56 D 2470 नं. को मोटरसाईकल, ३० वटा बोईलर कुखुरा, टपिस पिन ४६ किलो, SHR COLD लेखेको ड्राईबेटर सेट १७ प्याकेट, डिल मिसेनमा लाग्ने गियरमा लाग्ने सामानहरु ४६ किलो, मोटरसाइकल सहित गरी करिब २,४१,२५० बराबरको सामान बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असार २९ गते जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अंचलपुर र ओमसतिया गा.पा.वडा नं.१ क्यापटेनबाट ना १ ह ७५३९ नं. ई रिक्सा, १६० पिस चार्जर हेड, किराना सामानहरु गरी करिब २,६०,१८९ रुपैया बरावरको सामान बरामद र ई रिक्सा चालक जिल्ला दाङ राजापुर गा.पा. वडा नं. ५ बस्ने वर्ष २८ को सखिफ साई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असार २९ गते जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहिया बाइपासबाट लेडिज सुट २० थान, भित्री बस्त्र कपडा १६८ पिस र प्लास्टिक स्ट्यान्ड १८० थान गरि करिब ९०,००० रुपैया बराबरको सामान साथै इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ६ गुरबनियाबाट लु ६१ प ९१६९, लु ३१ प ५५५९, लु ४२ प ५८६०, लु २३ प ८८१९ न.को मोटरसाइकलमाल्याउदै गरेको बेवारिसे अवस्थामा राखेको चिनी ६ बोरा ,सुकेको खुर्सानी ७ बोरा, धनिया ५ बोरा, श्ष्mब मल ४ बाल्टी मोटरसाइकल सहित करिब २,६८,००० रुपैया बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सूरज कार्कीले जानकारी दिनु भएको छ।
यसैगरी प्रहरी चौकी पिप्रहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असार २८ गते जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ५ तरकुल्ला बाट करिब १६,००० रुपैया बराबरको बोईलर कुखुरा १५ पिस र प्रहरी चौकी मेउडिहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असार २९ गते सिद्धार्थनगर नगहरपालिका वडा नं. २ झण्डिबजारबाट प्याज ४५० के.जी. करिब २७,००० बराबरको प्याज नियन्त्रणमा लिई बरामद गरेको हो।
यस्तै प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असार २९ गते लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ र १३ कालिदहबाट UP 55 AF 5589 न. को मोटरसाइकल, ४ वटा पाडा र १ वटा पाडी, डिएपि र युरिया मल ८ बोरा, किराना तथा खुद्रा सामान गरी मोटरसााइकल सहित करिब १,९७,६९० रुपैया बराबरको सामान तथा पाडाहरु नियन्त्रणमा लिई बरामदगरी आवस्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।