
२७ असार, भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले असार २५ र २६ गते जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब ५,६१,९८५ रुपैया बरावरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका नं. २ मेउडिहवाबाट लेडिज साडी ११६ पिस, लेडिज कुर्ता सुरुवाल ६६ पिस गरी करिब १,७३,३०० रुपैया बराबरको कपडाहरु बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय मझगाँवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका वडा नं. ३, ७ बाट लु १६ प ७ नं. को मोटरसाईकल, ७ बोरा युरीया मल, सानोबोत्तल चिसो १ कार्टुन, सरफ १ बोरा, खाने तेल १५ पोका र किराना सामानहरु गरी मोटरसाइकल सहित करि १,०३,२८५ रुपैया बराबरको सामान बरामद गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियाबाट लु २ प ६७८६ नं.को मोटरसाईकल, आप ७५ प्न, पाईन्टको कपडा ५ रोल, इलास्टिक १८ प्याकेट र किराना सामानहरु गरी मोटरसाइकल सहित करिब १,४०,००० रुपैया बराबरको सामान र वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अंचलपुरबाट बेवारीसे अवस्थामा रहेको चिनी २०० के.जी., छालाको बेल्ट २२ पिस, मटर दाना १५ के.जि., टपसुट २२ पिस, गोल्डी मसला ६ पोका र मिठाई ३ पोका गरी करिब ३६००० रुपैया बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी मेउडिहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ झण्डिबजार स्थितबाट चिसो, पन्चु, फ्रुट टोकरी, लन्च बक्स र पेनसिल बक्स गरी करिब३४,४०० बराबरको सामान बरामद गरेको छ ।
यस्तै प्रहरी बिट गल्लामण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ४, ६ बाट चिनी करिब १०० के.जी. LG कम्पनीको 1.5 टनको AC १ थान गरी करिब ७५,००० रुपैया बराबरको बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सूरज कार्कीले जानकारी दिनु भएको छ।