
(रुपन्देहीको कञ्चन गाउँपालिकाबाट देशभरका करिब १४ लाख भूमिहिन दलित, भूमिहिन सुकमवासी तथा अव्यबस्थित बसोवासीहरु मध्ये कञ्चनका ४५१ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यको शुरुवात भएको छ। कञ्चनका करिब १२ हजार ४ सय २ जना मध्ये कञ्चन ५ गरगरे ब्लक अव्यबस्थित बसोवासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण समारोहमा मालपोत कार्यलय रुपन्देहीका कार्यलय प्रमुख सुग्रिम यादव जयूले प्रस्तुत गर्नु भएको मन्तव्यको सार सम्पादक ।)
यस समारोहमा उपस्थित जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गर्न उपस्थित हुनु भएका जग्गा धनि लगायत यस समारोहमा उपस्थित सम्पुर्ण महानुभावहरुप्रति म भुमि समस्या समाधान आयोग, जिल्ला समिति रुपन्देही एवम् मेरो व्यक्तिगत तर्फ बाट नमस्कार सहित यस समारोहमा स्वागत गर्दछु।
सर्वप्रथम, म भूमि समस्या समाधान आयोग जिल्ला समिति रुपन्देही अन्तरगत रहेका सम्पूर्ण पालिकाहरुमा भूमि आयोगको कार्यप्रगतिको जानकारी गराउन चाहन्छु।
विगतको भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७७ हुँदा देखि नै हामीले भूमि समस्या समाधानका कार्यहरु थालिसकेका थियौ र त्यतिबेला देखि नै लगत संकलन कार्य सुरु भएको हो।
हाल सम्म आयोगको न्याल्सिस (NALCIS) प्रणालीमा रुपन्देही जिल्लाको दुई हजार ९ सय सन्तानब्बे (२,९९७) जना भूमिहीन दलित, छ हजार ६ सठी सय एकसड्डी (६,६६१) जना भूमिहीन सुकुम्बासी र छैसठ्ठी हजार नौ सय अन्ठानव्वे (६६,९९८) जना अव्यवस्थित बसोवासी गरि जम्मा छयत्तर हजार छ सय छपन्न (७६,६५६) जनाको लगत प्रविष्टि भएको छ।
कञ्चन गाउँपालिकाको हकमा नौ सय अठासी (९८८) जना भूमिहीन दलित, दुई हजार एकासी .२,०८१) जना भूमिहीन सुकुम्बासी र नौ हजार तिन सय तेत्तिस .९,३३३) जना अव्यवस्थित बसोबासी गरि जम्मा बाह्र हजार चार सय दुई (१२,४०२) जनाको लगत प्रविष्टि भएको छ। जसमध्ये हाल जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण हुन लागेको वडा नं ५ मा न्याल्सिस ९ल्ब्ीऋक्ष्क्० प्रणाली अनुसार दुई हजार छ .२,००६) जना लाभग्राही रहेको र नापी नक्सा कार्य पुरा भई पालिकाबाट छ सय बयासी (६८२) जनाको प्रमाणीकरण समेत भई आएको मध्ये छ सय बत्तिस (६३२) जनाको जग्गा दर्ता निर्णय भएकोमा चार सय एकाउन्न (४५१) जना लाभग्राहीले राजश्व दाखिला गरे अनुसार आज चार सय एकाउन्न (४५१) जनाले पुर्जा प्राप्त गर्न लाग्नु भएको छ। प्रमाणिकरण भएता पनि अन्यत्र जग्गा भएका बाकी लाभग्राहीले अन्यत्रको जग्गाको पुर्जा प्रकृया पुरा भए पछी सँगै पुर्जा प्राप्त गर्नुहुनेछ ।
यस कञ्चन गाउँपालिकाको अन्य वडाहरुको हकमा नौ हजार छत्तीस (९,०३६) लाभग्राहीको नापी नक्सा कार्य सम्पन्न भै सूचना प्रकाशनको काम अन्तिम चरणमा रहेको र आगामी आ.व. २०८२।०८३ भित्रमा सम्पुर्ण लाभग्राहीलाई पुर्जा दिने आयोगको लक्ष्य रहेको छ।
यसै गरी अब म रुपन्देही जिल्लाका अन्य पालिकाहरुमा भूमि सम्बन्धी समस्या समाधान आयोगले गरेको कार्य प्रगतीको जानकारी गराउन चहान्छु।
देवदह नगरपालिका
देवदह नगरपालिकामा न्याल्सिस (NALCIS) प्रणाली अनुसार चौध हजार तिस (१४,०३०) जनाको लगत प्रविष्टि भएको छ। देवदह नगरपालिकाको विभिन्न वडाका विभिन्न टोलहरुमा नापनक्साको कार्य सम्पन्न भएका मध्ये विभिन्न चरणका सुचना समेत प्रकाशन भई वडा नं. ५, ६, ७, ९ र १० का जम्मा एक हजार ३ सय एकसठ्ठी (१३६१) जना अव्यवस्थित वसोवासीहरुको जग्गा दर्ता निर्णय भएको मध्ये, छ सय चौरानब्बे (६९४) जना लाभग्राहीले राजश्च दाखिला गरेका गरेका छन् । यही महिनाको मसान्त सम्ममा ती लाभग्राहीलाई पुर्जा वितरण गरिने लक्ष्य रहेको छ। हाल देवदह नगरपालिकाको नापीनक्सा कार्य समेत दूत रुपमा चलिरहेको छ।
सैनामैना नगरपालिका
यसै गरी सैनामैना नगरपालिकाको हकमा न्याल्सिस (NALCIS) प्रणाली अनुसार सोह्र हजार एक सय बयालिस (१६१४२) जनाको लगत प्रविष्टि भएको छ। सैनामैना न.पा. को विभिन्न वडाका विभिन्न टोलहरुमा नापनक्साको कार्य सम्पन्न भएका मध्ये बडा नं.१ मा रहेका एक हजार ३ सय साठी (१३६०) जना अव्यवस्थित वसोवासीहरुको हकदावी सम्बन्धि सुचना प्रकाशन भएको छ र दुई सय अठहत्तर (२७८) जना अव्यवस्थित बसोवासीहरुको राजश्व सम्बन्धि सुचना प्रकाशन भएको छ। सुचना भए बमोजिमका लाभग्राहीलाई आवश्यक प्रकृया पुरा गरि तीन (३) महिना भित्र पुर्जा वितरण गरिने लक्ष्य छ। सैनामैना नगरपालिकाको अन्य वडाहरूको पनि नापनक्सा कार्यगरि क्रमिक रुपमा आवश्यक प्रकृया पुरागरि पूर्जा वितरण गरिने लक्ष्य रहेको छ ।
सियारी गाउँपालिका
यसै गरी अव म भूमि सम्बन्धी समस्या समाधान आयोगले गरेको सियारी गाउँ पालिकाको कार्य प्रगतीको जानकारी गराउन गईरहेको छु। सियारी गा.पा. मा एक हजार ४ सय छ (१४०६) जनाको लगत न्याल्सिस (NALCIS) प्रणालीमा प्रविष्टि भएको छ। सियारी गाउँपालिकाको विभिन्न वडाको विभिन्न टोलहरुमा नापनक्साको कार्य सम्पन्न भएका मध्ये वडा नं. १का ११ जना अन्यवस्थित बसोबासीहरुको जग्गा धनी प्रमाण पूर्जा तयार रहेकोमा यही अषाढ २६ गते जग्गा धनी प्रमाण पूर्जा वितरण गरीने कार्याक्रम रहेको छ। सियारी गाउँपालिकाको अन्य बडाहरुको पनि नापनक्सा कार्य संग संगै क्रमिक रुपमा आवश्यक प्रकृया पुरा गरि पूर्जा वितरण गरिने छ ।
बुटवल उप-महानगरपालिका
यसै गरी बुटवल उप-महानगरपालिकाको हकमा तिन सय तेत्तिस (३३३) जना भूमिहीन दलित, नौ सय तिरचालिस (९४३) जना भूमिहीन सुकुम्बासी र पन्ध्र हजार पाच सय अन्ठानब्बे (१५,५९८) जना अव्यवस्थित वसोवासी गरि जम्मा सोह्र हजार आठ सय चौरहत्तर (१६,८७४) जनाको लगत प्रविष्टि भएको छ। बुटवल उप(महानगरपालिकाको विभिन्न वडाका विभिन्न टोलहरुमा नापनक्साको कार्य समेत चलिरहेको छ। बुटवल वडा नं. ११ को मजुवामा नाप नक्सा कार्य सम्पन्न भई बाह सय उनासी (१,२७९) जना की सुचना समेत प्रकाशन भएको छ। बुटवल बडा नं. ११ दुर्गानगरमा चार सय एकहत्तर (४७१) तथा बुटवल वडा नं. ११ प्रगतीनगरमा पनि एक हजार ७ सय वाउन्न (१७५२) घर धुरीको नापनक्सा कार्य सम्पन्न भई सुचना प्रकाशनको तयारीमा रहेको छ। हाल ७ वटा नापजाँच समुह परिचालन गरी वडा नं. १, २, ३, ४, ११, १२, १३, १४ मा नाप नक्सा कार्य चलिरहेको छ। यि वडामा हाल सम्म ४ हजार २ सय उनासी (४२७९) घर पुरीको नाप नक्सा सम्पन्न भएको छ। नापनक्सा कार्य संग संगै क्रमिक रुपमा आवश्यक प्रकृया पुरा गरि छिट्टै नै पूर्जा वितरण गरिने छ ।
तिलोत्तमा नगरपालिका
यसै गरी तिलोत्तमा नगरपालिकाको हकमा ८ हजार २ सय वयानब्बे (८,२९२) जनाको लगत न्यान्सिस (NALCIS)प्रणालीमा प्रविष्टि भएको छ। तिलोत्तमा नगरपालिकाको विभिन्न वडाका विभिन्न टोलहरुमा नापनक्साको कार्य चलिरहेको छ। सम्पन्न भएका मध्ये बडा नं. १० का एक सय बत्तिस (१३२) जना अव्यवस्थित बसोबासीहरुको हकदावी सम्बन्धी सुबना प्रकाशन भएको छ र वडा नं. ११ का नौ सय बाह्र (९१२) जनाको हकदावी सम्बन्धी सुचना प्रकाशनका लागि अन्तिम चरणमा पुगेको छ। तिलोत्तमा नगरपालिकाको अन्य वडाहरुको पनि नापनक्सा कार्य गरि क्रमिक रुपमा आवश्यक प्रकृया पुरा गरि पूर्जा वितरण गरिने छ
गैडहवा गाउँपालिका
यसै गरी गैडहवा गाउँपालिकामा ४ हजार ५ सय छ (४५०६) जनाको लगत न्याल्सिस (NALCIS) प्रणालीमा प्रविष्टि भएको छ। हाल नाप नक्साको चरणमा रहेको छ।
शुद्धोधन गाउँपालिका
यसै गरी शुद्धोधन गाउँपालिकामा एक हजार ७ सय पन्चानब्बे (१७९५) जनाको लगत न्याल्सिस (NALCIS) प्रणालीमा प्रविष्टि भएको छ। हाल नाप नक्साको चरणमा रहेको छ।
यसै गरी सिद्धार्थनगर नगरपालिकाको हकमा दुई सय पचहत्तर (२७५) जनाको लगत न्याल्सिस (NALCIS) प्रणालीमा प्रविष्टि भएको छ।
मायादेवी गाउँपालिकाको हकमा नौ सय चौतिस (९३४) जनाको लगत न्याल्सिस (NALCIS) प्रणालीमा प्रविष्टि भएको छ।
बाकी स्थानिय निकाय मध्ये लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका, रोहीणी गाउँपालिका, कोटहिमाई गाउँपालिकाको हाल सम्म लगत संकलन तथा प्रविष्टि भएको छैन र सम्मरीमाई गाउँपालिका र मर्चवारी गाउँपालिकाको भने लगत संकलन सम्बन्धी ३५ दिने सूचना भरखरै प्रकाशित भएको छ।
आयोगले जुन उद्देश्यका साथ कार्य गरिरहेको छ यस लाई पुरा गराउन स्थानिय तहको विषेश भुमिका रहन्छ। यदि स्थानिय तहहरुले तदारुकता देखाएनन् भने आयोगको उद्देश्य अनुसारको कार्य सम्पन्न हुदैन भन्ने कुरामा जोड दिदै आजको यस ऐतिहासिक अवसरमा म सम्बन्धित सबै प्रति विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु।
आजको दिन धेरै लाभग्राहीहरूका लागि आफ्नै नामको जग्गा धनी प्रमाणपूर्जा प्राप्त गर्ने ऐतिहासिक दिन भएको छ। मलाई विश्वास छ आजको सफलताको लहर अन्य स्थानिय तहहरूमा पनि दोहोरिनेछ।
म फेरि पनि राज्यद्वारा प्रदान गरिने भूमि अधिकारप्रति इमानदारी र जवाफदेहिताको भावनासहित, यो कार्यलाई सबल र निष्पक्ष रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै मेरो मन्तव्य अन्त गर्न चाहन्छु।
धन्यवाद।