२२ असार, कञ्चन
रुपन्देहीका करिब १२४०२ जना कम्प्युटर प्रणालीमा प्रविष्ट भएका भूमिहिन दलित, भूमिहिन सुकमवासी तथा अव्यबस्थित बसोवासीहरु मध्ये आज ४५१ जनाले जग्गाधनी पूर्जा पाएका छन। कञ्चन गाउँपालिका वडा नं. ५ का अव्यवस्थित बसोवासीलाई नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रासद पौडेलले ९८ बर्षिय भानुभक्त उपाध्यायलाई हस्तान्तरण गर्नुभएको हो। जग्गाधनीपुर्जा प्रमाणपूर्जा वितरण गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको जनाउनु भएको छ । आइतबार रुपन्देहीको कन्चन गाउँपालिका वडा नं ५ गरेका ४५१ जना स्थानीयलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै वहाँले यसमा ढुक्क भएर बस्न आग्रह गर्नु भएको छ।

‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौँ, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउने छौँ, हामीले त्यसलाई ०८४ अघि नै पूरा गर्ने संकल्पका साथ काम गरेका छौँ ।’ उपप्रधान तथा अर्थमन्त्री पौडेलले भन्नुभयो।

वहाँले भन्नुभयो ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले यसमा स्पष्ट निर्देशन दिइरहनुभएको छ, जो भूमिहीन, बेघरबार छन् यसको स्थायी समाधानको लागि दृढ संकल्पसाथ काम भएको छ, यसलाई सरकारले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’
समस्याको आगोे तापेर बस्ने होइन, जनतासंग जोडिएका हरेक समस्याहरुको समाधान गरेर जनताकै सेवामा समर्पित हुने सरकारको अर्जुनदृष्टि भएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले आफूहरूले निर्वाचनको बेला भूमिहीनसँग गरेको वाचाअनुसार कामलाई अघि बढाएको जनाए । ‘हामीले निर्वाचनको बेला भनेका थियौँ सिरानीमुनि लालपूर्जा राखेर सुत्न पाउनुहुन्छ भनेर त्यो बेला भावनात्मक रूपमा भनियो कि भन्ने डर पनि थियो तर अहिले त्यसैका आधारमा काम भइरहेको छ । त्यसको उदाहरणका रूपमा देशैभर काम भइरहेको छ । धेरैले बीचबीचमा सोधिरहनु भएको छ, जसले पाउनुभयो अब नपाएकाहरुको सबै प्रक्रियामा छन्’ वहाँले भन्नुभयो।

यसैगरी भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले देशभरका करिब १४ लाख भूमिहिन दलित, भूमिहिन सुकमवासी र अव्यबस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा नदिएसम्म आयोग रहिरहने बताउनु भयो। अव नेपालको इतिहासमा यसभन्दा अघिका कुनै सरकार र आयोगले गर्न नसकेको काम अहिलेको सरकार र आयोगले देशैभरका भूमिहिन दलित, भूमिहिन सुकमवासी र अव्यबस्थित बसोबासीहरुलाई उनिहरुले बर्षौं देखि जोतभोग गर्दै आएका जग्गाहरुको वास्तविक मालिक बनाउ कार्यको शुभारम्भ कञ्चनबाट भएको दावी गर्नुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकासमन्त्री भूमिश्वर ढकालले नेकपा एमाले र नेपाली कांग्रेस जस्ता देशका दुई ठूला दलहरुको संयुक्त सरकारले देश र जनतासंग जोडिएका तमाम समस्याहरुको समाधानका लागि स्थानीय, प्रदेश र संघीय जनप्रतिनीधि, मन्त्री तथा कर्मचारीहरुसंग समन्वय गरेर अगाडी बढिरहेको बताउनु भयो। यसभन्दा अघिको स्थानीय सरकारको रुपमा नेतृत्व गर्नुभएका गोकर्ण बहादुर क्षेत्रीको टिमले जग्गाधनी प्रमाणपूर्जाका लागि लगत संकलन गर्ने कार्यको शुरुवात पछि निरन्तर अहिले नवराज ढकालको टिमले कञ्चनका भूमिहिन दलित, भूमिहिन सुकमवासी र अव्यबस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरणको शुभारम्भ गर्नु आफैमा सामान्य विषय नभएको मन्त्री ढकालले बिचार व्यक्त गर्नुभयो । कञ्चन गाउपालिकामा नवराज ढकालको नेतृत्व हुदैनथ्यो भने र कञ्चनका जनातले बर्षौंदेखि सपनाको रुपमा देख्दै आएको जग्गाधनी प्रमाणपूर्जा हातमा समाउन नपाउने भन्दै मन्त्री ढकालले यहाँका जनप्रतिनीधि, कर्मचारी, राजनैतिक दल लगायत सबैको समन्वय र सहकार्यले मात्र आज लालपूर्जा जस्तो महत्वपुर्ण कार्यले मूर्त रुपमा पाउन सम्भव भएको जिकिर गर्नुभयो।

यस्तै प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले कञ्चनवासीले यसभन्दा अगावै जग्गाधनी प्रमाणपूर्जा पाउने चरणमा पुगेको भएपनि अत्याधिक राजस्व मुल्यांकनका कारण जगाधनी प्रमाणपूर्जा बाँढ्न नसकिने भएपछि कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालको बिशेष पहल र राजश्व सम्बन्धी यहाँका जनताको हैसियतको सुक्ष्म अध्ययनको समेत मुल्यांकन गरेर आफुले पटक पटक संसदमा राजश्व पुनःमुल्यांकनको आवाज उठाएपछि मात्र राजश्वको दर कम भएको बताउनु भयो। राजश्वको दर र सिमा घटेपछि बर्षौंदेखि जोतभोग गर्दै आइरहेका कञ्चन लगायत देशभरका भूमिहिन दलित, भूमिहिन सुकमवासी र अव्यबस्थित बसोबासीहरुले सहजै रुपमा लालपूर्जा पाउने अवस्थामा पुगेको र त्यसैको फलस्वरुप आज कञ्चनवासीले जग्गाधनी प्रमाणपूर्जा पाउने कार्यको शुरुवात भएको सांसद घिमिरे बताउनु भयो।

यसैगरी प्रतिनीधि सभाका पूर्व संसाद तथा पूर्व अर्थ राज्यमन्त्री भरतकुमार शाहले यस क्षेत्रको मुख्य समस्याको रुपमा रहेको लालपूर्जा, विजली, सडक, खानेपानी र शिक्षाका बारेमा आफु जतिपटक यस क्षेत्रको जनप्रतिनीधि भएं त्यतिनै पटक संसद र सरकारमा आवाज उठाएको र ती समस्याहरु मध्ये जटिल समस्याको रुपमा रहेको लालपूर्जा उपलब्ध गराउने समस्याले अनेक प्रहरहरु पारगर्दै आज बल्ल मूर्त रुपप लिएको बताउनु भयो। यहाँका भूमिहिन दलित, भूमिहिन सुकमवासी र अव्यबस्थित बसोबासीहरुले जग्गाधनी प्रमाणपूर्जा पाउने वातावरण बनाउनका लागि कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रयत्नलाई सफल बनाउन यहाँका बहावाला जनप्रतिनीधि, मन्त्री, कर्मचारी, राजनैतिक दल र सरोकारवालहरुको समन्वय। सहकार्य र अथक मेहनतको स्रहना गर्दै जनताको कुनैपनि कामका लागि जुधेर होइन मिलेर काम गर्नुपर्छ भन्ने ज्वलन्त उदारहणको रुपमा जग्गाधनी प्रमाणपूर्जालाई सिकाईको रुपमा लिनु पर्ने सार्वजनिक लेखा समितिका पूर्व सभापति समेत रहनु भएका पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाहले बताउनु भयो।

कार्यक्रममा जिल्ला नापी कार्यलय रुपन्देहीका प्रमुख तथा भूमि समस्या समाधान आयोग रुपन्देहीका सदस्य सचिव सुग्रिम यादवले विगतको भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७७ हुँदा देखि नै हामीले भूमि समस्या समाधानका कार्यहरु थालिसकेका थियौ र त्यतिबेला देखि नै लगत संकलन कार्य सुरु भएको जानकारी गराउदै हाल सम्म आयोगको न्याल्सिस प्रणालीमा रुपन्देही जिल्लाको दुई हजार नौसय सन्तानब्बे (२९९७) जना भूमिहीन दलित, छ हजार छ सय एकसड्डी (६,६६१) जना भूमिहीन सुकुम्बासी र छैसठ्ठी हजार नौ सय अन्ठानव्वे (६६,९९८) जना अव्यवस्थित बसोवासी गरि जम्मा छयत्तर हजार छ सय छपन्न (७६,६५६०) जनाको लगत प्रविष्टि भएको जानकारी गराउनु भयो। सदस्य सचिव यादवले रुपन्देहीको हकमा कञ्चनबाट जग्गाधनी प्रमाणपूर्जा दिने कार्यको शुभारम्भ भएको र यसपछि जिल्लाका १६ वटै स्थानीय तहमा पनि क्रमिक रुपमा नापी कार्यले तिव्रता पाउदै आइरहेको समेत बताउनु भयो।

कार्यक्रमको अध्यक्षता गर्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा मगरले यो तीन बर्ष भित्र रुपन्देहीमा रहेको भूमिहिन दलित, भूमिहिन सुकमवासी र अव्यबस्थित बसोबासी सम्बन्धी समयस्या समाधान हुने बताउदै अव क्रमिक रुपमा सबै प्रकृया पुगिसकेकाहरुलाई लालपूर्जा दिदै जाने र बांकी कार्यहरुलाई तिव्र रुपमा अगाडी बढाउदै लैजाने अध्यक्ष थापा मगरले बताउनु भयो। अव कुनै पनि व्यक्त भूमिहिन दलित, भूमिहिन सुकमवासी र अव्यबस्थित बसोबासी नहुने र त्यसका लागि सरकारले भूमि सक्न्धी समस्य समाधानका लागि सम्पुर्ण काननी प्रकृया पुरा समेत गरेको उल्लेख गर्दै अध्यक्ष थापा मगरले अहिले वितरण गरिएको जग्गाधनी प्रमाणपूर्जामाथी कुनै शंका नगर्न समेत आग्रह गर्नुभयो।

कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनवासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने ऐतिहासिक दिनलाई कञ्चनका भूमिहिन दलित, भूमिहिन सुकमवासी र अव्यबस्थित बसोबासीहरुका लागि सपनाबाट विपनामा परिणत भएको ठूलो उत्सवको दिनको रुपमा अभिलेखिकरण भएको स्मरण गर्नुभयो। हिजो चुनाव सभामा "म र मेरो टिमले चुनाव जित्यौ भने कञ्चनवासीको बर्षौंदेखि कहिल्यै नसुल्झिएको अविछिन्न समस्यालाई तोडेर जग्गाधनी प्रमाणपूर्जा दिने छु" भनि गरेको बाचालाई गरेका नकारात्मक टिप्पणीहरुको जवाफ पनि कहिल्यै नविर्सिनेगरी दिन पाएकोमा पनि आफु अत्यन्तै हर्षि भएको अध्यक्ष ढकालले बताउनु भयो।
जव जग्गाधनी प्रमाणपूर्जा प्राप्तीको अन्तिम समय आइरह्यो तव विभिन्न व्यक्ती र समूहले "यो कागजी खास्टा हो, जनताको ढाड सेक्नेगरी राजस्व लिएर नेता र कर्मचारी मोटाउने हो, हिजो सित्तैमा पाएका थिए, आज कर लिने, फेरी जनता झुक्याृउने खेल हो" जस्ता अनैतिक, अनर्गल, अफाह र झुटहरुको हावा जति फैलाएपनि आज कञ्चनवासीको सपना पुरा भएको छ।"-अध्यक्ष ढकालले भन्नु भयो। अन् ठाउँको भूगोल र अवस्था कस्तो छ थाहा छैन तर कञ्चन गाउँपालिकाका भूमिहिन दलित, भूमिहिन सुकमवासी र अव्यबस्थित बसोबासीहरु समस्या समाधान गर्न हामीले सोंचेजस्तो सहज परिस्थिति नभएको उल्लेखख गर्दै कञ्चनको भूमि सम्बन्धी समस्या समाधान गर्न समस्या पार्ने हरेक कानुन, नीति, नियम, र ऐनहरुको संशोधन, पुनरावलोकन, कार्यविधि निर्माणले मात्र सम्भव भएको बताउनु भयो।

अध्यक्ष ढकालले आफु निर्वाचित भएदेखि कञ्चनको मुख्य समस्याको रुपमा रहेको अव्यबस्थित बसोबासीको व्यबस्थापन, शिक्षा र स्वास्थ्य सहित साझा समस्याहरुको समाधानका लागि मुख्य अर्जुनदृष्टिकासाथ लागिपर्दा पालिकाका जनप्रतिनीधि, कर्मचारी, प्रदेश र संघीय सांसद, मन्त्री, कर्मचारी, पूर्व जनप्रतिनीधि, सभासद, मन्त्री, राजनैतिक दलको समन्व, सहकार्य र सुझावको जति बखान गरेपनि अधुरै रहने भएकोले यस सुखद घढीमा सबै सबैलाई हार्दिक कृतज्ञता सहित बिशेष धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वागत गर्दै कञ्चन गाउापालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनवासीको सपनाको रुपमा रहदै आएको जग्गाधनी प्रमाणपूर्जा यो केवल कागजको पुर्जा नभई यो परिवर्तनको दस्तावेज समेत भएको उल्लेख गर्नुभयो। उपाध्यक्ष थापा मगरले यो दस्तावेजसंग हो, जहाँ कञ्चनवासीको सपना, संघर्ष, र आशा समेटिएको र यसले यहाँका जनतालाई अधिकारसहितको जग्गा धनी नागरिकको रुपमा स्थापित गरको र यसले कञ्चनवाीको जीवनस्तरमा मात्र होइन, आत्मविश्वासमा पनि नयाँ उज्यालो ल्याउनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो। उपाध्यक्ष थापा मगरले आजको यो जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यक्रम केवल कागजको टुक्रा दिने कार्यक्रम नभई यो मानव सम्मान र पहिचान प्रदान गर्ने समारोह र कार्यक्रम भएको जिकिर गर्दै आजको दिन इतिहास र सामाजिक परिवर्तनको उज्यालो पाटो समेत भएको उल्लेख गर्नुभयो।

कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले संचालन गर्नु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पुष्पराज शर्माले असार २२ गते कञ्चनवासीका लागि अविस्मरणीय र ऐतिहासिक उत्सवमा लिइएको उल्लेख गर्दै यो उत्सव मनाउने अवसर दिने मन्त्री, सभासद, जनप्रतिनीधि, कर्मचारी, राजनैतिक दल तथा सरोकारवाला समपुर्णलाई बिशेष धन्यवाद दिनु भएको थियो।

जनप्रतिनीधि, राष्ट्रिय भूमि आयोगका पदधिकारी, जिल्ला भूमि आयोगका पदाधिकारी, जिल्ला मालापोत र नापी कार्यालयका कर्मचारी, स्थानीय तथा जिल्ला स्तरिय राजनैतिक दल, विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय अगुवा, सरोकारवाला लगायतको उपस्थिति रहेको कार्यक्रममा स्थानीय सांस्कृतिक झांकी सहित लुम्बिनी ज्ञाननिकेतन माध्यमिक विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी समेत गरेका थिए। कार्यक्रम लुम्बिनी ज्ञाननिकेतन माध्यमिक विद्यालयको प्रांगणमा भएको थियो।