२२ असार, कञ्चन
रुपन्देहीको कञ्चनमा सञ्चालित भैसाही पिपरीचापा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिबेशनले रुम बहादुर पुनको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्य समिति निर्वाचित गरेको छ।
अधिबेशनबाट उपाध्यक्षमा यमकुमारी पसन, सचिवमा हिरालाल विश्वकर्मा, कोषाध्यक्षमा शर्मिला अधिकारी खरेल र सहसचिवमा चेलिका भूजेल निर्वाचित भएक छन। यसैगरी सदस्यहरुमा लक्ष्मी घिमिरे, कपिलकुमार पुन, डिलाराम घिमिरे, शिवलाल सुनार, बलाराम गैरे, विमला गैरे, रञ्जित टोमाटा, जानककी थारु र शालिकराम पौडेल निर्वाचत भएको निर्वचन समितिका संयोजक श्रीप्रसाद थापाले जानकारी दिनु भएको छ।


कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई सहित शुभकामना दिदै लुम्बिनी प्रदेश भौतिक पूर्वाधार बिकास मन्त्री भूमिश्वर ढकालले स्वच्छ पिउने पानी प्राप्त गर्नु आम नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्नुभयो। मन्त्री ढकालले प्रदेश सरकारले आम नागरिकलाई स्वच्छ पिउने पानीको ज्ञारेन्टीका लागि प्रदेशको नीति र योजना अनुसार बिभिन्न स्थानहरुमा खोनेपानी योजना संचालन भइहरेको बतादै फरक प्रसंगमा बर्षौं देखि जोतभोग गर्दै आएका कञ्चनका भूमिहिन दलित, भूमिहिन सुकुमवासी र अव्यबस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण्ण गर्ने अन्तिम समयमा पुगेको बताउनु भयो।

यस्तै खोनेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलका कार्यालय प्रमुख राजकुमार चौधरीले भैसाही लगायत कञ्चनका विभिन्न खोनेपानी योजनाहरु क्रमिकरुपमा सम्पन्न हुदै गइरहेको उल्लेख गर्दै उपभोक्ताको माग र योजनाको क्षमता अनुसार हरेक कञ्चनवासीको घर घरमा सुरक्षित र स्वच्छ पिउने पानी वितरण गर्ने कार्यमा कञ्चनका सबै खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाहरुको सक्रियता स्रहनायोग्य भएको बताउनु भयो।

कार्यक्रममा कार्यपालिका सदस्य कुमारी घर्ति, वडा नं. ५ का वडा सदस्य मिना बि.क. नेपाली कांग्रेसका देविराम रेग्मी, नेकपा एमालेका भानुभक्त भण्डारी, नेकपा माओवादी केन्द्रका नवलसिंह कुवँर, रास्वपाका प्रेमचन्द्र पोख्रेल, ज्ञानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक रेनुका थापा, स्थानीय अगुवा महिला गौरा थापा, गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका कमल परियार लगायतले शुभकामना दिदै यस क्षेत्रमा संचालन भएको योजनाबाट उपभोक्ताहरुले सफा र स्वच्छ पिउने पानी पुर्याउन प्राविधिक रुपमा राम्रो बनाउन आग्रह गरेका थिए।

भैसाही पिपरीचापा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, कञ्चन, पिपरीचापा रुपन्देहीका अध्यक्ष मुक्तीराम बेलवासेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विनाराम खडकाको स्वागत र हिमा बेलवासेले कार्यक्रम संचालन गर्नु भएको थियो।