१८ असार, कञ्चन
श्री प्रगती नमुना माध्यमिक विद्यालय, कञ्चन १ बेलभरिया रुपन्देहीले आफ्नो विद्यालयबाट एस ई ई उत्तिर्ण विद्र्याीहरुलाई सम्मान तथा बधाई कार्यक्रम गरेको छ। प्रगती माध्यमिक विद्यालयबाट ९५.४९ प्रतिशत विद्यार्थीहरु कक्षा ११ मा भर्ना हुन योग्य भएका छन।
कञ्चन गाउँपालिकाको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित प्रगती माध्यमिक विद्यालयबाट यस एस ई ई परीक्षामा १३३ जना विद्यार्थीहरु सहभागी भएकोमा १२७ जना विद्यार्थीहरु उत्तिर्ण भएका छन।


विद्यार्थीहरुलाई बधाई तथा सम्मान गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको शैक्षिक सुधारमा पालिका, शिक्षक, अभिभावक, विद्यार्थीहरुको महत्वपुर्ण भूमिका रहेको बताउनु भयो। पालिकाले पालिकाको शैक्षिक स्तरलाई अन्य प्रतिस्पर्धी स्थानीय तहका शैक्षिक संस्थाहरुका बिच प्रतिस्पर्धी बनाउन र कञ्चनलाई शैक्षिक हवको रुपमा बिकास गर्न गरेको लगानीले बिस्तारै प्रतिफल देखिदै जाने अध्यक्ष ढकालले बताउनु भयो। पालिकाले तहगत विद्यालयका बिषयगत शिक्षकहरुलाई नियमित रुपमा सञ्चालन गरिरहेको शैक्षिक तालिमको प्रतिफल तत्काल नदेखिएपनि बिस्तारै नतीजामा सकारात्मक परिवर्तन हुदै जाने अध्यक्ष ढकालले विश्वास व्यक्तm गर्नुभयो।

यस्तै उपाध्यक्ष मौसमी थापा मगरले प्रगती नमुना माध्यमिक विद्यालयको शैक्षिक स्तरमा हरेक बर्ष उत्कृष्टता कायम गर्दै आइरहेको बताउनु भयो। प्रगती विद्यालयप्रति विद्यार्थी र अभिभावकहरुको आकर्षण बढिरहेको सन्दर्भमा प्रगतीका विद्यालयका शिक्षक, अभिभावक, कर्मचारी र अभिभावकहरुको अथक मेहनतको प्रतिफल पनि उत्साहजनक आएको बताउदै उपाध्यक्ष थापा मगरले आगामी दिनमा पनि यो उत्साहलाई कायम गरिरहन पनि आग्रह गर्नुभयो।
यसैगरी वडा नंं १ का वडा अध्यक्ष हरिनारयण थारुले शिक्षक र विद्यार्थीहरुको एकल प्रयासले मात्र विद्यालयको शैक्षिक स्तर राम्रो नहुने भन्दै अभिभावक र नियामक निकायको नियमित अनुगमन र नियमनले पनि विद्यालयको शैक्षिक स्तर राम्रो हुने बताउनु भयो। प्रगती विद्यालयको एस ई ई परीक्षामा हरेक बर्ष आउने नतीजा निरासाजनक होइन उत्साहप्रद र अभिभावकहरुको आकर्षषण शैक्षिक संस्थाको रुपमा रहदै आइरहेको वडा अध्यक्ष थारुले बताउनु भयो।

कार्यक्रममा कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक चित्रलाल तुलाचनले एस ई ई उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गर्दै अवको शिक्षा प्राविधिक र व्यबसायिक शिक्षा भएकोले एस ई ई उत्तिर्ण विद्यार्थी भाइबैनीहरुले आफ्नो भविष्य सुनिश्चित हुने बिषय लिएर पढाई गर्नुपर्ने सुझाव दिनुभयो।

कञ्चन गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भूसालले अभिभावकहरुको नियमित अनुगमनका लागि विद्यालय आउने र आफ्नो छोरा छोरीहरुको पढाइबारे नियमित सरोकार राखेमा विद्यार्थीहरुले हरेक बार्षिक परीक्षाको नतीजा राम्रो हुने बतउनु भयो। शिक्षा पाउनु हरेक व्यक्तीको नैसर्गिक अधिकारको रुपमा नेपालको संविधानमा उल्लेख भएकोले पनि आ–आफ्ना नानी बावुहरुलाई नजिक तथा पायक पर्ने विद्यालयमा भर्ना गरी समयमै उचित शिक्षा दिनु आभिभावक र सरोकारवाला पक्षको अनिवार्य जिम्मेवारीको रुपमा सबैले ग्रहण गर्नु पर्ने कुरामा शाखा प्रमुख भूसालले जोड दिनु भयो। आज प्रगती मा.वि.को नतीजाले कञ्चनको समग्र शैक्षिक पक्षलाई पनि बलियो बनाएको बताउनु भयो।

सम्मान तथा बधाई कार्यक्रमको अध्यक्षता गर्दै विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चुडामणी पौडेलले विद्यार्थी, अभिभावक र शिक्षककर्मचारीहरुको अथक मेहनत र समन्वयले विद्यालयको एस ई ई परीक्षाको नतीजा सबैबाट प्रशंसायोग्य भइरहेको बताउनु भयो। विद्यालयको शैक्षिक अवस्था राम्रो बनिरहेकै कारण प्रगती मा.वि. हरेक अभिभावकहरुको रोजाईमा परिरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले आगामी दिनमा विद्यालयको शैक्षिक स्तर आई एस ओ मान्यता प्राप्त बनाउन सबैको भूमिका अझ समन्वयात्मक हुदै जानु पर्ने र स्थानीय सरकार, अभिभावक, सरोकारवाला सबैको सहयोगको अपेक्षा समेत गर्नुभयो।

एस उत्तिर्ण विद्यार्थीहरुको तर्फबाट आफ्नो शैक्षिक नतीजाको अनुभव बताउदै ज्योत्सना पुनले शिक्षक र अभिभावकहरुको निगरानी र सकारात्मक निर्देशन तथा सल्लाहका कारण हामीले उत्कृष्ट जिपिए सहित उत्तिर्ण सफल भएको बताउनु भयो।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चुडामणी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक गणेश पौडेलले विद्यालयको अमूल्य नक्षेत्रको रुपमा रहेका विद्यार्थीहरुले हासिल गरेको उपलब्धीले विद्यालय मात्र होइन कञ्चनकै गरिमा बढाएको बताउनु भयो।
शिक्षक जिवराज पौडेलको स्वागत तथा सरोज भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा एस ई ई परीक्षामा उत्कृष्ट नतीजा ल्याउनका लागि विद्यालयको शैक्षणिक कृयाकलापमा अहम भूमिका खेल्ने शिक्षक, अभिभावक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो।