११ असार, कञ्चन
रुपन्देहीको गैडहवा गाउँपालिकाको १६ औं गाउँसभा हिजो बुधवार सम्पन्न भएको छ। सभामा अध्यक्ष सुरेन्द्र पौडेलले पालिकाको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो भने उपाध्यक्ष माधुरी जैसवालले आगामी बर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्नुभयो ।

कृषि। शक्षिा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार बिकासको आधार भन्ने पालिकाको मुख्य धेय सहित अध्यक्ष पौडेलेले १२ शिर्षक १४० बुँदे बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो। अध्यक्ष पौडेलद्वारा प्रस्तुत बार्षिक नीति तथा कार्यक्रममा अनिवार्य तथा निशुल्क शिक्षालाई सबै अभिभावक समक्ष व्यापकरुपमा प्रचारप्रसार गरी कार्यान्वयनमा ल्याउदै विद्यालय उमेरका बिचमा कक्षा छोड्ने बालबालिकाहरुलाई विद्यालयमा ल्याउनका लागि र विद्यालय बाहिररहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन अभिभावक सचेतना शिक्षा तथा भर्ना अभियान कार्यक्रम सञ्चालन गरिनेछनीति अख्तियार गर्नु भएको छ।

अध्यक्ष पौडेलले महिला, वालवालिका, जेष्ठ नागरिक तथा समाज कल्याण तर्फ विपन्न, गरिब, पिछडा, हिंसाबाट पिडित र प्रभावित महिलाहरुलाई जीविको पार्जनमा सहजता ल्याउनको लागि सिप विकास तालिम मार्फत सशक्तिकरण गराउने निति सहित पालिका भित्र रहेका सडक वालबालिकाको एकिन गरी संरक्षकत्व ग्रहणका लागि आवश्यक कार्यक्रम ल्याइने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। अध्यक्ष पौडेलले ज्येष्ठ नागरिकको जिवनयापनमा सहजता ल्याउनका लागि ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा संचालनको निति अख्तियार गर्नु भएको छ।

अध्यक्ष पौडेलले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी जस्ता वैकल्पिक चिकित्सा प्रणालीलाई प्रवर्द्धन र विस्तार गरिंदै लगिने र मातृ शिशु स्वास्थ्य प्रवर्द्धनका लागि स्तनपायी सेवा कार्यक्रम, नागरिक आरोग्यताका लागि सामुदाय स्तरमा नागरिक आरोग्य सेवा कार्यक्रम, जेरियाटिक स्वास्थ्य समस्याका लागि ज्येष्ठ नागरिक स्वाथ्य प्रवर्द्धन कार्यक्रम संघीय सरकारको सहकार्यमा निरन्तरता दिइने उल्लेख गर्नु भएको छ।

"उपाध्यक्ष संग सुत्केरी कार्यक्रम", वातावरणीय सन्तुलन तथा आम्दानीको श्रोत प्रवर्द्धन गर्न "एक घर दुई लिचि अभियान"को नीति अवलम्वन गरिने छ।

योे बर्ष गैडहवाले पालिका भित्र विभिन्नन समयमा भएको जग्गा नापी प्रक्रियामा छुटी जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न नसकेका घरबास जग्गामा बसोबास गर्ने १, २, ३, ४, ५ र ७ वडाका व्यक्तिहरुलाई यसै आर्थिक वर्षमा जग्गा धनी प्रमाण पुर्जा वितरण गर्न र अन्य वडामा आगामी आ.व. मा नापजाँच गरी जग्गा वितरण कार्य अगाडी बढाइनुको साथै लामो समयदेखि जग्गा उपभोग गरी बसोबास गर्दै आएका अव्यवस्थित बसोबासीहरु तथा भूमिहिन दलित भूमिहिनहरुलाई यसै आ.व. भित्रमा जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्ने व्यवस्था मिलाइनेछ अध्यक्ष पौडेलले नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ।

सभामा गाउँ सभासदस्य प्रदिप कुमार चौधरी, लाल बहादुर केवट, ज्ञानु बगाले, महारजिया थारु, डिल्लीराम थारु, तुल बहादुर बि.क., पुनम बि.क., सुरेन्द्र सिंह कुर्मी, शान्ता ज्ञवाली, विजय शर्मा, भूवन बहादुर राना र मिना क्षेत्रीले पालिकाको बजेट सिंचाईमा प्राथमिकता दिइनु पर्ने, नदीजन्य पदार्थको उत्खननमा अनिमित्ता र चरम दोहन, चेतना अभिबृद्धि सम्बन्धी तालिम, लागत अनुमान बमोजिम योजनाको अनुगमन, समावेशी र समानुपातिक योजना र बजेट विनियोजन, विमा, सिंचाई पम्पसेट वितरणमा प्राथमिकता लगायत बिषयमा बोल्नु भएको थियो।

