८ असार, कञ्चन
रुपन्देहीको कञ्चनमा नेपाल सरकारका भूमि व्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आकस्मिक रुपमा भेटघाट गर्नुभएको छ। आफ्नो गृह जिल्ला कपिलबस्तुको एक कार्यक्रममा सहभागी भएर काठमाण्डौ फर्किनेक्रममा रुपन्देहीको कञ्चन गाउँपालिकामा आउनु भएको हो।
मन्त्री अधिकारीले कञ्चनमा आएर राष्ट्रिय भूमि आयोगद्वारा कञ्चनका करिब १५ हजार भूमिहिन सुकुमवासी, भूमिहिन दलित तथा अव्यबस्थित बसोबासीहरुलाई लालपूर्जा दिने अन्तिम तयारी भइरहेको सन्दर्भमा लालपूर्जाको तयारी, फिल्ड बुक उतार्ने काम, अन्तिम नक्सांकन गर्ने जस्ता कार्यहरुको प्रगतीबारे बुझ्नु भएको छ।
पालिका अध्यक्ष नवराज ढकालले मन्त्री अधिकारीलाई पालिकामा स्वागत गर्दै भूमिहिन सुकुमवासी, भूमिहिन दलित तथा अव्यबस्थित बसोबासीहरुलाई अर्थ तथा उपप्रधानमन्त्री बिष्णु पौडेल, विभागिय मन्त्रीको रुपमा भूमि व्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी, राष्ट्रिय भूमि आयोगका अध्यक्ष, जिल्ला भूमि आयोगका अध्यक्ष लगायतको उपस्थितिमा लालपूर्जा वितरण गर्ने तययारी भइरहेको जानकारी दिनु भएको थियो। अध्यक्ष ढकालले वडा नं. ५ को करिब २००० कित्ताका ६२४ जना अब्यबस्थित बसोवासीहरुको फिल्ड बुक उतार्ने, पारिवारिक विवरण सहित लालपूर्जा बनाउने कार्य सम्पन्न भइरहेको जानकारी दिदैं वितरणको अन्तिम तयारी भएको र मन्त्री ज्यूहरुको समय मिल्नासाथ वितरण गरिने समेत अध्यक्ष ढकालले बताउनु भएको थियो।
अध्यक्ष ढकालले वडा नं. ५ पछि कञ्चनका सबै वडाका करिब १० हजार कित्ताको प्रविधिकरण, चारकिल्लाको प्रमाणिकरण सहित तथ्यांक प्रविष्ट गर्ने कार्य पुरा भई हकदावीको सूचना प्रकासन गर्ने कार्यको तयारी भइरहेको समेत विभागिय मन्त्रीको रुपमा रहनु भएका भूमि व्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीलाई अवगत गराउनु भएको थियो।
यस्तै प्रमुख प्रशासकिय अधिकृत माधवराज पोख्रेलले कञ्चनवासीलाई सरकारको नीति, कानुन र कार्यविधि र राष्ट्रिय भूमि आयोग अधिकार अन्तर्गत यथासक्य लालपूर्जा वितरणको तयारी भइरहेको बताउनु भयो। यसैगरी कार्यपालिका सदस्य तथा प्रवक्ता चित्र तुलाचनले ६० औं बर्षदेखि आमोतकमोत गर्दै आएका कञ्चनका भूमिहिन दलित, भूमिहिन सुकुमवासी तथा अब्यबस्थित बसोवासीलाई लालपूर्जा उपलब्ध गराउने समय मिलाउन मन्त्री ज्यूहरुले समय यथासक्य व्यवस्थापन गर्न आग्रह गर्नु भएको थियो।
मन्त्री अधिकारीले जनप्रतिनीधि, कर्मचारी, राष्ट्रिय भूमि आयोगबाट कञ्चनका लागि खटिएका टोलाी प्रमुख, सर्भेक्षक, अमिन लगायतसंग अब्यबस्थित बसोवासीहरुका लागि भूमि व्यबस्थापनका लागि भइरहेका कार्य प्रगतीवारे जानकारी लिनु भएको थियो।
भेटघाट कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्ग, वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेल, कार्यपालिका सदस्यहरु सुशिला थापा, रञ्जना थारु, सुशिला थापा र कुमारी घर्ति, विज्ञ समूहहरु लगायतको सहभागीता थियो।