३ असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले आगामी आ.व. २०८२/०८३ का लागि "एक वडा एक बाली उत्पादन" भन्ने नारा सहित बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। रुपन्देहीको १६ वटा स्थानीय तह मध्ये कञ्चनले आगामी बर्षका लागि सबैभन्दा पहिले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
पालिकाको १८ औं गाउँसभा मार्फत पालिका अध्यक्ष नवराज ढकालले "समुन्नत कञ्चन, सुखी कञ्चनवासी" भन्ने नारालाई सार्थक तुल्याउने दर्जनभन्दा बढी महत्वाकांक्षा सहित बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो। अध्यक्ष ढकालले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यबस्थाको माध्यमद्वारा सावैभौमसत्ता सम्पन्न नेपाली जनताको दीगो शान्ति, सुशासन, बिकास र समेद्धिको आकांक्षा पुरा गर्न नेपालको संविधानले व्यबस्था गरेको संघ, प्रदेश र स्थानीय तहकाृ सरकारको रुपमा रहेको कञ्चनले आफ्नो पालिकाको १८ औं गाउँसभा मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।

पालिकाको बार्षिक नीति तथा कार्यक्रममा "हाम्रो कञ्चन" नामक स्थानीय पाठ्यक्रम मार्फत विद्यालय तहबाटै कञ्चनको ऐतिहासिक, धार्मिक तथा सांस्कृति सम्पदाहरुको संरक्षण र प्रबर्द्धन गर्न स्थानीय पाठ्यक्रमको लेखन तथा प्रकाशन गरी कार्यान्वयन गर्न लागिएको र त्यसका लागि शिक्षक तथा कर्मचारीहरुको क्षमता बिकासका लागि विभिन्न तालिम तथा क्षमता बिकासका कार्यक्रमहरु संचालन गर्ने नीति अख्तियार गरिएको अध्यक्ष्ँ ढकालले पालिकाको बार्षिक नीति तथा कार्यक्रमम उल्लेख गर्नु भएको छ।

अध्यक्ष ढकालले नीति तथा कार्यक्रम मार्फत कञ्चनलाई कृषि उतपादनमा आत्मनिर्भर बनाउन "तरकारी मुल्य श्रृंखला परियोजना", "आफ्नै उत्पादन खाउँ, कञ्चनमै रमाउँ", "घर घरमा प्राविधिक सेवा उत्पादनमा टेवा", "बाली विमा", "पालिकाले सोंचेका, कृषकले रोजेको", "पशुहरुमा नश्ल सुधार, उत्पादन बृद्धिको आधार", "मागमा आधारित पशुपन्छी बिकास कार्यक्रम" जस्ता लोकप्रिय र महत्वाकांक्षी नारा ससार्वजनिक गर्नु भएको छ।

यस्तै श्रम तथा रोजगार तर्फ प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत सबै घरधुरीमा रोजगारीको अवस्था अभिलेखीकरण गरी बेरोजगार व्यक्तीहरुको व्यबस्थित अभिलेख तयार गरी सूचिकृत बेरोजगार व्यक्तीहरुलाई कार्यस्थलमा तालिम सहित रोजगार यपलब्ध गराउने, बैदेशिक रोजगारलाई थप व्यबस्थित, मर्यादित, भरपर्दो र सहज बनाउन व्यक्तीगत श्रम स्विकृति र पुनः श्रम स्विकृति प्रदान सम्बन्धी कार्य रोजगार सेवा केन्द्रबाट गरिने नीति अख्तियार गरिएको, "एक परिवार एक रोजगार", "श्रमको सम्मान", "राष्ट्रको अभियान, श्रम संसार" जस्ता कार्यक्रमहरु पनि अध्यक्ष ढकालले सावजैजनिक गर्नु भएको छ।

पर्यटन तर्फ भने अतिथि देवोः भवः भन्ने संस्कारलाई कायम राख्न स्थानीय स्तरमा होम स्टे संचालनमा प्रोत्साहन गरी कञ्चनमा रहेको विभिन्न पर्यटकीय स्थलहरुको प्रबर्द्धनमा बिशेष जोड दिइने उल्लेख गरिएको छ। यसैगरी कञ्चनमा रहेका सहकारी तथा वित्तिय संघ संस्थाहरुलाई कञ्चनको बिकाससंग जोड्न नियमन र अनुगमनलाई बढी प्राथमिकता दिइने बार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा परम्परागत सीप र उद्योगहरु संचालन गर्ने व्यबसायीहरुलाई व्यबस्थित गर्दै उनिहरुको सीप र क्षमतालाई संरक्षण गर्दै लगिने पालिकाको उद्योग तथा वाणिज्य नीतिमा उल्लेख गरिएको छ। महिलाहरुलाई उद्यमशिल बनाउन आय आर्जन र स्वरोजगार बनाउनका लागि मागमा आधारित तालिम संचालन गर्ने, उद्यमशिलताको बिकास गर्न "गरिवी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम" संचालन गर्ने, दलित, आदीवासी जनजात, सीमान्तकृत समुदायका महिला, अपांगता भएका व्यक्ती, एकल महिलाहरुलाई पालिकाले संचालन गर्ने सीपमुलक तालिमहरुमा पहिलो प्राथमिकता दिने नीति सार्वजनिक गरिएको छ।

पालिकाको बार्षिक नीति तथा कार्यक्रमममा आगामी बर्षमा पनि सामुदायिक बिद्यालयका कर्मचारी, शिक्षक, तथा बालविकास सहजकर्ताहरुलाई दिइदै आएको न्युनतम पारिश्रमिकलाई निरन्तरता दिइने भएको छ। यस्तै सामुदायिक विद्यालयहरुमा अध्ययनरत सबै छात्राहरुलाई आवस्यक पर्ने सेनेटरी प्याड निःशुल्क गराइनुका साथै छात्रा, दलित तथा अपांगता भएका विद्यार्थीहरुलाई दिइदै आइरहेको छात्रावृत्तिलाई पनि निरन्तरता दिइएको छ।

अध्यक्ष ढकालले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता संचालनका लागि प्रोत्साहन गरिनुका साथै राष्ट्रिय अन्तराष्ट्रिय, प्रदेश तथा जिल्ला स्तरीय खेलमा पदक तथा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिइएको छ। यस्तै स्वास्थ्य तर्फ भने पोषण बिशेष कार्यक्रम संचालन गरि पालिकालाई "पोषण मैत्री स्थानीय तहको रुपमा बिकास गर्ने", "पुर्ण खोपयुक्त पालिका सुनिश्चित्तता र दीगोपनाको लागि बिशेष कार्यक्रम" सहित "स्वस्थ कञ्चन, समृद्ध कञ्चन", "सुत्करीसंग उपाध्यक्ष कार्यक्रमम", "अध्यक्षसंग स्वस्थ शिशु देखि जेष्ठ नागरिकसम्म "जस्ता नारा सहित कार्यक्रम सावैजनिक भएको छ।

यस्तै कञ्चनमा रहेका भाष कला र संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि विभिन्न सामग्रीहरुको उत्पादन तथा वितरण गरी विभिन्न जातजातीको परमपरा, संस्कृति पहिचान गरी जातीय र भाषिक पहिचान दिने परमपरागत उतपादनहरुलाई पालिकाले प्रााथमिकता दिने भएको छ।

अध्यक्ष ढकालले "अध्यक्षसंग बालबालिका कार्यक्रम", "विकटलाई निकट", "सेवाको वरीपरी जनता होइन, जनताको वरीपरी सेवा", "नागरिकका लागि मुस्कान सहितको सेवा", "मैले तिरेको कर मेरै बिकासका लागि", "कर तिर्नु कर्तब्य मात्र नभई गौरव पनि हो" जस्ता अति महत्वाकांक्षी नारा र कार्यक्रम पनि अध्यक्ष ढकालले सार्वजनिक गर्नु भएको छ।

आज बसेको पालिकाको १८ औं गाउँसभाको पहिलो बैठकले नै अध्यक्ष ढकालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पास गरेको छ। सभामा शुन्य समय लिएर गाउँसभासद बिष्णु थारु, भरतलाल यादव, श्रीमाया नेपाली, रुम बहादुर पुन, लेखा राहादीले पालिकाको समयसामयिक बिकास योजनाबारे बोल्नु भएको थियो भने गाउँसभा सदस्य टीकाराम सापकोटा, कुमारी घर्ति र मिना बि.ले शुभकामना मन्तव्य सहित सभामा प्रस्तुत नीति तथा कार्यक्रमको पक्षमा बोल्नु भएको थियो।
१८ औं गाउँसभाको दोश्रो बैठक आगामी असार १० गते बिहान ११ बजे बस्नेगरी समय निर्धारण गरिएको छ।
बार्षिक नीति तथा कार्यक्रमको पुरा पाठ