२२ जेठ, कञ्चन
रुपन्देहीको कञ्चनमा यही जेठ १५ गते देखि २१ गते सम्म सञ्चालित कञ्चनका सहकारी संस्थामा आवद्ध पदाधिकारीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न हिजो बुधवार भएको छ। तालिममा सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो।
तालिमको समापन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले सहकारीको नियमन भन्दा पनि पालिकाको सहकारी ऐन, संघीय एन, कानुन, निेर्देशन र मापदण्डहरुको अक्षरस पालना गर्नसकेमात्र कुनै पनि दण्ड तथा सजायको भागिदार हुनु नपर्ने उल्लेख गर्नुभयो। कञ्चनमा रहेका सहकारीलाई समयानुकुल अद्यावधिक गरी सहकारी संचलन र ब्यबस्थापनमा पारदर्शिता, मितव्ययिता र जोखिम न्युनिकरणमा सहयोग पुर्याउन पालिकाले तालिमका लागि बजेट ब्यबस्थापन गरिएको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले सहकारीको सदस्य वा पदाधिकारी तथा कर्मचारी हुनुपूर्व आफुले अपनाउनु पर्ने विभिन्न मापदण्डहरुको अध्ययन जरुरी रहेको बताउनु भयो। संघीय सरहकार, प्रदेश र स्थानीय सरकारहरुबाट जारी भएका विभिन्न नियम, कानुन, एन, कार्यविधि र निर्देशिकाहरुको अधिक्तम पालना गर्न र गराउनु पालिकाको जिम्मोवारी भएकोले पनि तालिमले सहकारी अभियानकर्मीहरुलाई अद्यावधिक हुनमा सहयोग पुग्ने बिचार उपाध्यक्ष थापा मगरले बताउनु भयो।

कार्यक्रमको समापन गर्दै जिल्ला सहकारी संघ, रुपन्देहीका अध्यक्ष भिम तुलाचनले एक दुईवटा सहकारी संंस्था भित्र देखिएको बेथितिले व्यबस्थित रुपमा सञ्चाललन भएका हजारौं सहकारी संस्थाहरुलाई हेर्नृ दृष्टिकोण पनि गलत स्थापित भइरहेको सन्दर्भमा कञ्चनमा संचालन भएको तालिमले पुनर्ताजगी बनाउन सहयोग पुगेको उल्लेख गर्नुभयो। जिल्ला सहकारी सं३ले अव छिटै नै सहकारीका सम्पुर्ण पदाधिकारी, कर्मचारीहरुको बृहत सम्मेलन गर्ने तयारी गरीरहेको जानकारी दिदै हरेक सहकारीहरु नियामक निकाय प्रति सदैव जवाफदेही र उत्तरदायी बन्नु पर्नेमा अध्यक्ष तुलाचनले आग्रह गर्नुभयो।
तालिम समापन पूर्व कञ्चन सहकारी सञ्जालको आयोजनामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको र उक्र कार्यक्रममा ३३ युनिट रगत संकलन भएको सञ्जालका सचिव बिष्णु पौडेलले जाकारी दिनुभयो।

जिल्ला सहकारी संघ, रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनको अध्यक्षतमा भएको कार्यक्रमा सहभागीहरुको तर्फबाट नमस्ते बचत तथा ऋण सहकारी संस्थाका चिन्तामणी शर्माले तालिमको अनुभव बताउनु भएको थियो। जिल्ला सहकारी संघ रुपन्देहीको आयोजना, कञ्चन गाउँपालिकाको आर्थिक सहयोग तथा कञ्चन सहकारी सञ्जालको समन्वय तथा व्यबस्थापनमा सञ्चालित तालिम कञ्चन गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।
तालिममा दामोदर पंगेनी, कमलकान्त खनाल, नारयण बेलवासे, माधवराज पाख्रेल, गिरी अर्याल, विनोद पराजुली, दल बहादुर गुरुङ्ग, लिलाकुमारी पौडेल लगायत प्रशिक्षकहरुले प्रशिक्षण दिनु भएको थियो।