२० जेठ, कञ्चन
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको कबिर १८,२१,५६५ रुपैया बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवार मायादेवी गाउँपालिका वडा नं.६ मोतिपुरमा लु २ च ७३२१ नम्बरको पिकअपमा अबैध रुपमा ल्याउदै गरेको करिब १,२०,००० रुपैया बराबरको २ वटा भैसी, १ वटा पाडा र १ पाडी र पिकअप गाडीको करिब ८,५०,००० रुपैया समेत गरी ९,७०,०००। रुपैया बराबरको पशुचौपाया र पिकअप चालक सहित रोहिणी गाउँपालिका वडा नं.३ सिसहनिया बस्ने बर्ष २६ को धिरेन्द्र प्रसाद मल्लाहलाई नियन्त्रण लिई गाडी समेत भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकाारी तथा प्रहरी नायव उपरीक्षक सूरज कार्कीले जानकारी दिनु भएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवार सिद्धार्थनगर नगरपालिका वडा नं.१ बेलहिया र लुम्बिनी साँस्कृतिक न.पा.३ र ४बाट डाटा केवल २ प्याकेट, मिनी अटो साउण्ड बस १० पिस, एयरबोट २६ पिस, स्मार्ट घडी १९ पिस, सादा मोबाईल १ थान, चिनि ७५० के.जी., बोइलर कुखुरा ४० पिस, लु २७ प १४२४ नं. को मोटरसाईकल गरी करिब १,६९,५०० रुपैया बराबरको सामान बरामद गरेको छ।
यस्तै इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले हिजो नै मायादेवी गाउँपलिका वडा नं. ६ बेथरीपुलबाट लु २ च ३६७४ नं. को पिकअप गाडीमा अबैध रुपमा ल्याउदै गरेको ४ वटा भैंसी, १ वटा पाडी गरी करिब १,३०,००० रुपैया बराबर र पिकअप गाडीको करिब ५,००,००० रुपैया समेत गरी ६,३०,००० रुपैया बराबरको पशुचौपाया र गाडी सहित पिकअप चालक देवदह न.पा. ११ बस्ने बर्ष २६ को बिशाल चौधरी, पिकअपमा सवार सोही स्थान बस्ने बर्ष ३६ को रजिन्दर यादव समेतलाई नियन्त्रणमा लिई भन्सार कार्यालय भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकाारी तथा प्रहरी नायव उपरीक्षक सूरज कार्कीले जानकारी दिनु भएको छ ।
यसैगरी वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरमा करिब ५२,०६५ रुपैया बराबरको लेडिज सुट १५ पिस र किराना सामान वरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।