१७ जेठ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा सामाजिक समावेशीकरण र दलित विकास रणनीति निर्माणका लागि कञ्चन गाउँपालिका स्तरीय प्रारम्भिक मस्यौदा माथि छलफल एवं अभिमुखिकरण कार्याशाला गोष्ठी हिजो शुक्रवार सम्पन्न भएको छ।
गोष्ठीमा राज्यको हरेक निकायहरुमा दलितहरुको सहज पहुँचका लागि नीतिगत मूलधारमा समावेशी दृष्टिकोण समावेश गर्ने, बिषयगत क्षेत्रानुसार समावेशशी मापदण्ड बिकास गर्ने, समान पहुँच र प्रतिनीधित्वको सुनिश्चितता गर्ने, समावेशी शिक्षा र जनचेतना कार्यक्रम सञ्चालन गर्ने लगायत बिभिन्न आठवटा बिषयहरुमा छलफल सहित अभिमुखीकरण गरिएको थियो।
गोष्ठीमा आफ्नो बिचार राख्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले दलित तथा आर्थिक, सामाजिक, शैक्षिक र राजनैतिक लगायतबाट पछाडी परेका समुदायहरुले समेत यो मेरो स्थानीय तह हो, यसले मेरो हक अधिकार र सामाजिक सुरक्षाको ज्ञारेण्टी समेत गर्न सक्छ भन्ने बिश्वास र अपनत्व दिलाउन पालिकाले नीति, विधि, ऐन तथा कानुन बमोजिम कार्यान्वयन गर्दै आइरहेको र कहिकतै समस्या दृखएमा त्यसको समाधान आफसी सल्लाह र समन्वयमा कार्य अगाडी बढाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत माधवराज पोखरेलले पनि दलित तथा सिमान्तकृत समुदायलाई उनिहरुको क्षमता, नेतृत्व र व्यक्तीत्व बिकासका लागि शिक्षा स्वास्थ्य रोजगारी, सीप बिकास गर्न आवस्यक रहेको बिचार व्यक्त गर्नुभयो।
यस्तै वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गले पनि पालिका तथा वडा तहको बिभिन्न कार्यक्रम तथा योजनाहरुमा दलित समुदायको प्रतिनीधित्वलाई सुनिश्चितता कायम गर्न आफु सदैव सचेत रहदै आइरहेको बताउनु भयो।
राज्यले सञ्चालन गर्ने बिभिन्न कार्यक्रम, योजना, बिकास तथा नीति निर्माण गर्ने जस्ता पक्षहरुमा दलित समुदायको अधिक्तम सहभागिता जनाएर आफ्नो हक अधिकार र कर्तव्यका सवालहरुमा पनि नियमित पैरवी र वकालत गर्न सक्ने बनाउन उनिहरुलाई शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक रुपमा समेत सवल बनाउन आवस्यक रहेको बताउदै कार्यत्रपालिका सदस्य कुमारी घर्तिले स्थानीय तहको विभिन्न ऐन, निर्देशिका, कार्यविधि बनाउदा दलितहरुको ह अधकिारका सवालहरु नछुटोस भनेर गोष्ठी सञ्चालन गरिएको बताउनु भयो।
कार्यक्रममा कार्यपालिका सदस्य कुमारी घर्ति, नेपाली काङ्ग्रेसका देविराम रेग्मी, नेकपा एमालेका नन्द बहादुर खडकाथोकी, राष्ट्रिय जनमोर्चाका प्रजापति सापकोटा, नेकपा माओवादी केन्द्रका हस्त बहादुर सावँर लगायत सरोकारवालाहरुले दलित समुदायलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन आवस्यक भएको र दलित समुदायले पनि संविधानले दिएको अधिकारलाई अधिक्तम उपयोग गर्नु पर्ने बिचार राखेका थिए।
कञ्चन गाउँपालिकाको आयोजना तथा सामुदायिक जागरण बिकास मञ्च रुपन्देहीको व्यबस्थापनमा भएको उक्त कार्यशाला गोष्ठीमा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक रवि सेञ्चुरीले अभिमुखीकरण गर्नु भएको थियो।
सामुदायिक जागरण बिकास मञ्च रुपन्देहीका अध्यक्ष राम बहादुर विश्कर्माको अध्यक्षतामा भएको कार्यक्रममा कृष्ण बहादुर बि.क.ले सञ्चालन गर्नु भएको थियो। दियो सभाहलमा सम्पन्न भएको कार्यक्रममा राज्यको हरेक निकाय, कार्यक्रम र योजनाहरुमा दलितहरुको सहभागिताको सुनिश्चितताका लागि पालिका तहमा निर्माण हुने विभिन्न ऐन, कार्यविधिहरुरुमा समावेश हुनुपर्ने दलितका सवालहरुबारे नीति तथा कार्यनीतिबारे अन्तरकृयात्मक छलफल समेत भएको थियो।