१५ जेठ, कञ्चन
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको करिब १९ लाख ८० हजार १०४ रुपैया बरावरको सामान बरामद गरेको छ।
बरामद गरिएका सामान तथा कुखुरालाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले यही जेठ १२ र १३ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अंचलपुरबाट बेवारिसे अवस्थामा रहेको कफि ३ कुन्टल, सरफ ३ पोका, मिठाइ, चिनि १७५ के.जि., र ९० जोर लेडिज चप्पल गरी करिब ३,२६,५०० रुपैया बराबरको सामान बरामद गरेको हो।
यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाटै खटिएको प्रहरी टोलीले जेठ १३ गते जिल्ला रुपन्देही लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं. ७ भगतपुरबाट लु ४३ प ९५४२ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा ६२ पिस बोईलर कुखुरा र मोटर साइकल सहित करिब १,१०,९५० रुपैया बराबरको कुखुरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय सुर्यपुरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले यही जेठ १२ गते गते जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ३ बाट लु ५ प १७२९ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा चिनि, चियापत्ति, जिरा, नरिवल, पास्ता, चक्लेट, गरि करिब १,२२,९६० रुपैया बराबरको सामान रइलाका प्रहरी कार्यालय मझगाँवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले यही जेठ १२ गते जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका वडा नं. ६ बोगडीघाटबाट भन्सार छलि ल्याई बेबारीसे अवस्थामा रहेको आलु २ कुन्टल, कागति ४० के.जी., प्याज २५० के.जी. गरी २५,३०० रुपैया बराबरको सामान बरामद गरेको छ।
यसैगरी इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले यही जेठ १३ गते जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ६ गुरबनियाबाट लु ५ प ९२१८ नम्बरको मोटरसाइकलमा मोटरसाईकल सहित करिब २७,००० रुपैया बराबरको ३ बोरा चिनी र वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जेठ १२ गते जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरबाट कुर्ती सेट ५२ पिस, कुर्ती पिस ३५, सल १७९ पिस र रोल कपडा ६५० मिटर कपडाहरु लगायत मिठाई तथा किराना सामानहरु गरी करिब २,५४,६४४ रुपैया बराबरको बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।
प्रहरी चौकी चनौलिबगाहा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले १३ गते जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. १ श्रीरामपुरमा बेबारिसे अबस्थामा रहेको करिब ९,६०,००० रुपैया बराबरको Fourderm (फोरडम्) नामको ३८४० पिस औषधी र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति जेठ १३ गते जिल्ला रुपन्देही लुम्बिनी सांकृतिक नगरपालिका वडा नं. १३ ओडवलियाबाट माउन्टेन्ट डिउ, स्प्राईट, कुसन गरी १९,९५० रुपैया बराबरको सामान बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी पिप्रहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जेठ १२ गते जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ६ बिष्णुपुराबाटअन्दाजी ६० किलो बराबर रहेको करिब २४,००० रुपैया बराबरको २४ पिस बोईलर कुखुरा र प्रहरी चौकी ठर्की रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ६ ठर्काबाट लु ३ प ४६०६ नम्वरको मोटरसाईकलमा करिब ९६ किलोको ३२ पिस बोईलर कुखुरा र मोटरसाईकल सहित करिब ४८,८०० रुपैया बराबरको वरामद गरेको छ।
अस्थायी प्रहरी चौकी ड्राईभरटोल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जेठ १३ गते जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ३ शंकनगरमा लु १७ प १२३८ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको बिल नभएका १० क्यारेट लिची र २ बोरा खुर्सानी र मोटरसाईकल सहित ५४,००० रुपैया बराबरको सामान र अस्थायी प्रहरी बिट गल्लामण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जेठ १२ गते जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ गल्लामण्डीबाट बेवारिसे अवस्थामा रहेको करिब ६,००० रुपैया बराबरको ३ बोरा चिनि बराबरको बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।