१५ जेठ, कञ्चन
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ९ मा बालमैत्री स्थानीय शासन तथा वडा घोषणा सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। गैडहवा किशोर किशोरी युवा साथी संजालको आयोजना, गैडहवा गाउापालिका वडा नं. ९ को आर्थिक सहयोग तथा सुनगाभा सामुदायिका विकास केन्द्रको समन्वयमा सञ्चालित उक्त तालिममा गैडहवाका आमा समूह, युवा क्लवका प्रतिनीधि, अभिभावक, टोल बिकास संस्थाका प्रतिनीधि, विद्यार्थी, जनप्रतिनीधि, बाल क्लव, साथी सञ्जाल र सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

तालिममा सहभागी सरोकारवालहरुलाई सम्बोधन गर्दै गैडहवा गाउापालिकाका वडा अध्यक्ष मिना क्षेत्रीले आफ्नो वडालाई बालमैत्री बनाउन पालिका, प्रदेश र संघको नीति, कार्यक्रमा, कार्यविधि, निर्देशिका, ऐन नियमले दिएको अधिकारलाई अधिक्तम उपयोग गर्न सकिने बताउनु भयो। पालिकाको ऐन, नियम, कानुन, कार्यविधिलाई उपयोग गरेर वडालाई बालमैत्री वडा बनाउनका लागि आफु सदैव तत्पर रहिरहेको र आफ्नो वडालाई बालमैत्री बनाइरहेको समेत वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो।

वडा अध्यक्ष क्षेत्रीले दुईदिनसम्म आफुले सिकेको बिषयबस्तुबारे आफ्नो गाउ, समाज र आफु आवद्ध समूह र संघ संस्थामा समेत बालमैत्रीकाारे वकालत र पैरवीको अभ्यासलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो। यस्तै वडा सचिव पार्वती ज्ञवालीले स्थानीय तह सञ्चालन कार्यविधि, ऐन र कानुनले दिएको क्षेत्राधिकारलाई आत्मसात गरेर वडालाई बालमैत्री वडा बनाउनमा सबैको साथ, समन्वय, सहयोग आवस्यक पर्ने बिचार व्यक्त गर्नुभयो।

गैडहवा किशोर किशोरी युवा सञ्जालका उपाध्यक्ष तथा हामी सक्छौं साथी सञ्जालका अध्यक्ष समिक्षा सिंजालीको अध्यक्षता तथा पुजा सुनारको सञ्चालनमा भएको कार्यक्रममा सुनगाभा सामुदयिक बिकास केन्द्रका प्रदीप केवटले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा वडा सदस्य सान्ता ज्ञवाली, पुनम सुनार महेन्द्र माध्यमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चेतनारायण पन्थी, प्रगती आमा समूहका लिलादेबी गिरी लगायतले पनि वडालाई बालमैत्री बनाउन सबैको साथ र पहल हुनुपर्ने बताउदै आजका बालबालिकाहरुलाई समाज रुपान्तरणको अभिन्न अंग बनाउन उनिहरुलाई आजैदेखि नैतिक, सामाजिक र सभ्य बनाउदै जानु पर्ने बिचार व्यक्त गरेका थिए।
कार्यक्रममा वविता सुनारले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण ग्रेजुएट फोरम सहजकर्ता सुशिला क्षेत्रीले गर्नु भएको थियो।
