१५ जेठ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले आगामी आ.व. २०८२०८३ को बार्षिक नीति कार्यक्रम तथा बजेटमाथी स्थानीय सरोकारवालाहरु बिच छलफल गरेको छ। कार्यक्रममा राजनैतिक दल, बिभिन्न टोल बिकास संस्थाका अध्यक्ष, बिभिन्न संघ संस्थाका प्रतिनीधि, सामुदायिक बन, खानेपानी उपभोक्ता समूह, विद्यायल ब्यबस्थापन समितिका प्रतिनीधि लगायत सरोकारवालाहरुको सहभगिता रहेको थियो।
पालिकाको बार्षिक नीति कार्यक्रम तथा बजेटबारे जानकारी दिदै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिकाको आन्तरिक आम्दानीको श्रोत बृद्धि गर्ने क्षेत्र बढी नभएको सिमिति श्रोत साधनहरुबााट राजस्व बृद्धि गर्ने अवस्था तत्काल नभएकोले प्रदेश र संघको नीति, कार्यक्रम, विधि र परिधि भित्र रहेर आउने बजेटले पालिकाको असिमित आवस्यकता र कञ्चनवासीको योजना अनुसारको मगरलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको बताउनु भयो।
कार्यक्रममा नेपाली कांग्रेसका देविराम रेग्मी, नेकपा एमालेका दिनानाथ आचार्य, उमा ढकाल, नेकपा माओवादीका विनोद कुमार पुन, पुष्पराज शर्मा, हिरा बहादुर रोका, रास्वपाका प्रेमचन्द्य्र पोख्रेल, गोपाल घिमिरे लगायतले ऐन नियम, निर्देशिका, कार्यविधि र मापदण्डलाई अधिक्तम उपयोग गरेर स्थानीय तहको सुशशासनलाई प्राथमिकता दिनु पर्ने, शिक्षा स्वास्थ्य, कृषि, फोहोर, सडक, उर्जा, र विपतको व्यबस्थापन, स्थानीय विाद समाधान निरुपण, नियमित स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउन स्वास्थ्य चौकीहरुबाटै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, घरमै कुहिने र नकुहिने फोहोरको पहिचान र त्यसको व्यबस्थापन, घरमै कम्पोष्ट मल उत्पादनमा जोड दिनु पर्ने जस्ता बिषयहरुमा सुझाव प्रस्तुत गरेका थिए।
यस्तै सोही कार्यक्रममा डिलाराम थापा, लोक बहादुर सूर्यबंशी, जिजय पौडेल, जुनु थापा, केशव बहादुर गाहा, कमल कार्की, प्रेमनारायण घिमिरे, गोम कार्की टण्डन, पार्वती पौडेल लगायतले पनि पालिकाको अवको नीति, कार्यक्रा तथा बजेटमा उत्पादनमुलक क्षेत्रमा लगानी, उद्यमशिलतामा आधारित तालिम, गोष्ठी सेमीनार सञ्चालन गर्नुपर्ने, बिेदशबाट फर्केर आएकाहरुलाई आफ्नै गाउँमै उद्योग तथा श्रममुखी नीति कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने, ढल निकास, बन, जल पर्यटनको सम्भावना बोकेको स्थानीय तह भएकाले कञ्चनका पर्यटकीय क्षेत्रहरुको सम्बद्र्धन र प्रबर्द्धनमा लगानी, कृषिमा सिंचाई लगायत बिषयलाई पनि बढी प्राथमिकता दिनु पर्नेमा जोड दिएका थिए।
कञ्चन गाउापालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्ष्ँतामा भएको कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनलाई हरेक क्षेत्रबाट समृद्ध बनाउन सबैको सहयोग, सल्लाह, समन्वय र सहकार्य आवस्यक पर्ने विचार व्यक्त गर्दै सरोकारवालाहरुबाट सुझावहरुलाई अधिक्तम रुपमा सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।
प्रमुख प्रशासकिय अधिकृत माधवराज पाखरेले कार्यक्रमको औचित्यताबारे जाकारी दिदै कञ्चनको समुचित र समानुपातिक बिकासलाई बढी प्राथमिकतामा राखेर बनाईने हरेक नीति, कार्यक्रम र बजेटको अपनत्व स्थानीयहरुकै हुने गरी योजना सञ्चालन गर्न पालिका सदैव सकारत्मक रहदै आइरहेको बताउनु भयो।
कार्यक्रममा प्रशासन प्रमुख गिरीराज अर्यालले सहजिकरण गर्नु भएको थियो।