११ जेठ, कञ्चन
रुपन्देहीको कञ्चनमा दानापुर मेला शुरु भएको छ। मेलामा राष्ट्रियस्तरका चर्चित कलाकारहरु आउने भएका छन। चाँदनी युवा क्लव, कञ्चन १ दानापुरको आयोजनामा भएको मेला जेठ २२ गते सम्म सञ्चालन हुने छ।
मेलाको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले मेलाले स्थानीय कला संस्कृति र भाषा साहित्यको सम्बर्द्धन र पुस्तान्तरण गर्नु पर्ने बिचार व्यक्त गर्नुभयो। कुनै निहित व्यक्तीको व्यबसाय धान्न मेला तथा महोत्सवले सञ्चालन गर्ने प्रवृत्तिले त्यो ठाउँको व्यबसायमा ह्रास र स्थानीय कला संस्कृतिमा बिकृति निम्तिने खतराबाट आयोजक सतर्क हुनुपर्ने समेत अध्यक्ष ढकालले सचेत गराउनु भयो।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापककोटा, वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, दिलु पुन, टिका पुन, लोक बहादुर भूजेल, पूर्व वडा सदस्य दिलाराम थापा, नर बहादुर थापा, राजेन्द्र प्रसाद घर्ति, उम बहादुर थापा लगायतले मेला सञ्चालन गर्दा हुने अवाञ्छित कृयाकलापहरु देखि आयोजक संस्था बढी सतर्क हुदै मेलालाई भव्य र व्यबस्थित रुपमा सञ्चालन गर्न गाउँ गाउँमा प्रचार प्रसारमा बढी जोड दिन आग्रह गरेका थिए।
जनज्ज्योति माध्यमिक विद्यालय, कञ्चन १ दानापुर खेल मैदानमा सञ्चालन हुने सो मेलामा राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, सुलतान इदृशी, समीक्षा आधकारी,
माइला बा, रचना रिमाल, एलिना चौहान, खेम सेन्चुरी, श्याम राना, पुर्खे बा, बर्षा श्रेष्ठ, खुमन अधिकारी, सिलु गुरुङ, लक्ष्य बिश्वास, मिशन मगर लगायत कलाकारहरु आउने चाँदनी युवा क्लवका अध्यक्ष निमप्रसाद थापाले जानकारी दिनु भएको छ।
हरेक दिन साँझ ५ देखि राती ११ बजेसम्म मेला लाग्ने आयोजकले जनाएको छ।