३ जेठ, तिलोत्तमा/राज चौधरी
रुपन्देहीको तिलोत्तमामा दलितहरुका लागि नेतृत्व बिकास सम्बन्धी दुई दिने तालिम आज सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिका वडा नं. १२ को आयोजनामा भएको तालिममा ३५ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए।
तालिमको समापन गर्दै तिलोत्तमा नगरपालिका वडा नं. १२ का वडा सदस्य नागेश्वर यादवले सिकेका कुरा व्यबहारमा नउतारेसम्म तालिम लिनुको कुनै अर्थ नहुने बिचार व्यक्त गर्नु भएको छ। आफुले सिकेको सिपलाई जीवन उपयोगी बनाउन आफुभित्र रहेको अन्तरनिहित क्षमताको समेत पहिचान गर्न सक्नु पर्ने भन्दै यादवले नेतृत्वकर्ताहरुले आफुले आफुलाई कमजोर वा कमजोर समुदायको भनेर ग्लानी नगरी म पनि यही समाजको एक अभिन्न अंग हुँ भनेर समाजको हरेक कृयाकलापहरुमा सकृय सहभागिता जनाइरहनु पर्नेमा जोड दिनु भयो।
यसैगरी वडा सदस्य बिष्णु अधिकारी चौधरीले सिकाई कहिलै पुरा नहुने र सिकाईका नयाँ नयाँ चरणहरुसंग सदैव सात्क्षात्कार भएर आफुले जे जति सिकिएको छ त्यो कुरालाई व्यबहारमा लागु गर्दै जानु पर्नेमा जोड दिनु भयो। कुनै पनि संघ, संस्था, समूह, क्लवहरुले सञ्चालन गर्ने हरेक गतिबिधिहरुलाई सफल र आकर्षक रुपमा अगाडी बढाउन ती संस्थामा रहने व्यक्तीहरुमा निर्णय लेखन कला, प्रस्तावन लेखनकला, बैठकको आव्हान तथा सञ्चालन, स्पष्ट वक्ताको रुपमा बिकास गराउन वडा कार्यालयले लक्षित वर्गहरुका लागि नेतृत्व बिकास सम्बन्धी तालिमको आयोजना गरिएको वडा सदस्य चौधरीले बताउनु भयो।

कार्यक्रममा सहभागीहरुको तफैबाट रिता बि.क., हरिराम बि.क., बुद्धि बहादुर बि.क., सावित्रा बि.क., टेक बहादुर बि.क., माया सुनार र हेमलता हरिजनले तालिमबाट समाजमा देखा पर्ने हरेक परिस्थितिहरुलाई केलाएर सही र गलतको आधारमा निणर्य क्षमता प्रदर्शन गर्न सक्नु नेतृत्वमा हुनुपर्ने गुणहरुका बारेमा सिक्न र बुझ्न पाउदा खुशी लागेको अनुभव बताउनु भएको थियो। यसैगरी तालिममा टोल, समूह, क्लव तथा संघसंस्थामा नेतृत्व गर्दै गर्दा टोल, समूह, क्लव तथा संघसंस्थाहरुको बैठक कसरी आव्हान गर्ने, निर्णय कसरी लेख्ने, बैठकमा बैठकको प्रस्ताव कसरी र कसले प्रस्तुत गर्ने, कार्यक्रम कसरी सञ्चालन गर्ने, स्वागत तथा मन्तव्य कसरी व्यक्त गर्ने जस्ता आधारभूत बिषयबस्तुहरुबारे प्रयोगात्मक रुपमा सिक्ने अवसर दिएकोमा तिलोत्तमा नगरपालिका वडा नं. १२ लाई धन्यवाद समेत सहभागी प्रशिक्षार्थीहरुले व्यक्त गरेका थिए।
तिलोत्तमा नगरपालिका वडा नं. १२ को कार्यालय मक्रहरमा भएको तालिम समापन कार्यक्रमका अध्यक्षता वडा सदस्य उमा बि.क.ले गर्नु भएको थियो भने सञ्चालन वडा सचिव तोयश्वर चौधरीले गर्नुभएको थियो। हिजो र आज गरी दुई दिनसम्म सञ्चालन भएको तालिममा सञ्चारकर्मी राज चौधरीले प्रशिक्षण दिनु भएको थियो।