२३ बैशाख, कञ्चन
रुपन्देहीको कञ्चनमा भूमिहिन दलित भूमिहिन सुकुम्वासी र अव्यस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन भूमि सम्बन्धी समस्या समाधानका लागि कञ्चनका सरोकारवालाहरु बिच अन्तरकृया गरिएको छ।
कार्यक्रममा विभिन्न राजनैतिक दल, पूर्व जनप्रतिनिधी, टोल बिकास संस्थाका प्रतिनीधि, संघसंस्था र आम सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा रातो फारम भरेका र सुकुमवासी प्रमाणित भएकाले आवास वा कृषि वा जेजस्तो भएपनि निःशुल्क प्राप्त हुने हो वा होइन? होइन भने के कस्तो व्यबस्था छ? कुनै व्यक्तीको कालो पत्रे बाटोमा १ बिगाह मोहोडा ठूलो भएको तर आवासलाई ३ कट्ठा मात्र प्राप्त गर्ने भए बांकी कालोपत्रे सडकसंग जोडिएको जग्गा कुनमापदण्डमा राखिएको छ र सो जग्गाको राजस्व मुल्यांकन के कस्तो छ?, कुनै व्यक्तीको १ बिगाह पक्की सडकसंग जोडिएको अवस्थामा उसले ३ कट्ठा जग्गा आवासमा राखे पश्चात बांकी ररहेको १७ कट्ठा जग्गाको राजस्व गणना कसरी गरिएको छ? राजस्शव तिर्दा कति समयको सिमा तोकिएको छ ? तत्काल राजस्व तिर्न नसक्ने वा कित्ता अनुसार फरक फरक कित्ताको फरक फरक समयमा राजस्व तिर्ने व्यबस्था छ क िछैन, हकदावीको सूचना पछि पनि पूनः दावी विरोध गर्न पाइने हो वा होइन लगायत बिषयमा उठेको सरोकारवालाहरुले उठाएको बिषयमा कञ्चन गाउापालिकाका अध्यक्ष नवराज ढकालले स्पष्टीकरण दिनु भएको थियो।

सरोकारवालाहरुले उठाएको जिज्ञासाबारे प्रतिकृया दिदै कञ्चन गाउँपालिकाका अध्यक्ष नवारज ढकालले कञ्चनले गरेको भूमि सम्बन्धी मिहिन अध्ययन, जग्गाको मुल्यांकन, सरकार, जनप्रतिनीधि, सम्बन्धित मन्त्रालय, भूमि आयोगका पदाधिकारी, मालपोत कार्यलयका कर्मचारी, जिल्ला प्रशासनसंग नियमति रुपमा गरिएको नीतिगत तथा जनतालाई परेको व्यबहारिक समस्या समाधानका लागि भएको छलफल,बाट कञ्चनसंगै देशभरका सबै भूमिहिन दलित भूमिहिन सुकुम्वासी र अव्यस्थित बसोबासीहरुले निकै न्यून राजस्वमामा एक पटकका लागि बर्षौं देखि जोतभोग गर्दै आइरहेको जग्गाको स्वमित्व सहित जग्गाधनी पूजा पाउने भएको बताउनु भयो। अध्यक्ष ढकालले अव कञ्चनका सबै भूमिहिन दलित भूमिहिन सुकुम्वासी र अव्यस्थित बसोबासीहरुले सहज रुपमा जग्गाधनी पूर्जा पाउने र त्यसका लागि कञ्चनका राजनैतिक दल, जनप्रतिनीधि र कर्मचारीहरुको सहयोग, सल्लाह र नियमित समन्वय र सहकार्यले बर्षौं देखि भोग चलन गर्दै आएको जमिनको भोगाधिकार सहितको जग्गाधनी पूर्जा पाउने अन्तिम समयमा आइपुगेको बताउनु भयो।


कञ्चनमा भूमिहिन दलित, भूमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोवासी गरी करिब १३ हजार भन्दा बढीले २०७७ सालमा गठित भूमि आयोगद्वारा लिएको लगत संकलनमा आवेदन भरेका थिए। यसभन्दा अघि पनि जग्गाधनी पूर्जा वितरणका लागि सम्पूर्ण तयारी भई वडा नं. ५ अन्तर्गत ६४५ घरधुरीको करिब १५ सय कित्ताको राजस्व मुल्यांकन सहित १५ दिने हकदावी सूचना प्रकाशित भइसकेको थियो। त्यसवेला राजस्व मुल्यांकन अत्याधिक भएको भन्दै कञ्चनका भूमिहिन दलित, भूमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोवासी सहित विभिन्न राजनैतिक दलहरुले समेत असन्तुष्ट जनाउदै विरोध जनाउदै राजस्वको पूनः मुल्यांकन गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र दिएका थिए।

यतिबेला कञ्चनवासीहरुले जग्गाधनी पूर्जा पाइने निश्चित भएपछि १५ दिने हकदावसी सूचनालाई निकै चासोका साथ अध्ययन गर्ने र एक अर्कामा खवर पुर्याउने कार्यले प्राथमिकता पाएको छ। कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको चुनावी घोषणा सभाहरुमा नै आफुले चुनाव जितेर भूमि सम्बन्धी कार्य थालनी गरेको १०० दिनमा कञ्चनवासीलाई जग्गाधनी पूर्जा दिलाउने प्रतिवद्धता जनाएका थिए।
राष्ट्रिय भूमि आयोगद्वारा प्रकाशित सूचना अनुसार आफ्नो जग्गाको राजस्व मुल्यांकन बैज्ञानिक र पारदर्शी नभएको, कञ्चनको मुल सडक र भित्री सडकसंग जोडिएको जग्गाको राजस्व मुल्यांकन एउटै भएको, एउटै सांध सिमानामा जोडिएको र एकै किसिम र परिमाणमा भएको जग्गाको राजस्व मुल्यांकनमा पनि फरक भएको थोरै जग्गा धेरै राजस्व धेरै जग्गा थोरै राजस्व मुल्यांकन भएको जस्ता बिषयहरुमा सरोकारवालाहरुलाई जानकारी गारउने उद्धेश्यका साथ कञ्चन गाउापालिका वडा नं. ५ को कार्यालयले सर्वपक्षिय अन्तरकृया कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा जिल्ला भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले देशभरका करिब १४ लाख भूमिहिन दलित, भूमिहिन सुकमवासी तथा अब्यबस्थित बसोबासीहरुले एक पटकका लागि सहज रुपमा जग्गाधनी पूर्जा पाउनेगरी सरकार तयारी गरेको सरकारको तयारीलाई मूर्त रुप दिन राष्ट्रिय भूमि आयोग र जिल्लागत आयोगहरुले कार्य गरिरहेको बताउनु भयो। देशभरमा भूमिहिन दलित, भूमिहिन सुकमवासी तथा अब्यबस्थित बसोबासीहरुलाई जग्गाधनी पूर्जाका लागि भइरहेको कार्यमध्ये कञ्चन गाउपालिकाको भूमि सम्बन्धी कार्यहरु करिब करिब सकिएको र कञ्चनमा सबैभन्दा छिटो लालपूर्जा उपलब्ध गराउने अध्यक्ष थापाले बताउनु भयो।

कार्यक्रममा नेपाली कांग्रेसका देविराम रेग्मी, नेकपा एमालेका दिनानाथ आचार्यल, भरतमणी सापकोटा, नेकपा माओवादी केन्द्रका पूष्पराज शर्मा, स्थानीय सरकोरवालाहरु हिमा बेलवासे, चन्द्रशेखर ढकाल, रञ्जित टोमाटा, आत्मराम पौडेल, राप्रसाद आचार्य, पुरन परियार लगायतले भूमि सम्बन्धी प्रतिनीधिमुलक समस्या र जिज्ञासा राखेका थिए।

कञ्चन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलको अध्यक्षता तथा वडा सचिव चोलाकान्त पौडेलको सञ्चालनमा वडा कार्यालयको सभाहलमा कार्यक्रम भएको थियो।