२५ चैत्र, कञ्चन
नेपाल आदीवासी जनजाती पत्रकार महासंघ फोनिज, लुम्बिनी प्रदेशको तेश्रो अधिबेशन हिजो आइतवार सम्पन्न भएको छ। अधिबेशनले दाङ्गका पत्रकार प्रेम बहादुर राम्जा मगरको अध्यक्षतामा १२ सदस्यिय नयाँ कार्य समिति गठन भएको छ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिकाको सभाहलमा भएको अधिबेशनबाट उपाध्यक्षमा जेबी दर्लामी (अर्घाखाँची) र बन्दना घर्ती (रोल्पा), महासचिवमा सनु थापामगर (रुपन्देही), सचिवमा सुजल श्रेष्ठ (प्युठान) र कोषाध्यक्षमा भगतराम थारु (बाँके)लाई सर्बसम्मत निर्वाचित हुनुभएको छ।
यस्तै सदस्यहरुमा दिपक कुमाल (दाङ), दिलबहादुर गाहा (पाल्पा), निर्मल थापा (रुपन्देही), पुरन राकस (गुल्मी) र छायाँ पुनमगर (रोल्पा) निर्वाचित हुनुभएको छ। यस्तै अधिबेशनले केन्द्रिय प्रतिनिधिमा निर्वाचित अध्यक्ष पदेन रहेने गरि निवर्तमान अध्यक्ष गजेन्द्र गुरुङ, महासचिव प्रतिज्ञा मगर र हाल निर्वाचित महासचिव सोनु थापा मगर सहित चार जनालाई चयन गरेको छ ।

फोनिज लुम्बिनीका संस्थापक अध्यक्ष तथा हाल इन्चार्ज समेत रहनुभएका मिलन गाहा मगरले प्रस्ताव गर्नु भएको नयाँ कार्यसमितिका लागि नामलाई सर्बसम्मत अनुमोदन गरेको थियो। मुख्य निर्वाचन अधिकृत सरु राना, निर्वाचन अधिकृत सबिन प्रियासन र सुन्दर तरामुले सर्वसम्मत निर्वाचित नयाँ कार्यसमिति घोषणा गर्नु भएको थियो।
अधिबेशनका प्रमुख अतिथि तथा फोनिज केन्द्रिय उपाध्यक्ष सरुरानाले निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिदै फोनिजलाई संस्थागत रुपमा कृयाशिल र चुस्त दुरुस्त बनाउनुका साथै उत्कृष्ट प्रदेश समिति बनाउन आग्रह गर्नुभएको थियो। यस्तै कार्यक्रममा विशेष अतिथि रहनुभएका फोनिजका केन्द्रिय महासचिव समीर बलामीले लुम्बिनीमा संगठन कमजोर भएकोले संघ र जिल्ला संघहसंगको सहकार्य गरी अगाडी बढ्न र जिल्लालाई कृयाशिल बनाउन सके फोनिजलाई सबैभन्दा बलियो संगठन बनाउन सकिने बिचार व्यक्त गर्नुभयो। संगठन मजबुत बनाउन लुम्बिनीका प्रत्येक जिल्लाहरुमा दक्ष फोनिजकर्मी उत्पादन गर्न समेत सुझाव समेत दिनु भएको थियो।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचीव सबिन प्रियासनले तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शुभकामना दिदै आफू पनि फोनिजकै माध्यमबाट पत्रकारिता गरेको हुनाले स साना मिडिया हाउस साथै आदिवासी जनजातिहरुको हितका निम्ति सकारात्मक ढङ्गबाट काम गर्नका लागि फोनिजसङ्ग अनिवार्य सहकार्य गरि महासंघमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भएको थियो।
फोनिज लुम्बिनीका अध्यक्ष गजेन्द्र गुरुङ्गको अध्यक्षता तथा महासचिव प्रतिज्ञा मगरको सञ्चालनमा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष दशरथ घिमिरे, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिब मान सिंह बि.क. समेतले पत्रकारिता क्षेत्रमा फोनिजको अतुलनीय योगदान रहेको कुरा बताउदै हरेक पक्षमा सहकार्य गर्न प्रतिबद्ध रहेकोे बिचार व्यक्त गर्नुभएको थियो ।

फोनिज लुम्बिनीका निवर्तमान अध्यक्ष गजेन्द्र गुरुङले निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पदभार हस्तान्तरण गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष प्रेम बहादुर राम्जा मगरले संगठनलाई मजबुत बनाउन आफ्नो काधमा जिम्मेवारी आएको कुरालाई दृढताका साथ लागि पर्ने र लुम्बिनीका प्रत्येक जिल्लामा पुगि फोनिजलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
फोनिज लुम्बिनी प्रदेश सदस्य शिव घर्ती मगरले स्वागत गर्नु भएको अधिबेशनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो। फोनिजको आठौं केन्द्रिय महाधिबेशन लुम्बिनीमा यही चैत्र २९ र ३० गते सम्पन्न हुदैछ।