२५ चैत्र, लण्डन
मगर संघ यूकेको अध्यक्षमा लालबहादुर पुनमगर (लालु) निर्विरोध चयन हुनु भएको छ। अल्डरसटस्थित एम्पायरहलमा भएको अधिबेशनबाट अध्यक्ष पदमा संघको शनिबार भएको आठौँ अधिवेशनबाट लालबहादुर पुनमगर (लालु)को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। उहा यसअघि मगर संघ युकेको वरिष्ठ उपाध्यक्ष भएर कार्यकाल सफलता पुर्वक सम्पन्न गर्नु भयको थियो।
त्यस्तै गरी संस्थाको वरिष्ठ उपाध्यक्षमा रुद्र थापामगर निर्वाचित हुनु भएको छ। थापा निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा छानिनु भएको हो। बरिष्ठ उपाध्यक्ष थापाले प्रतिद्वन्दी क्याप्टेन रामबहादुर पुनमगरलाई हराउँदै विजयी हुनुभएको हो। उपाध्यक्षहरुमा गुमानसिङ थापामगर र विष्णु श्रीस मगर चयन हुनु भएको छ भने महासचिवमा गोमान पुन मगर, कोषाध्यक्षमा मोहन थापामगर निर्विरोध निर्वाचित हुनु भएको छ।

बरिष्ठ उपाध्यक्ष र सचिवका लागि भएको निर्वाचनमा सचिवका प्रत्यासी मनोज पुनमगरलाई पराजित गर्दै अनिल थापामगर सचिवमा विजयी बन्नु भएको थियो। यसै गरी संघको कार्यसमितिका सदस्यहरुमा पूर्णबहादुर थापामगर, मेघबहादुर बुढा मगर र नुनु पाइजा मगर निर्वाचित हुनु भएको छ।
नवनिर्वाचित नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना सहित शपथग्रहण गराउँदै प्रमाणपत्र प्रदान गर्नु भयो। उक्त निर्वाचन मण्डलमा संयोजक डा. प्रेम आलेमगर, सचिवमा जमुना पुनमगर, सदस्यहरुमा हेमा रानामगर, विजय थापामगर र हिक्मत सिङ रॊका मगर रहनु भएको थियो।
त्यस्तै केन्द्रिय मगर युवा संघको नयाँ कार्य समिति समेत सर्बसम्मत गठन भएको छ। युवा संघको अध्यक्षमा दिपक थापा माइथाने मगर निर्विरोध निर्वाचित हुनु भएको छ। आठौँ अधिवेशनमा मगर संघ युकेको सांगठानिक,आर्थिक, विभागीय प्रतिवेदन लगायत शाखाका सम्पूर्ण प्रतिवेदनहरु सर्वसम्मतद्वारा पारित भएको थियो। त्यस्तै विधान समितिले संशोधनको लागि प्रस्तावित विधान पनि सर्वसम्मतले पारित गरेको थियो।

संघको आठौ अधिबेशनमा मगर संघ युकेको अध्यक्ष सीता पुन मगरको अध्यक्षतामा भयको थियो। उपाध्यक्ष निर्मला थापा मगरको स्वागत तथा महासचिव गुमान सिह थापाले संघको साङगठनिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
अध्यक्ष सीता पुन मगरले सातौ कार्यकाल सफलतापुर्बक सम्पन्न गर्नमा सहयोग गर्नुहुने सस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, ट्रष्टिहरु, शाखाका अध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु लगायत सबैलाई धन्यवाद सहित मायाको चिनो समेत प्रदान गर्नु भएको थियो। नव निर्बाचित अध्यक्ष लाल पुन मगरले आफुलाइ विस्वास गरि निर्बाचित गरेकोमा सबै प्रति आभार प्रकट गर्दै सम्पुर्णलाई धन्यवाद दिदै आफ्नो कार्यकाल सफल बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो।

संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष, सल्लाहाकारहरु, साधारण सदस्यहरुको उपस्थिती रहेको सो कार्यक्रममा गोर्खा मिडीया, एभरेष्ट टाईम्स, नेपाली समाचार डटकम र शीतलपाटीन्युजका संबाददाताहरुको समेत उपस्थिति रहेको थियो।