२७ माघ, कञ्चन
रुपन्देहीको कञ्चनमा शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि कञ्चनमा अन्तरकृया तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। ईलाका प्रहरी कार्यालय रुद्रपुरको आयोजनामा भएको कायर्यक्रममा बोल्ने वक्ताहरुले सुरक्षा प्रशासनको गुणस्तरीय सेवाका लागि ईलाका प्रहरी कार्यालय रुद्रपुरलाई जनशक्ती र श्रोत साधनले पुर्ण बनाउन आवस्यक रहेको बिचार व्यक्त गरेका छन।
कार्यक्रममा कञ्चनका जनप्रतिनीधि विभिन्न राजनैतिक दलका प्रतिनिधि, भुतपुर्व प्रहरी, पत्रकार, समाजसेवी, निर्माण व्यवसायी र विभिन्न सामाजिक संघ-संस्थाका पदाधिकारी, युवा क्लब, टोल विकास संस्था, आमा समुह र स्थानिय ब्यक्तिहरुको उपस्थिति रहेको थियो।
अन्तरक्रिया एवम नागरिक सुनुवाई कार्यक्रम मार्फत ईलाका प्रहरी कार्यालय रूद्रपुर, रूपन्देही र मातहतका यूनिटहरुको जिम्मेवारी क्षेत्रभित्र शास्ति सुव्यवस्था अमनचयन कायम गर्ने सन्दर्भमा स्थानीयस्तरमा रहेका समस्या, चुनौतीहरु र प्रहरीको भूमिका लगायत समसामयिक विषयवस्तुका सम्बन्धमा स्थानीयहरुको गुनासो तथा सुझाव संकलन र कार्ययोजनाबारे सहभागीहरुले आ आफ्नो बिचार प्रस्तुत गरेका थिए।
कार्यक्रममा सुरज क्षेत्री, लिलाराम खनाल, बलराम मल्लाह, लोध, खगेश्वर भूसाल, नन्द बहादुर खड्काथोकी, चुडामणी जैसी, कृष्ण बहादुर बि.क., रेनु कुवँर, दुर्गा बहादुर थापा, हिमाल थापा, कृष्णप्रसाद शर्मा, प्रेमचन्द्र पोख्रेल, देविराम रेग्मी लगायत वक्ताहरुले कञ्चनको शान्तिपुर्ण र सुरक्षित समाजका लागि ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट भइरहेको प्रयास र गतिविधिहरुमा कुनै दोष लगाउनु पर्ने नभएको बिचार व्यक्त गरेका थिए। सुरक्षा प्रशासनबाट गुणस्तरीय सेवाका लागि ईलाका प्रहरी कार्यालय रुद्रपुरमा थप जनशक्तीको व्यबस्थापन र श्रोत साधनहरुलाई चुस्तता कायम गर्न पालिका र स्थानीय संघ संस्थाबाट आवस्यक सहयोग उपलब्ध गराउनु पर्ने बिचार समेत राखेका थिए।
कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारु, वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटा र वडा नं. ४ का वडा अध्यक्ष केशर बहादु खत्रीले समेत पालिकाको नीति, ऐन, कार्यविधि र कानुन अनुसार ईलाका प्रहरी कार्यालय रुद्रपुरलाई आर्थिक, भौतिक तथा जनशक्ती र श्रोत साधनले सु-सम्पन्न गर्न आवस्यक पहल र सहयोग गर्ने बताएका छन।
ईलाका प्रहरी कार्यालय रुद्रपुरका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायव निरीक्षक धर्मकुमार खडकाले कार्यक्रम संचालन गर्नुभएको थियो।